• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    ज्ञानेन्द्र शाहीमाथि भएको आ’क्र’म’ण’बारे वाइसिएलले मुख खोल्दै यसो भन्यो

    14.9K
    SHARES

    काठमाडौँ । आफूलाई भ्रष्टाचारविरुद्धको सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आ’क्र-मणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट वाइसिएल चितवनले आफ्नो धारणा सार्वजनिक गरेको छ। वाइसिएलले ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आ’क्र’म’णप्रति चितवन अध्यक्ष ईश्वर रेग्मीले शाहीलाई चितवनवासीले सम्झाएर पठाएको बताएका छन्। रेग्मीले गणतन्त्र-विरोधीलाई चितवनवासीले मन नपराउने हुँदा यो दुःखद घटना भएको बताए। शाही गणतन्त्रवादी युवाहरुको निशानीमा परेको उनको दाबी छ। ‘चितवन सचेत नागरिक बस्ने जिल्ला हो। यहाँका जनताले छिटो रियाक्ट गर्छन्,’ उनले भने, ‘गणतन्त्र-विरोधिलाई मन पराउँदैनन्, त्यसैको उपज हो उनिमाथिको आ’क्र-मण।’

    अध्यक्ष रेग्मीले शाहीमाथिको आक्र-मणमा नेकपा निकटका कुनै संगठनको संलग्नता नरहेको दावी गरेका छन्। बिनाप्रमाण आफुलाई मन नपर्ने व्यक्तिलाई भ्रष्टाचारी भन्ने, गालीगलौज गर्ने, चेतावनी दिने, मानमर्दन गर्ने लगायतका गतिविधि गर्ने छुट शाहीलाई नरहेको रेग्मीको भनाइ छ। उनले भने, ‘हामी पनि भ्रष्टाचारको विरोधी हांै, समृद्धि, सम्मुनत विकसित नेपालका लागि लड्छौँ तर जसलाई जे मन लाग्यो त्यही गर्दै, बोल्दै हिँड्ने अधिकार कसैलाई छैन।’ उनले यो घटना दुःखद् भएको टिप्पणी गरेका छन्। यद्यपि, सार्वजनिक स्थानमा एक व्यक्तिले तथानाम बोल्दै हिड्दा नजिकै भएका एक अर्का भद्र व्यक्तिले दुई झापड हानेर घर लखेट्ने काम गर्दा सही नै हुने उनको जिकिर छ।

    यस्ज्ञातै नेन्द्र शाहीमाथि आक्रमण भएको दुई बित्न लाग्दा पनि संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनले जाहेरी नआएको भन्दै पीडकको खोजीमा तत्परता नदेखाएको हो। शनिबार शाहीलाई चितवनमा मरणासन्न हुने गरी कुटपिट गरिएको थियो। चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पीडित पक्षबाट जाहेरी नआई प्रक्रिया अघि नबढ्ने बताए। जाहेरी नआई कसैलाई समात्न सकिँदैन,’ उनले भने, ‘पीडित पक्षले जाहेरी दिएको छैन।’ आइतबार मल्लले संलग्नको पहिचान भइसकेको भन्दै चाँडै पक्राउ पर्ने बताएका थिए। उनले आफ्नो पहिलेको भनाइ फेर्दै जाहेरी खोजेका हुन्।

    कसैमाथि मारपिट हुँदा संलग्नलाई पक्रन जाहेरी पर्खनु पर्ने हो? भन्ने प्रश्नमा उनले ‘जाहेरीबिना कसैलाई कारबाही गर्न नमिल्ने’ बताए। उनले शाहीहरूको टोलीले कार्यक्रम गर्दा प्रहरीलाई जानकारी नदिएको बताए। ‘हामीलाई थाहै नदिई कार्यक्रम गर्दै हिँड्ने, अनि सुरक्षा पाइएन भन्ने?,’ उनले भने। आक्रमणमा घाइते भएका शाहीको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। शनिबार भ्रष्टाचारविरूद्धको सार्वजनिक सभामा शाहीको टोलीलाई एक समूहले ब्यानर च्यातेर कार्यक्रम बिथोलेको थियो। त्यही सिलसिलामा पत्रकार सम्मेलन गर्न जाँदा शाहीलाई आक्रमण गरिएको थियो। एसपी मल्लले प्रहरीको टोलीले घटनाको अनुसन्धान भने गरिरहेको बताए।

    यसैबीच नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्रले २०६३ को ११ वैशाखमा जारी गरेको विज्ञप्तिको मस्यौदा स्वर्गीय नेता भरतमोहन अधिकारीले तयार पारेको खुलासा गरेका छन् । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानका तर्फबाट शनिबार आयोजित ‘‘भरतमोहन अधिकारी व्यक्ति एक : व्यक्तित्व अनेक’’ विषयक कार्यक्रममा नेपालले त्यस्तो खुलासा गरेका हुन् । ‘कांग्रेस र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं, दरवारको पनि छुट्टै थियो । हामीले हाम्रो ड्राफ्ट अनुसार राजाको सम्बोधन भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भएको थियो’ नेपालले स्मरण गर्दै भने, ‘सुरुमा प्यारा देशवासीहरु र अन्तिममा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्नेबाहेक राजाले सबै हामी(एमाले)ले लेखेर दिएको पढे, त्यो मस्यौदा लेख्ने काम भरतमोहन कमरेडले गर्नुभएको थियो ।’

    नेता नेपालले अधिकारीलाई बहुआयामिक व्यक्तित्वका रुपमा चर्चा गर्दै उनको व्यक्तित्वबाट सबैले शिक्षा लिनुपर्ने बताए । नेता अधिकारी अफ्ठेरो परेका बेलामा निकास दिने व्यक्तित्वको नेता भएको चर्चा गर्दै उनले सही विषयमा अडान लिने आवश्यकताअनुसार लचकता प्रदर्शन गर्नसक्ने राजनेता भएको चित्रित गरे । २०५१ सालमा अधिकारीले घोषणा गरेका लोकप्रिय बजेटकै कारण तत्कालिन एमाले स्थापित भएको चर्चा गर्दै नेपालले २०४७ सालको संविधानको मस्यौदाकारका रुपमा तथा दुई पटक संविधानसभा सदस्य र पटकपटकको मन्त्रीका रुपमा अधिकारीले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, स्वर्गीय भरतमोहनकी पत्नी सबिता अधिकारी, परिवारका अन्य सदस्यहरु, नेताहरु अमृत बोहरा, युवराज ज्ञवाली, राधाकृष्ण मैनाली, कमल कोइराला, बेदुराम भुषाललगायत सहभागी थिए ।

    प्रतिक्रिया