• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डले दिए राजावादीहरुलाई यस्तो अनौठो संज्ञा

    18.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राजबादीहरुलाई अराजक तत्वको संज्ञा  दिएका छन् । संविधान दिवसको अवसरमा एक शुभकामना मन्तव्य दिदै अध्यक्ष प्रचण्डले राजाबादीहरुलाई अराजक तत्व भन्दै उनीबाट सजक रहन आग्रह गरेका छन् । जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि (व्यवस्था) उल्ट्याउन केही अराजक तत्वहरू लागिपरेको आरोप लगाउँदै उनले त्यस्ता तत्वहरूले भ्रम पैदा गराएको भन्दै त्यसको प्रतिवादमा उत्रन जनतालाई आह्वानसमेत गरेका छन् ।

    ‘जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन्’, संविधान दिवसका अवसरमा जारी सन्देशमा प्रचण्डले भनेका छन्, ‘जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आग्रह गर्दछु ।’

    संविधानबाट मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरुको जग बसेको दाबी प्रचण्डले गरेका छन् । यसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको प्रचण्डको भनाइ छ । संविधानले समाजवादी व्यवस्थातर्फ मार्ग प्रशस्त गरेकाले नयाँ विचारको विकास गरी नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु पर्ने मत प्रचण्डको छ । प्रचण्डले सन्देशमा नेपाली आमाबावुका सर्वोत्तम छोराछोरीको त्याग र बलिदानले देशमा राजनीतिक परिवर्तन भएको स्मरण गर्दै सबैप्रति सम्मान व्यक्त गरेका छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई देशको एक मात्र पार्टी बनाएर राजनीतिबाट सन्यास लिने बताएका छन् । पार्टी एक भएपछि आफ्नो आबश्यकता महसुस नहुने र मुलधारको राजनीतिबाट सन्यास लिने  अध्यक्ष प्रचण्डको भनाई थियो  । उनले पार्टीलाई एक वर्षभित्र सम्पूर्ण जनताको एकमात्र पार्टी बनाउने र त्यसको नेतृत्व आफूले गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एकमात्र पार्टी हुने गरी छिट्टै अभियान सुरु गर्ने बताए । ‘अब केन्द्रीय समिति बैठक बसेर एउटै मन एउटै संकल्प बनाएर जनतामा जान्छौं । जनतामा गइसकेपछि एक वर्षमा सम्पूर्ण जनताको एकमात्र पार्टी नेकपा भएपछि मात्र विश्राम लिन्छौं’ उनले भने ।

    नेकपा अध्यक्ष प्रचण्डले अब घिस्रिएर नभई फड्को हानेर अगाडि बढ्ने बढाए । छिट्टै केन्द्रीय कमिटी बैठक बोलाएर अभियान लिएर जनतामाझ जाने बताए । राजावादीहरुतर्फ संकेत गर्दै उनले भने, ‘१० लाख कार्यकर्ता, ५ लाख जनवर्गीय संगठन सदस्य भएको पार्टी एउटै विचार, एउटै मन लिएर अभियानमा गयो भने भुतप्रेतहरुको हालत के होला तपाईहरु आफैं कल्पना गर्नुस् ।’ ‘प्रेतहरुलाई कसरी मन्सिन पर्छ भन्ने हामीलाई राम्रो थाहा छ । हामीले हिजो बलिया भनिएका भूत प्रेतलाई तह लगाएर, पुरेर आएका हौं । अब त्यो शक्ति देखाउनु छ, देखाउँछौं ।’

    यस्तै प्रचण्डले पार्टी निर्माणमा ठूलो फड्को मार्ने बेला आएको बताएका छन् । झण्डै एक वर्ष कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने उनको दाबी छ । शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय बस्दा क्षति भएको स्वीकार गरे । तर हुँदैहुँदैन भन्दाभन्दा पार्टी एकता प्रक्रिया हात्ती छिरेसरह भइसकेको, पुच्छर मात्र अड्किएको अवस्थामा रहेको सुनाए । १५ महिनामा लगाएर भएपनि पार्टी टुंगिएको भन्दै उनले कुखुरा र चिलको प्रसंग सुनाए । उनले भने, ‘लेनिनले रोजाको सन्दर्भमा भनेको कुरा मलाई याद आउँछ । चिल पनि कहिलेकाहीँ कुखुराजस्तो गरेर जमिनमा आएर खोस्रिन्छ । तर कुखुरा कहिल्यै चिल जस्तो आकाशमा उडान भर्न सक्दैन । कम्युनिस्टहरु चिल हुन्, उड्न थालेपछि त्यो आकासको त्यो उचाईमा पुग्छ, जहाँ अरु पुग्न सक्दैननन् ।’

    प्रतिक्रियावादीले दयाले नभई नेतृत्वले असाधारण पहलकदमी र आफ्नै पौरखले यो ठाउँमा आइपुगेको उनले बताए । प्रचण्डले अघि भने,’अब हाम्रो उडान सुरु भएको छ । खोस्रिनेसम्म खोस्रिसक्यौं । कुखुरासँगै झण्डै एक वर्ष लुटपुटियौं । अब चिलले जस्तो उडान भर्ने समय आएको छ । हेर्नुहोला, एक वर्षमा यो पार्टी सम्पूर्ण नेपाली जनताको एक मात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ ।’ पार्टी नेतृत्व पङ्ग्तीको जीवनलाई हेर्‍यो भने ठूलो फड्का, उपलब्धी र क्षतिबाट आएको भन्दै उनले अघि भने, ‘हामीलाई के कन्फिडेन्ट छ भने कुखुराहरुले खोस्रेजस्तो या स्यालहरुले कराएजस्तो सिंहको गर्जन हुँदैन । सिंहले गर्जिन थालेपछि कोही अगाडि पर्न सक्दैन । हामी त्यसैगरी अगाडि बढ्छौं ।’

    प्रचण्डले केही मान्छेले होहल्ला गर्दैमा नेकपा चुप लागेर नबस्ने चेतावनी दिए । वैज्ञानिक आलोचना गरे, गल्ती कमजोरी औल्याए स्वीकार गर्ने तर तथाकथित आलोचना, बकवासहरुलाई वास्ता नगर्ने उनले बताए । प्रचण्डले भने, ‘कार्लमार्क्सले भने जस्तै हामी पनि स्यालहरु गराउँदै गर्छ, हात्ती लम्कदै गर्छ गरेर हामी आफ्नो गन्तव्यसम्म पुगिछाड्नेछौं ।’ अर्को दशैंतिहारसम्म पार्टी अर्कै ठाउँमा पुग्ने भन्दै नकेपा अध्यक्ष प्रचण्डले भने, ‘जसले सस्तो आलोचना गरेका छन्, उनीहरुको हालत के हो म हेरेर बसिरहेको छु ।’ उनले अघि भने, ‘हामीले मुठ्ठी उठाउन मात्र ढिलो हो । एक पटक संकल्प गरेर अभियानमा हेलिनेवित्तिकै एउटा, दुईटा पाँच वर्ष मात्र होइन, कयौं अवधिसम्म जनताको लोकप्रिय मतसहित समाजवादी समाज निर्माण गर्ने गन्तव्यमा पुग्नेछौं ।’

    त्यस्तै नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय (हेडक्वाटर) बिघटन गरेको छ । माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुने छ । पार्टी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन्, ‘आज बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कार्यालय बिघटन गरेको छ । माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुने भएको छ ।’ पार्टी अध्यक्ष प्रचण्ड पश्चिम नेपालको भ्रमण गरी आइतबार काठमाडौं फर्किएलगत्तै हेडक्वाटर बैठक बसेको थियो । सोही बैठकले ३५ सदस्यीय हेडक्वाटर बिघटन गर्ने निर्णय गरेको हो । प्रवक्ता भुसालका अनुसार ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई कार्यकारी निकाय बनाइएको छ । पार्टीले दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरे अनुसार हेडक्वार्टरलाई विघटन गरेर सचिवालयलाई कार्यकारी निकाय बनाइएको हो । माओवादी केन्द्रीय समिति ४ हजार सदस्यीय थियो । पार्टीका कमिटीहरु भद्दा भएकाले दुई अंकमा झार्न कार्यकर्ताहरुले नेतृत्वलाई दबाव दिँदै आएका थिए ।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधामन्त्री हुने कल्पनै नगरेको तर आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेको स्मरण गरेका छन्। नेपालय प्रकाशनद्वारा प्रकाशित वामपन्थी राजनीतिक इतिहास र नेताहरुको जीवनी चरित्रमा आधारित प्रा केआर खुम्बुको पुस्तक ‘छायाँको लस्कर’ को लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्नेसमेत नलाग्ने गरेको उल्लेख गरे। उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिष्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा सङ्गठिन र सचेत प्रयासका साथ थालनी गरेर शुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गरे।

    “देशको सुखद् भविष्यको परिकल्पना थियो, आफ्नोबारेमा केही पनि परिकल्पना थिएन”, उनले भने, “त्यसबेला भोकै हिँड्ने गरिन्थ्यो । सुरक्षाकर्मीसँग छलेर हिँड्नु पथ्र्यो । पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महीनासम्म खोच्याएर हिँड्नु परेको थियो । विगतका कठिन दिनहरु रमाइला पनि थिए ।” उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेकामा धन्यवाद दिए।

    झापा विद्रोहकालदेखि राजनीतिमा लागेका प्रा खुम्बु हाल प्राज्ञिक क्षेत्रमा क्रियाशील छन्। पुस्तकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र उनका सहकर्मीहरु युवा उमेरमा रहँदा भूमिगतकालमा कसरी राजनीतिमा सक्रिय भएका थिए भन्नेबारेमा समेत चर्चा गरिएको छ। समालोचक डा जङ्गब चौहानले पुस्तक एक राजनीतिक दस्तावेज र इतिहासको साक्षी सावित भएको बताए।

    यस्तै आगामी मंसिर १४ मा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगले बिहीबार दर्ता भएका दलको नाम तथा निर्वाचन चिह्न सार्वजनिक गर्दै उपनिर्वाचन प्रयोजनका लागि २१ दल दर्ता भएको जानकारी दिएको छ । यसरी दर्ता हुने दलमा साझा पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राप्रपा (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राप्रपा (संयुक्त), जनमत पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली कांग्रेस (वीपी) छन् । यसैगरी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) छन् ।

    नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम भएका, २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यका पदको लागि निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन भएका र २०७४ सालको निर्वाचनपछि आयोगमा दर्ता भएका राजनीतिक दललाई १४ मंसिर २०७६ मा हुने तीनै तहको उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गरी निर्वाचन चिह्न निर्धारण गरेको हो ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ