• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपाका ४ कार्यकर्ता ललितपुरबाट पक्राउ

    1.5K
    SHARES

    ललितपुर । विप्लव नेतृत्वको बिद्रोही नेकपाका ४ कार्यकर्तालाई प्रहरीले ललितपुरको लुभुबाट गिरफ्तार गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

    पक्राउ पर्नेमा पाँचथरका २१ वर्षीय निकुञ्ज सेवा, काभ्रेका ६० वर्षीय जित बहादुर खपाङ्गी, भक्तपुरका २७ वर्षीय श्रवण भन्ने बिजेश ढकाल र भोजपुरका ४२ वर्षीय पेम्बा जम्बु शेर्पा रहेका छन् । उनीहरु नेकपाका जिल्ला कमिटी सदस्य हुन् । उनीहरुले हालै प्रहरीले दाङबाट आफ्ना पार्टीका नेता गिरफ्तार गरेको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउन खोजिरहेका थिए ।

    यस्तै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित २१ जना नेताकार्यकर्ता गिरफ्तार गरेको विरोधमा जनगणतान्त्रिक सम्र्पक मञ्चले काठमाडौँमा प्रधानमन्त्री केपी ओलीको पुत्लादहन गरेको छ । विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताको गिरफ्तारी विरुद्ध पुर्वघोषीत कार्यक्रम अनुसार मञ्चले बिहिबार काठमाडौँमा प्रधानमन्त्रीको पुत्लादहन गरेको हो ।

    नेकपाको केन्द्रीय समिति बैठकले तयका संघर्षका योजना अनुसार नेकपाले देशभर प्रधानमन्त्रीको पुत्ला जलाउने कार्यक्रम तय गरेको छ । यसै क्रममा देशभरबाट अन्य केहि कार्यकर्ता पनि गिरफ्तार परेको नेकपाले सञ्चारकेन्द्रलाई जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ