• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संविधान दिवसकै दिन कमलबजार नगरपालिकामा शक्तिशाली बिस्फोट, के छ अवस्था ?

    14K
    SHARES

    काठमाडौँ । आज सविधान दिवसकै दिन अछाम स्थित गएराति कमलबजार नगरपालिकामा शक्बतिशाली ब ‘म विस्फोट भएको छ । राति करिव पौने १ बजे नगरपालिका कार्यालयमाप्रेसर कुकुर ब’म विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। उक्त बिस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करीब १०० मिटर टाढाबाट ब’म विस्फोट गराईएको हुन् सक्ने प्रहरीले अनुमान् गरेको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी भईरहेको जानकारी दिएको छ । उक्त शक्तिशाली ब ‘म बिस्फोटले गरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्षित गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै ब’म विस्फोट भएपछि कर्मचारी त्रसित बनेका छन् । त्यस्तै हेटौंडा १ बुद्ध चोकमा प्रसेर कुकरभित्र भेटिएको शं’कास्प’द वस्तु नेपालि सेनाको टोलीले डि’स्पो’ज गरेको छ । हामो मनि ट्रान्सफर नजिक प्रेसर कुकरमा भेटिएको उक्त शं’कास्प’द वस्तुलाई डि’स्पो’जल टोलीले डिस्पोज गरेको छ ।

    यस्तै नेपाल कम्युनिस्ट पार्टीको कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’सहित ३ नेतालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाट गिरफ्तार गरेको छ । सर्वाेच्चको आदेशमा रिहा भएका भण्डारीसहित अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य मिलन राई र अखिल (क्रान्तिकारी)कै कास्की अध्यक्ष काजी गुरुङलाई प्रहरीले पुनः गिरफ्तार गरेको हो । बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसपछि सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तान र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो । तर आदेशमा रिहा भएलगत्तै गेटबाहिर सशस्त्र रुपमा तैनाथ प्रहरीको टोलीले उनीहरुलाई गिरफ्तार गरेको हो । टेकु लगिएको बुझिएको छ ।

    तीनै जनाको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट उब्जन पुनले भदौ २२ मा दर्ता गरेका थिए । बिहीबार भएको बहसमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल लगायतले बहस गरेका थिए । गत बैशाख २६ मा कास्कीको उरी गाउँपालिका वडा नम्बर ११ बाट बैठक बसिरहेको अवस्थामा प्रहरीले घेरा हाली उनीहरुलगायत २२ जनालाई गिरफ्तार गरेको थियो । अदालतको आदेशमा अन्य रिहा भएपनि राई, भण्डारी र गुरुङलाई भने विभिन्न आरोपमा आधा दर्जन जिल्ला घुमाइसकेका छन् । सर्वोच्च अदालतले उनीहरुमाथिको अभियोग पुष्टि हुने आधार र प्रमाण नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ