• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली-प्रचण्डलाई नै काउन्टर दिँदै वामदेव गौतमले गरे यस्तो कठोर निर्णय, नेकपामा खैलाबैला

    13.9K
    SHARES

    काठमाडौं । सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न अस्वीकार गरेका छन्। आगामी मंसिरमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वामदेवलाई शनिबारको केन्द्रीय सचिवालय बैठकमा कास्कीको रिक्त प्रतिनिधिसभा पदमा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। कास्कीबाट रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र अहिले खाली छ। त्यहाँ आउँदाे मंसिर १४ गते उपनिर्वाचित हुँदैछ। यसलाई मध्यनजर गर्दै अध्यक्षद्वयसहित नेताहरुले वामदेवलाई उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।

    तर, गौतमले प्रस्ताव अस्वीकार गर्दै उम्मेदवारी नदिने जानकारी गराएका छन्। ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेका छन्, ‘तर मैले उम्मेदवारी नदिने स्पष्ट पार्न चाहन्छु।’ गौतमले यसअघि २०७४ को निर्वाचनमा बर्दियामा चुनाव हारेको स्मरण गर्दै भनेका छन्, ‘उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो। तर, म पराजित हुनुपर्यो। त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो।’

    उनले कास्कीमा आफू उपयुक्त उम्मेदवार नभएको पनि टिप्पणी गरेका छन्। ‘म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ’, गौतमले भनेका छन्, ‘कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ। यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्द यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरका छ वटा महानगरमा पार्टीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ। शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले ६ महानगरका अध्यक्ष र सचिव मनोनित गरेको हो।

    बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै ललितपुरका अध्यक्षमा मञ्जली कायस्थ र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको छ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि दिएकाे जानकारीअनुसार पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटालाई चयन गरेकाे छ। त्यस्तै वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की चयन भएका छन्। बाँकी सांगठनिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउँने प्रवक्ता श्रेष्ठले बताए।

    यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिए । अध्यक्ष दाहालले अहिले केही मात्रामा बढेको अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सरकार र राजनीतिक दल गम्भीर भएको बताउँदै उनले यस्ता क्रियाकलापले वर्तमान प्रणालीमा कुनै खतरा नभएको टिप्पणी गरे । उनले अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सदनमा भएका सबै राजनीतिक दलले प्रतिवाद गर्नुपर्ने कुरामा जोड दिँदै भ्रष्टाचारको विरुद्धमा सरकार अघि बढेको छ भने ।

    अध्यक्ष दाहालले एक प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले नियमितरुपमा सरकार सञ्चालन गरिरहनु भएको प्रष्ट पार्दै प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डलको पुनःगठन हुनसक्ने धारणा राखे । सरकारले गएको वर्षमा मौलिक हकका थुप्रै कानून निर्माण गरिसकेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार गठनपछि छिमेकी मुलुकहरुसँग पनि सम्बन्ध राम्रो भएको उल्लेख गरे । उनले मुलुकको आर्थिक वृद्धि दर सात प्रतिशत रहेकाले निराश हुनुपर्ने स्थिति नरहेको भन्दै सरकारले विकासका काममा तीव्रता दिनुपर्नेमा जोड दिए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ