• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति समाचार

    महराप्रति भट्टराईले यस्तो अनौठो टिप्पणी गरेपछि सबै चकित, सामाजिक सन्जालमा खैलाबैला

    50.4K
    SHARES

    असोज ।  समाजवादी पार्टीका नेता तथा उनका पूर्वसहकर्मी डा. बाबुराम भट्टराईले रोशनी शाही ब,ला,त्का,र अभियोगको छानबिनका लागि राजीनामा दिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि स’न’स’नी’पूर्ण टिप्पणी गरेका छन् । उनले सत्ता र शक्तिको आडमा स्त्रीगमन गर्ने ? भनेर महरालाई सोधेका छन् । माओवादी जनयुद्धका क्रममा सांस्कृतिक विचलनको विषयलाई उठाउने भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकएर धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने !’

    डा. भट्टराईले अगाडि जोडेका छन्,‘परपुरूषगमन गरेबापत अर्को पुरूष लोग्नेले घरनिकाला गर्ने ! यो राम–रावण द्वन्द्वमा सीतालाई बली चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति सांस्कृतिक क्रान्ति, कणहरू ?’ निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् । महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले जानकारी दिए । सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए ।

    उक्त गाडीलाई बिहिबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।  महराल बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् ।  सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गएको महराका सञ्चारविज्ञ मल्लले जानकारी दिए । डेरा पाएपछि सरकारी निवास पनि छाडिनले उनले बताए । त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने बताएका छन् । उनले व्यक्तिले गरेका गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताए । यौ’न दु’र्व्य’व’हा’रको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महराको नाम नलिइकन मन्त्री बाँस्कोटाले कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्ने बताए ।

    मन्त्री बाँस्कोटाले प्रश्न गरे‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले गर्‍यो त? त्यसबारेमा त त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ।’ ‘कसैले गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यसमा उही जिम्मेवार हुने हो, हामीलाई के मतलव ?’मन्त्री बाँस्कोटाले भने । मन्त्री बाँस्कोटाले यस्ता घटनाहरु समाजमा भइरहने भन्दै चिन्तित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । ‘यस्ता घटनाहरु समाजमा भइरहन्छन्, समाजमा राम्रा मान्छे पनि हुन्छन्, नराम्रा मान्छे पनि हुन्छन्,’उनले भने, ‘नराम्रा पाखा लाग्छन्, राम्रा मान्छे कम्युनिष्ट पार्टीमा, कमिटीमा। यसमा धेरै चिन्तित हुनै पर्दैन, त्यही हो कुरा।’

    यस्तै निवर्तमान सभामुख कृष्णबहादुर महरा र संसद सचिवालयकी कर्मचारी रोशनी शाही प्रकरणलाई पहिलोपटक प्रकाशित गर्ने पत्रकार अजयबाबु सिवाकोटीलाई प्रहरीले सुरक्षा दिएको छ । उनका लागि प्रत्यक्ष सुरक्षाकर्मी नखटाइए पनि सुरक्षा निगरानी भने बढाएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए । काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए । उनले यस्तो इस्यु परेको मानिसलाई असुरक्षा छ कि भनेर हेर्नु सामान्य भएको भन्दै सुरक्षाका दृष्टीले निगरानी मात्र गरेको बताए ।

    पत्रकार सिवाकोटीका अनुसार आफूलाई बुधवार एक प्रहरी अधिकारीले आफै फोन गरेर हामीले निगरानी गरिरकेका छौं भनेका थिए । बिहीबार बिहान सिवाकोटीले आफू र आफ्नी पत्निलाई विभिन्न अनजान नम्बरबाट निरन्तर फोन आइरहेको, राजधानीका दुई रेष्टुरेन्टमा बसेर केही व्यक्तिहरूले आफूविरूद्ध आक्रमण गर्ने छलफल गरेको सूचना थाहा पाएको बताएका छन् । सिवाकोटीले सोमबार रोशनीले महरालाई लगाएको आरोपबारे भिडियो सहितको रिपोर्ट आफ्नो अनलाईनमा प्रकाशित गरेका थिए । त्यही खुलासापछि महराले सभामुख पदबाट राजिनामा दिइसकेका छन् । तर, मंगलबार भने रोशनीले सिवाकोटीले भन्दै नभनेको कुरा छापेको भनेर अर्को मिडियासँग भिडियो अन्तरवार्ता दिएकी छन् । उनले महराले आफूमाथि कुनै प्रकारको दुर्व्यवहार नगरेको दाबी समेत गरेकी छन् । उनले बुधबार त्यही ब्यहोराको निवेदन प्रहरीमा दिइसकेकी छन् । विहीबार राेशनी र उनका श्रीमानले सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाइसकेको जनाएका छन् ।

    राजीनामा दिएका महरा र आरोप लगाउने महिलाबारे बीबीसीले निकाल्यो यस्तो रिपोर्ट
    सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि लागेको आरोपबारे पीडित भनिएकी महिलाले आफ्नो भनाइ फेरे पनि अनुसन्धान रोक्न नमिल्ने फौजदारी कानुनका जानकारहरूले बताएका छन्। फौजदारी कसुरको आरोपमा सूचना पाउने बित्तिकै प्रहरीले अनुसन्धान गर्नैपर्ने बाध्यतात्मक अवस्था रहेकाले अनुसन्धान रोक्न नमिल्ने उनीहरूको तर्क छ। सङ्घीय संसद्‍ सचिवालयमा कार्यरत एकजना महिलाले गरेको आरोप लगाएपछि महराले मङ्गलवार राजीनामा दिएका थिए। महराले आफूमाथि लागेको आरोपलाई निराधार भन्दै खण्डन गरिसकेका छन्। मङ्गलवारै पीडित भनिएकी महिला आफैँले उक्त आरोपको खण्डन गरेको एउटा भिडिओ सार्वजनिक भएपछि भने प्रहरी अनुसन्धान अघि बढ्छ वा बढ्दैन भन्दै धेरैले प्रश्न उठाएका छन्।

    उक्त भिडिओको बीबीसीले स्वतन्त्र रूपमा आधिकारिकता पुष्टि गर्न सकेको छैन। फौजदारी कानुनका जानकारहरूका अनुसार पीडित भनिएकी महिलाले विभिन्न सञ्चारमाध्यममार्फत्‌ महरामाथि लगाएको आरोपको आफैँले खण्डन गरेपनि प्रहरी अनुसन्धानबाट पछि हट्न मिल्दैन।फौजदारी कानुनका एकजना जानकार वरिष्ठ अधिवक्ता प्राध्यापक रजितभक्त प्रधानाङ्ग भन्छन्, “यो सामान्य अपराधको आरोप होइन, त्यसैले उजुरी आएन वा पीडित भनिएकी महिलाले बोली फेरिन् भन्दैमा अनुसन्धान रोक्न मिल्दैन।” उनी पीडित भनिएकी महिलाले आइतवार राति फोन गरेपछि प्रहरी घटनास्थल पुगेर केही प्रमाणहरू पनि सङ्कलन गरेको अवस्थामा अब “सर्लक्कै पन्छिन” नमिल्ने बताउँछन्।

    कानुनी बाध्यता
    उनले भने, “यो घटनामा पीडित भनिएको व्यक्तिको स्वास्थ्य परीक्षण हुँदा र उनले जाहेरी दिँदा मुद्दा बलियो बन्छ। तर त्यसो भन्दैमा अनुसन्धानलाई किन पनि रोक्न मिल्दैन भने प्रहरीले आफैँले अनुसन्धान सुरु गरिसक्यो। पीडित भनिएको मानिसको घरमा पुगेर प्रमाण सङ्कलन गरिसक्यो।”
    उनले कतिपयले मानसिक रोगको उपचार गराइरहेको व्यक्तिले लगाएको आरोप वा भनेको कुरा प्रमाण हुँदैन भन्ने गरेकोतर्फ सङ्केत गर्दै उनले भने, “त्यसो भए बोल्न नसक्ने, सुस्त मनस्थितिका व्यक्ति वा कान नसुन्ने र आखाँ नदेख्ने व्यक्तिले भनेको कुरालाई नपत्याउने? कानुनले त्यसलाई प्रमाण नमान्ने भनेको छैन।”

    फौजदारी कानुनका अर्का एक जानकार अधिवक्ता सतीशकृष्ण खरेल पनि अहिलेको अवस्थामा प्रहरीले अनुसन्धानलाई अघि बढाउनैपर्ने कानुनी बाध्यता रहेको बताउँछन्। उनले भने, “पीडित भनिएको व्यक्तिले आरोपको खण्डन गरे पनि वा नगरे पनि यसमा फौजदारी कानुन आकर्षित हुन्छ। यस्ता कसुरमा अनुसन्धान बन्द गर्न वा मिलापत्र गराउन पाइँदैन।”खरेलका अनुसार प्रहरीले अनुसन्धान सुरु गरिसकेको कुरा पीडित भनिएको व्यक्तिको घरमा गएर त्यहाँका घरबेटीको रोहबरमा प्रमाण सङ्कलन गरेकाले देखिन्छ। त्यस्तै महराले पनि अभियोग लागेको भनेर अनुसन्धानमा सहयोग गर्न भन्दै राजीनामा दिएसकेको अवस्थामा अब प्रहरीले त्यसलाई कुनै तार्किक निष्कर्षमा नपुर्‍याई नहुने उनले बताए।

    प्रक्रिया : खरेलका अनुसार अहिले पीडित भनिएकी महिलाले आफ्नो भनाइ फेरे पनि प्रहरीले प्ररम्भिक अनुसन्धान गर्नैपर्ने हुन्छ। त्यसका लागि पीडित भनिएकी महिला र आरोप लागेका महराको बयान तत्कालै लिनुपर्ने उनले बताए। प्रहरीका लागि अहिले सबैभन्दा अप्ठ्यारो चाहिँ महिलाको स्वास्थ्य परीक्षण गराउन हुने देखिएको खरेल बताउँछन्। महरा राजनीतिक प्रभाव भएको व्यक्ति भएका हुनाले उनले पीडित र साक्षीलाई प्रभावित गरेको हुनसक्ने अवस्थाको समेत ख्याल गरेर प्रहरीले अनुसन्धान अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

    उनले भने, “स्वास्थ्य परीक्षणका लागि चाहिँ महिलाको अनुमतिविना गर्न सकिने अवस्था रहँदैन। तर प्रहरीले अन्य प्रमाणका आधारमा पनि अनुसन्धान गर्नैपर्छ।” खरेलका अनुसार अनुसन्धानबाट महराले आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेर पीडित भनिएको व्यक्तिलाई आरोप खण्डन गर्न लगाएको पुष्टि भएमा उनीमाथि दुईवटा कसुरमा मुद्दा चल्न सक्छ। तर कसुर प्रमाणित हुने आधार नदेखिएमा चाहिँ प्रहरीले प्ररम्भिक अनुसन्धानबाटै पनि त्यसलाई बन्द गराउन सक्छ।‘सूचना नै उजुरी’ “पहिले प्रहरीले प्रारम्भिक अनुसन्धानबाट कसूर प्रमाणित नहुने देखेमा मुद्दा चलाउन नसक्ने व्यवस्था गरिएको थिएन। अहिलेको फौजदारी संहिताले भने प्रारम्भिक चरणको अनुसन्धानबाटै कुनै वारदात नभएको प्रमाणित भए त्यसलाई प्रतिवेदन दिएर बन्द गर्नसक्छ,” उनले भने।

    अहिले पीडित भनिएकी महिलाले आरोप खण्डन गरेको भनेजस्तै उक्त घटना नै नभएको प्रमाणित भएमा पनि त्यसलाई ठहर गरी प्रतिवेदन दिनुपर्ने खरेलले जानकारी दिए। नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल पनि पीडित भनिएको व्यक्तिले आफ्नो भनाइ फेर्‍यो भनेर अनुसन्धान रोक्न नमिल्ने बताउँछन्।उनी भन्छन्, “उजुरी परे पनि नपरे पनि, पीडित भनेको व्यक्तिले जस्तो अभिव्यक्ति दिए पनि मौखिक उजुरी परेर अनुसन्धान सुरु भइसकेकाले यसलाई कुनै न कुनै चरणमा पुर्‍याउनैपर्छ।” उनका अनुसार यो घटनामा वारदात भएको स्थान र पीडित भनिएकी महिलाको शरीरमा प्रमाण रहेकाले दुवै कुरा महत्त्वपूर्ण हुन्छ।

    “पीडित भनिएको व्यक्तिले बोली फेर्दा प्रहरीलाई समस्या त हुन्छ नै तर प्रहरीले आफ्नो छवि सुधार गर्नकै लागि पनि यो घटनाको अनुसन्धान त टुङ्ग्याउनै पर्छ,” मल्लले भने। यस्तो घटनामा दुवै पक्ष मिलेर आए पनि अनुसन्धान नरोकिने उनको तर्क छ।यौ न दु र्व्यवहारलाई सरकारवादी मुद्दा मानिएकाले सूचना आउनु नै प्रहरीका लागि उजुरी बराबर भएको उनले बताए। मुलुकी अपराध संहितामा यौ न दु र्व्यवहार र बला त्कारजस्ता घटनामा एक वर्षसम्म जाहेरी दिन पाइने व्यवस्था रहेको जानकारहरू बताउँछन्। संहिताको दफा २२१ मा हदम्यादसम्बन्धी व्यवस्था रहेको छ।उक्त व्यवस्था अनुसार दफा २२४ मा रहेको “यौ न दुर्व्य वहार गर्न नहुने” प्रावधानविरुद्ध कसूर गर्दा एक वर्षभित्र जाहेरी दिन सकिने उनीहरू बताउँछन्। तर अन्य कसूरमा भने तीन महिनाभित्र जाहेरी दिनुपर्ने उक्त दफामा उल्लेख छ।

    प्रहरीको भनाइ
    नेपाल प्रहरीका अधिकारीहरूले पनि अनुसन्धान जारी नै रहेको बताएका छन्। महानगरीय प्रहरी कार्यालय काठमाण्डूका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार प्रहरीले पीडित भनिएकी महिलाको डेरामा गएर प्रमाणहरू सङ्कलन गरेको छ।“प्रहरीले सूचना प्राप्त गर्ने बित्तिकै प्रमाणहरू अभिलेखन गर्ने काम गरेको छ। सूचनाकर्तालाई कानुनबारे जानकारी गराएर स्वास्थ्य परीक्षण गर्नुपर्ने अवगत पनि गराएको छ,” उनले भने। आरोपबारे कतिपय प्राविधिक प्रमाणिकरण पनि गरिएको उनले जानकारी दिए। उनले भने, “हामीले यो घटनालाई गम्भीर रूपमा हेरेका छौँ र अनुसन्धान जारी छ। जारी नै रहन्छ। अझै जाहेरी दिने म्याद लामै बाँकी भएकाले त्यसबेलासम्म अनुसन्धान कायमै रहन्छ।” ज्ञवालीले एक वर्षसम्म पीडित भनिएकी व्यक्तिले जाहेरी दिनसक्ने भएकाले प्रहरीले जाहेरी आउँदैन भन्ने कल्पना नगरेको बताए। बीबीसी नेपाली सेवा

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ