• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सभामुखबाट कृष्ण महराले सुटुक्क दिए अर्को राजीनामा

    24.6K
    SHARES

    काठमाडौँ । मंगलबार सभामुखको पदबाट राजीनामा बुझाएका कृष्यौण बहादुर महराले बुधबार अर्को राजिनामा बुझाएका छन् । आइतबार साझ संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौ’न दु’र्व्यव’हा’र’को आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका महराले आज अर्को राजीनामा दिएका हुन्। मंगलबार बुझाएको राजीनामाको भाषामा विवाद आएपछि महराले बुधबार सुटुक्क अर्को राजीनामा बुझाएको नेकपा निकट स्रोतले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ । श्रोतका अनुसार महराले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई भाषा सच्याएर दोस्रो राजीनामा बुझाएका हुन्।

    महराले यसअघि बुझाएको राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि’ भन्ने शब्दावली प्रयोग गरिएको थियो। यो शब्दावलीलाई लिएर पार्टी भित्र र बाहिर उनले शर्तसहित राजीनामा दिएको भनेर ब्यापक आलोचना भएको थियो। यसै पनि देशको उच्मच ओहोदामा बसेका व्यक्तिमाथि यौ’न दुराचारको आरोप लागेपछि बिबादित बन्नु स्वाभाविकै हो । त्यसमाथि उनले नैतिकताको आधारमा दिएको राजीनामामा समेत केही सब्दहरु बाझिएपछि महरा झन् विवादास्पद बनेका थिए । विवाद सिर्जना हुन थालेपछि सच्चाएर अर्को राजीनामा पत्र बुझाइएको उनको सचिवालय श्रोतले पनि पुष्टी गरेको छ ।

    महरामाथि आइतबार संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई उनकै कोठामा पुगेर यौन दुर्व्यवहारका साथै कुटपिट गरेको आरोप लागेको छ। एक अनलाइन मिडियासँग कुरा गर्दै शाही आफैले यौन दुराचारबारे खुलासा गरेकी थिइन् । रोशनीले प्रमाणस्वरूप महराले आफै लिएर आएको रक्सीको बत्तल, जबर्जस्ती गर्दा भाचिएको चस्मा र हतार गर्दा छोडेको जुताको तलुवा पेश गरेकी थिइन् । साथै उनले आफुमाथि कुटपिट समेत भएको भन्दै शरीरका केहि भागमा बसेका निलडामहरु पनि देखाएकी थिइन् । तर मंगलबार सत्तारुढ नेकपा निकट पत्रकारहरुले चलाएको एक अनलाइनललाई अन्तर्वार्ता दिदै आफुले आबेसमा आएर त्यस्तो बताएको तर महराबाट दुर्व्यवहार नभएको अर्को बयान दिएकी थिइन् । उनका श्रीमान् काठमाडौं आएपछि उनले बयान फेरेकी छन् । आफैले भिडियोमा भनेका कुराहरुलाई समेत खण्डन गर्दै अहिले रोशानिले उल्टै पहिलोपटक उनको पिडा सार्बजनिक गर्ने पत्रकारलाई नै सड्यन्त्र गरेको आरोप लगाएकी छन् । महराको राजीनामा र रोशनीको फेरिएको बयानपछि घटनाले झन् रहस्यमय मोड लिएको छ ।

    त्यस्तै संघीय संसदको प्रतिनिधिको वेवसाइटबाट महराको नाम हटाइएको हो । महराले राजीनामा दिएको बारे संसद सचिवालयका सचिव डा भरतराज गौतमले एक सूचना जारी गरेसँगै संसदको वेवसाइटबाट महराको नाम हटाइएको हो । साइटमा सम्माननीय सभामुख भन्ने कोठामा नाम र फोटो हटाइएको हो । त्यसभन्दा तल डा शिवमाया तुम्बाहम्फेको नाम माननीय उपसभामुख भनेर राखिएको छ । संसद सचिवालयकै एक कर्मचारीमाथि जबरजस्ती गरेको आरोप लागेपछि महराले मंगलबार(हिजो) पदबाट राजीनामा दिएका थिए ।

    यस्तै प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिइसकेका कृष्णबहादुर महरामाथि लागेको यौ’न दुराचारको आरोपमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नै अन्यौलमा परेको छ । प्रहरी कन्ट्रोल रुम नम्बर १०० मा आएको फोनको आधारमा प्रारम्भिक जाँचबुझ गरेको प्रहरी थप छानबिनका लागि पीडित पक्षको उजुरीको प्रतिक्षामा छ । प्रहरीले अहिलेसम्म घटनास्थलबाट सबूत प्रमाण संकलनको काम गरेको छ । संकलित सबूत प्रमाणको फरेन्सिक जाँचका लागि केन्द्रीय विधि बिज्ञान प्रयोगशाला पठाउने प्रक्रिया पनि शुरु गरेको थियो । तर, पीडित पक्षले ‘सहयोग’ नगर्दा फरेन्सिक परीक्षणको कार्य पनि अगाडि बढाउन नसकिएको प्रहरी अधिकारीले बताए ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ