• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपा स्याङजा सेक्रेटरीसहित तीन जना फेरि गिरफ्तार

    3.9K
    SHARES

    तनहु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्याङ्गजाका सेक्रेटरी गोकुल पराजुलीसहित तीन कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पुनः गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा गोकुलसहित जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन् ।

    जिल्ला प्रशासन कार्यालय तनहुको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले प्रशासन कार्यालयको परिसरबाट बिहीवार पुनः गिरफ्तार गरेको हो । प्रशासन कार्यालयले उनीहरुलाई जनही एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

    उनीहरूको विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा अर्काे मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः गिरफ्तार गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

    उनिहरुलाई प्रहरीले ८ महिना देखि विभिन्न अभियोग लगाउदै हिरासतमा राख्दै आइरहेको छ । राजनीतिक आस्थाको आधारमा गिरफ्तार परेका उनीहरुलाई जेल पठाउन सकिने अभियोग नभेटेपछि अभद्र व्यवहारको मुद्दा लगाई असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका थिए ।

    यसअघि स्याङ्गजा जिल्ला अदालतको आदेशमा रिहा भएका उनीहरुलाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ गरी तनहु ल्याइएको थियो । देशभर नेकपाका नेता कार्यकर्तालाई विभिन्न झुटा मुद्दा लगाई जिल्ला-जिल्ला घुमाएर थुन्ने नीति लिएको सरकारले सत्तारुढ नेकपा वा प्रशासनसंग बिद्रोही नेकपामा नलाग्ने आन्तरिक सहमति गरेको खण्डमा भने रिहा गर्ने गरेको छ।

    जिल्ला इन्चार्ज र सेक्रेटरीसम्मका नेताहरुलाई कुनै पनि हालतमा नछोड्ने सरकारी नीति रहेका कारण अहिलेसम्म छुट्ने नेताहरु कोही जेल सजाय भोगेर समय अबधि पुरा गरि निस्केका छन् भने कोही स्वास्थ्यका कारण छुटेका छन् त्यो बाहेकका केहि नेताहरु सरकारसंग चोचोमोचो मिलाएर छुटेको भन्दै नेकपाले पनि निगरानी गर्ने र तत्काल जिम्मेवारी नदिने निति लिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ