• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपा उपत्यका इञ्चार्ज नबिन गिरफ्तार, २४ घण्टादेखि अबस्था अज्ञात

    6.4K
    SHARES


    काठमाडौ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा विशेष ब्यूरो इन्चार्ज नवीन बिश्वकर्मा ‘हितमान’ र भिम बटलालाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सोमबार ललितपुरबाट गिरफ्तार गरिएको प्रहरी उच्च श्रोतले संचारकेन्द्रलाई जानकारी दियो । उनलाई कहाँ राखिएको छ भन्ने विषयमा केही जानकारी दिइएको छैन । उनलाई हिजो बिहान ललितपुरबाट गिरफ्तार गरेको प्रहरीका एक उच्च अधिकारीले पुष्टी गरे। उनलाई ललितपुरबाट गिरफ्तार गरेको जानकारी प्राप्त भए पनि केन्द्रिय सदस्य तथा विशेष ब्यूरो इन्चार्ज नवीन बिश्वकर्मा ‘हितमान’ र भिम बटलालाई २४ घण्टादेखि अवस्था अज्ञात  राखिएको छ।

    गिरफ्तार गरेको २४ घण्टा बितिसक्दा समेत कुनै जानकारी नदिएर बेपत्ता बनाएको भन्दै परिवारजले चिन्ता व्यक्त गरेका छन्। यता नेपाल कम्युनिष्ट पार्टीले भने आफ्ना केन्द्रिय नेतालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता राखेको बताएको छ। उनी पुर्वराज्य मन्त्री समेत हुन । नेपाल कम्युनिष्ट पार्टीको उपत्यका इन्चार्जमा माइलामा लामा रहेका बेला नविन ललितपुर इन्चार्ज थिए । माइला लामा पक्राउ परेपछि नविनलाई उपत्यका इन्चार्जको जिम्मेवारी दिइएको थियो ।

    प्रतिक्रिया