• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो सत्तारुढ नेकपाको हेडक्वार्टर बैठक, नेता कार्यकर्तालाई चकित पार्दै भए यस्ता निर्णय

    12.1K
    SHARES

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हेडक्वार्टर बैठक सकिएको छ । बैठकले  देशभरका छ वटा महानगरमा पार्टीका अध्यक्ष र सचिव मनोनित गरेको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले काठमाडौं महानगरको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई मनोनित गरेको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ललितपुर महानगरमा अध्यक्ष मन्जली शाक्य र सचिव ज्ञानेन्द्र शाक्य मनोनित भए।

    पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगर अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिव ईश्वर सापकोटा भएका छन्। यस्तै, सचिवालय बैठकले वीरगंज महानगरको अध्यक्षमा रोहवर अन्सारी र सचिवमा विश्वम्बर शर्मा मनोनित भए भने विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिव हेम कार्की मनोनित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘बाँकी सांगठनिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउँछ,’ श्रेष्ठले पत्रकारहरूसँग भने।

    यसैबीच प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दशैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे बताउन पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् । सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानूनहरु बनाउनुका साथै विकास निर्माणका कामहरु गरिरहेको तर केही मानिसले भ्रम छरेको उनले बताए ।

    शनिबार बसेको संसदीय दलको बैठकमा उनले भने, ‘कतिपयले भ्रम छर्ने प्रयास गरेका छन्, तपाईहरुले जनतालाई सरकारको गरेका राम्रा कामहरुबारे बताउनुस् ।’ उनले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरुले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्नेमा जोड दिएका छन् ।

    ओलीले संसदीय समितिहरुले असहयोग गर्दा सरकारलाई काम गर्न गाह्रो भएको समेत गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एक सांसदले भने, ‘संसदीय समितिहरुले सरकारलाई पटक्कै सहयोग गरेनन, सरकारको चाहना विपरित समितिहरुको निर्णय र निर्देशन आउँदा हामीलाई काम गर्न गाह्रो भयो।’

    यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि प्रतिक्रियावादी तत्वहरु आफूहरुमाथि एकजुट भएर लागेको बताएका थिए। दाहालले त्यस्ता तत्वहरुको सबैले मिलेर सामाना गर्नुपर्ने र सांसदहरुको भूमिका झन् महत्वपूर्ण हुने बताए। बैठकमा अध्यक्षद्वयले मात्रै सम्बोधन गरेका थिए। संसद अधिवेशन सुरु र अन्त्य हुँदा संसदीय दलको बैठक बस्ने परम्परा अनुसार शनिबार बैठक डाकिएको थियो।

    चण्डले कीर्तिपुर-पांगा क्षेत्र आफ्नो माइतीघर जस्तै भएको बताएका छन् । शनिबार त्यहाँ आयोजित एक कार्यक्रममा प्रचण्डले कीर्तिपुरसँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको बताए । पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलन गर्दा भूमिगत रुपमा बस्ने, संगठन बनाउने काम गरेको स्मरण गर्दै उनले भने, कीर्तिपुर, पागाँ आउँदा माइती आए जस्तो लाग्छ । मेरो माइती घर नै हो भने जस्तो लाग्छ ।’

    पहिलो संविधानसभामा कीर्तिपुरबाट जितेर नै आफूले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर पाएको उनले सुनाए । प्रचण्डले कीर्तिपुरका विकास निर्माणका कामहरुमा पहल गर्ने आश्वासन समेत दिएका छन् । कीर्तिपुरमा युद्ध स्मारक पार्क, संग्राहलय, खेल मैदान बनाउन पहल गनेए उनले बताए ।

    प्रतिक्रिया