• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओली-प्रचण्डलाई यसो भनेकै कारण चैट भयो महराको सभामुख पद, बल्ल खुल्यो रहस्य

    16.3K
    SHARES

    काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमै कार्यरत रोशनी शाहीले १२ असोजको राति तिनकुनेस्थित आफ्नै डेरामा आएर दुष्कर्म गरेको आरोप लगाइन् । एक अनलाइनमार्फत बाहिर आएको शाहीको अन्तर्वार्तामा महराले दुष्कर्म नै’ गरेको आरोप थियो । धेरैलाई यो कुरा पत्याउन गाह्रो भएको थियो । मुलुकको पाचौं नम्बरको भीभीआईपीमाथि यस्तो आरोप लाग्दा सामान्यतः कसैले पनि पत्याउन सक्ने कुरा थिएन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महरालाई उनीमाथि लागेको अभियोगबारे सुरुमै सोधेका थिए । महराले आफू शाहीको डेरामा नगएको जवाफ ओली–प्रचण्डलाई दिए ।

    उनले सचिवालयले आरोप कपोलकल्पित र निराधार भन्दै महराको राजनीतिक उचाइबाट आत्तिएकाहरुले गलत प्रचार गरेको बतायो । तर, प्रचण्ड–ओली महराको भनाइबाट मात्र आश्वस्त हुन सकेनन् र प्रहरी अधिकारीहरुलाई बालुवाटार बोलाए । त्यस दिनको महराको लोकेशनबारे सोधे । प्रहरी अधिकारीले पनि महरा त्यसदिन राति तिनकुने क्षेत्रमा गएको बताए । त्यतिले मात्र नभई ओली–प्रचण्डले महरा निवास बालुवाटार र तिनकुने क्षेत्रको सिसिटिभी फुटेज मगाएर हेरे । जसमा महरा त्यहाँ गएको देखियो । त्यसपछि ओली–प्रचण्डले सभामुखबाट हटाउने निर्णय गरिसकेका थिए । जब आफू गएको प्रमाण ओली–प्रचण्डले जुटाए, तब मात्र महराले आफू गएको र त्यसबारे झुठो बोलेर आफूले गल्ती गरेको स्वीकारे । महराले आफू गएको तर, शाहीले आरोपित गरेजस्तो दुष्कर्म नगरेको जवाफ दिएको भए ओली–प्रचण्डले सभामुखबाटै हटाउनसम्मको कदम चाल्ने थिएनन् ।

    ओलीनिकट स्रोतका अनुसार महराले आफू शाहीको डेरामा गएको, लामो पारिवारिक सम्बन्ध भएका कारण बेलाबेलामा जाने गरेको । त्यस दिन पनि गएको तर, विवाद भएपछि आफू हिंडेको बताएको भए उनको सभामुख पद जाने थिएन । पार्टी र सरकारले महराको ‘डिफेन्ड’ गथ्र्यो । ‘गएर पनि उहाँले गएको छैन भनेर ढाँट्नुभयो’, ओलीका एक सहयोगीले भने, ‘ढाँटेको भन्ने पुष्टि भएपछि दुवै अध्यक्ष उहाँसँग धेरै रिसाउनुभयो र यो घटनाक्रमले यो रुप लियो ।

    त्यस्तै हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महारामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा महराका आफन्त र नजिकका नातेदारसँग सोधपुछ गर्न थालिएको प्रहरी श्रोतले जनाएको छ । हिरासतमा रहेका महरासँग लिखित बयान लिनुअघि प्रहरीले उनका आफन्तसँग सोधपुछ सुरु गरेको जनाएको छ । प्रहरीले उनका नातेदार र नजिकका सबै आफन्तसंग कुरा कानी गरिसकेपछि दुइ छोराहरुसंग पनि सोधपुछ गरिने बताएको छ । घटना लगायतका विषयमा सबैसँग छलफल र कुराकानी गरेपछि महरासँग लिखित बयान लिने प्रहरीको तयारी रहेको छ ।

    प्रहरीले महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि ब’ला’त्का’रको प्रयास गरेको आरोपमा १९ गते प’क्राउ गरेको हो। अदालतले पक्राउ गर्न आदेश दिएपछि प्रहरीले प’क्राउ गरेपछि त्यसयता महरा सिंह दरबार प्रहरी वृतको हिरासतमा छन्। उनलाई म्याद थापाका लागि २८ गते अदालत खुलेपछि उपस्थित गराउने र त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद प्राप्त गर्दै मुद्दाको प्रक्रिया अघि बढाउने छ। प्रहरीले म्याद थप गर्दै अनुसन्धान समाप्त गरेमा मुद्दा दायर गर्ने छ।

    ब’ला’त्क’रको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई प’क्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो। उजुरीमा उनले आफूलाई महराले बला’त्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन्।

    असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए। त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई ब’ला’त्का’र र हातपात गरेको बताएकी थिइन्। आइतबार राति महराले आफूलाई ब’ला’त्का’र गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन्। उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन्। स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो।

    प्रतिक्रिया


    आजको ट्रेन्डिङ