• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सोनीका रोकायासँग हिमचिम बढेको चर्चा चलेपछि पूर्व युवराज पारस शाहले मुख खोल्दै यसो भने

    54.3K
    SHARES

    मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए । रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे ,‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’

    आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’ निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

    पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरे । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने,‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’

    पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताए । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ ।
    ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’ केही दिनयता पूर्वयुवराज पारस शाह र सोनिकाबीचको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    पोखरामा खिचिएको भनिएको भिडियोमा पारस बाइकमा बसेका छन् । उनले देशमा कुनै वादी नभएको र आफूलाई राजवादी नभन्न भनेको भिडियोमा सुन्न सकिन्छ । यसो भनिरहँदा पारसको मोटरसाइकलको पछाडि सोनिका आएर बस्छिन् र पासरले बाइक हुइँकाउँछन् । यो भिडियो एकाएक भाइरल भएसँगै सामाजिक सञ्जालमा पारस ट्रोल भइरहेका छन् ।

    पारस ट्रोलको शिकार बन्नुको पछाडि उनका यसअघिका हर्कत हुन् । उनी थाइल्याण्डमा रहँदा थाइ महिलासँग जोडिएका थिए भने नेपालमा पनि उनका विभिन्न काण्डहरु सार्वजनिक भएका थिए । पछिल्लो चरण सोनिकासँगको प्रकरण बाहिरिएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई ट्रोल गरिरहेका हुन् । सोनिकाले भने आफू र पारस तीन महिनादेखि नजिक रहेको प्रतिक्रिया स्वीकारेकी छिन् ।

    सोनिकाले पारसलाई एक अभिभावकझैँ केयर गर्ने मिल्ने साथी भएको दाबी गरेकी छिन् । सोनिकाले भनिन्, ‘पारस सरकारका कारण ममा चेन्ज धेरै आध्यात्मिक चेन्ज आएको छ, उहाँ मेरो मिल्ने साथी हो ।’ टिकटकमा पूर्वयुवराज पारस र सोनिकाको एक भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पारसको विरोध शुरु भएको थियो । सुमन नामक युवकले टिकटकमा १५ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए ।

    भिडियोमा पारस शाहले बाइकमा सोनिकालाई कुरिरहेका हुन्छन् । पोखरामा खिचिएको उक्त भिडियोमा पारसले केही नेपालीलाई राजावादी भनेर नछुट्याउन र सबैलाई नेपाली भन्न अनुरोध गरेका छन् । उनले भिडियोमा भनेका छन्, ‘यो वादी र ऊ वादी भनेर छुट्याउने होइन, हामी सबै नेपाली हो ।’ राजावादी र नेपालीबीचको कुरा चलिरहँदा युट्युबर सोनिका रोकाया बाइक नजिक आउँछिन् । लगत्तै पारसले बाइक स्टार्ट गर्छन् । र, दुवै हुइँकिन्छन् ।

    यता सोनिकाले आफूले बिल तिरेर भित्रबाट आएको र कसैले लुकेर भिडियो खिचेको आफूहरुले थाहा नपाएको बताइन् । ‘म रेष्टुरेन्टबाट बिल तिरेर निस्किरहेकी थिएँ, हामीले ड्रिङ्क गरेर निस्किरहेका थियौँ, उहाँले बाहिर केही राजावादीलाई यो वादी र ऊ वादी नभन्नु भन्नुभएको रहेछ,’ सोनिकाले भनिन्, ‘मलाई के थाहा त्यहाँ क्यामेराले खिचिरहेको छ भनेर, म त बिल तिरेर बाहिर आएँ, म उहाँसँग आएको थिएँ भने उहाँसँगै जान्छु नि ।’

    उनले सोही होटलमा बसेर टिकटक भिडियो बनाएर आफूले अपलोड गरेको पनि बताइन् । सोनिकाले आफ्नो वृत्तिलाई मिडियाले नेगेटिभ बनाइदिएको र त्यहीअनुसार आफू हिँड्न चाहेको बताइन् । ‘म उच्छृङ्खल किन भएँ ? कारण समाज नै हो, सधै मलाई नेगेटिभ मात्र भन्यो,’ उनले भनिन्, ‘कपिल शर्मासँग अन्तर्वार्ता लिँदा कसैले कभर गरेन, अहिले भने यसरी मिडियामा आयो ।’

    सोनिकाले पारससँग भेट भएपछि आफूमा धेरै परिवर्तन आएको र पारसले सधै आफूलाई मोटिभेट गरेको पनि बताइन् । ‘म कस्तो बोल्थेँ, कस्तो नराम्रो थिएँ, कस्तो ड्रेसअप गर्थें, अहिले हेर्नुस् त, मैले पूरै ज्यान ढाक्ने कपडा लगाउन थालेकी छु, पारस सरकार राम्रो मान्छे हो,’ उनले दाबी गरिन् । ‘पारस सरकारले ममा भएको नेगेटिभिटीलाई हटाइदिनुभयो, उहाँले देशका लागि केही गर्नुपर्छ भन्ने पार्दिनुभयो, यसलाई पनि मान्छेले नकारात्मक सोचिरहेको छ,’ उनले अगाडि थपिन् ।

    सोनिकाका अनुसार पारस शाहसँग उनको निकटता दरबारमार्गमा रहेको लिक्विड लाउन्जमा भएको हो । उक्त लाउन्जमा सोनिकाको पनि शेयर थियो । पारस सधै त्यहीँ आउँथे । पारस र सोनिकाको निकटता बढ्दै गयो । पछि पारसकै सल्लाहमा आफूले लाउन्जबाट शेयर निकालेको समेत उनले दाबी गरिन् ।

    ‘त्यहाँ मलाई धेरैले छुन खोज्थे, उहाँले यदि परिवर्तन हुनु छ भने यो रेस्टुरेन्ट छोड भन्नुभयो, मैले छोडेँ,’ सोनिकाले भनिन्, ‘म त्यहाँ व्यापार गर्थेँ, अहिले छोडिसकेँ, त्यहाँ फेक संसार छ ।’ सोनिका र पारसमा केही समानता पनि छ । यी दुवै पश्चिमी सभ्यतालाई खुला रुपमा स्वीकारेका छन् । दुवैले आफूहरु पश्चिमी कल्चरमा हुर्केकाले पश्चिमी संस्कृतिलाई अंगालेको बताउँछन् । तर, त्यो सभ्यता नेपाली समाजमा सहजै पच्न गाह्रो हुन्छ । अर्कातिर पारस त झन् पूर्वयुवराज समेत भएकाले जनताको सम्मान र केही हदसम्म विश्वास छ ।

    सामाजिक सञ्जालमा ‘उत्तेजक’ बनेर चर्चामा आएका कारण सोनिकाप्रति दर्शकको सकारात्मक दृष्टिकोण छैन । आफूहरु दुवै उस्तै परिवेशबाट गुज्रेकाले पनि दुवै मिल्ने साथी भएको सोनिकाको बुझाइ छ । पारस भने यो बारेमा आफ्नो भनाइ राख्न चाहन्नन् । ‘म उहाँसँगै छु, केही सोध्नु छ भने मलाई नै सोध्नुस् न, उहाँ केही बोल्नुहुन्न,’ हामीले कुरा गर्न खोज्दा उनको प्रतिक्रिया थियो ।

    ‘म तीन महिनादेखि उहाँसँग भेट्दा हामी कहिल्यै पनि प्रेमका कुरा गरेनौँ, हामी सधै नेपाललाई कसरी राम्रो बनाउने भन्ने कुरा गर्छौं,’ सोनिका रोकायाले सुनाइन्, ‘तर, यत्ति हो, यहाँ जे कुरालाई पनि नकारात्मक रुपमा लिइन्छ ।’

    सोनिकाले पारससँग बनाएको एक टिकटक भिडियो अपलोड गरेकी थिइन् । उनले टिकटकमा ‘मुख खोलेर भन्न पो भा’छैन तर कल्लाई थाहा छैन’ बोलको गीतमा टिकटक बनाएकी छिन् । उक्त टिकटक भिडियोको पृष्ठभूमिमा पारस शाहलाई देख्न सकिन्छ । यो भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसो त यसअघि पनि पारस र सोनिकाका तस्वीर सार्वजनिक भएका थिए । अहिले आएर सोनिकाले पारससँग आफ्नो ‘ब्याइफ्रेण्ड र गर्लफ्रेण्डको सम्बन्ध’ नभएको दाबी गरेकी छिन् ।

    ‘कोहीसँग बोल्दैमा भेट्दैमा प्रेम हुन्छ र ? त्यसो हो भने त कपिल शर्मा (भारतका कमेडियन) पनि मेरो बेस्ट फ्रेन्ड हुन्, उनीसँग पनि रिलेशनमा छु भन्दिने?,’ सोनिकाले भनिन्, ‘यस्तो हल्ला चल्छ, त्यो पनि बीच बाटोमा छु यार, म बेडरुममा भेटिएको त होइन नि, भित्रबाट बिल तिरेर आउँदैछु ।’

    सोनिका रोकाया युट्युबर, भिजे तथा मोडल पनि हुन् । उनले युट्युबमा उत्तेजक अन्तर्वार्ता लिएर दर्शकमाझ चर्चा कमाएकी थिइन् । उनले सेलिब्रेटीसँग भन्दा पनि बढी ‘पब्लिक’ सँग अन्तर्वार्ता लिने गर्थिन् । समाजमा अश्लीलता फैलाएको भनेर आरोप खेपेकी सोनिका पछिल्लो समय भने सोे दुनियाँबाट टाढा थिइन् ।

    त्यसो त उनले कार्यक्रम चलाउन छोड्नुअघि सरकारले उत्तेजना फैलाउने केही युट्युबरलाई पक्राउ गरेर कारवाही समेत गरेको थियो । कतिपयले सोनिकाले सरकारले कडाइ गरेका कारण त्यस्ता अपच कार्यक्रम चलाउन छोडेको दाबी गर्छन् ।

    केही समय ओझेलमा हराएकी सोनिका पछिल्लो समय व्यवसायमा सक्रिय थिइन् । पछिल्लो समय पारस शाहसँग सम्बन्ध विस्तार भएपछि पारसकै सल्लाहमा आफ्नो लगानी रहेको दरबारमार्गस्थित लिक्विड लाउन्जबाट शेयर झिकेको उनको दाबी छ ।

    पारस सरकारमा देशप्रेम छ: सोनिका

    केही समय गुमनाम भएकी सोनिका रोकाया पछिल्लो समय पारस शाहका कारण चर्चामा छिन् । सोनिका र पारस यतिबेला पोखरामा छन् । सोनिकाले पारस सच्चा राष्ट्रभक्ति भएको र युवाहरुलाई देशप्रतिको माया झल्काउनुपर्छ भन्ने भावना रहेको बताउँछिन् ।

    ‘आफ्नो संस्कृति के हो, पहिचान के हो भन्ने कुरा मैले पहिले बुझेकी थिइनँ, म त फेक जिन्दगी जिइरहेकी रहेछु,’ सोनिका भन्छिन्, ‘पारस सरकारमा देशप्रति माया छ, जुन माया अहिलेका नेताहरुमा छैन, कसैले उहाँलाई गाली गर्छ भने मलाई दुख्छ, देशका लागि सोच्ने कोही त छ, मैले उहाँलाई गुरु मानेकी छु ।’

    ‘उहाँले म जस्तो क्यारेक्टरलेस केटीलाई त चेन्ज गर्नुभयो भने मैले सिक्नु भनेको अरु २÷३ जना युवाहरुलाई पनि सचेत गराउनु हो, मलाई उहाँले त्यो महसूस दिनुभएको छ,’ उनको दाबी छ, ‘खासमा उहाँ राम्रो मान्छे हो, मिडियाले नराम्रो बनाइदियो, के उहाँले एउटा पनि राम्रो काम गर्नुभएको छैन र?’ (खबरहबबाट)

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ