• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपाका युवा नेता खतिवडा पुनः गिरफ्तार, प्रहरीले वेपत्ता परेको पत्नीको आरोप

    3.8K
    SHARES


    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता केदार खतिवडालाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार साँझ खतिवडालाई प्रहरीले काठमाडौँस्थित कोठाबाटै गिरफ्तार गरेको हो ।

    खतिवडाकी पत्नी गिता सिलवालका अनुसार बुधबार साँझ कोठाबाटै प्रहरीले कता लिने भन्नेबारे कुनै जानकारी नदिएरै भ्यानमा राखेर प्रहरीले लगेको थियो । अहिले खतिवडालाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ ।

    खतिवडा यसअघि ६ महिना हिरासत बसाई पछि अदालतको आदेशमा हालै रिहा भएका थिए । खतिवडालाई गैरन्यायीक रुपमा गिरफ्तार गरेको भन्दै पत्नी सिलवालले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्ने तयारी गरेकी छन् ।

    यस अघि प्रहरीले हालै मेची–कोशी ब्युरोले पार्टीका ब्युरो सदस्य एंव झापा जिल्ला सेक्रेटरी प्रबिण मिश्र ‘मनिस’ र जिल्ला सदस्य एंव मजदुर संगठनका ब्युरो संयोजक टीका पोख्रेललाई गिरफ्तार गरेको थियो । पार्टी कामको शिलसिलामा भद्रपुरबाट बिर्तामोड आउने क्रममा सोमबार उनीहरुलाई प्रहरीलेगिरफ्तार गरेको थियो ।

    यस अघि प्रहरीले पार्टीका नारायणी व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज आतिस मिश्र ‘राजन’लाई बीरगञ्जबाट गिरफ्तार गरेको थियो । त्यसति हालै मात्र प्रहरीले नेकपाका धादिङ सेक्रेटरी बुद्ध गुरुङलाई गिरफ्तार गरेको थियो । गुरुङलाई भदौं ३१ गते विहान पार्टी कामको सिलसिलामा काठमाडौँ आउँदै गरेको बेला गुरुङलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको नेकपाको उपत्यका बिशेष ब्युरोले जनाएको छ ।

    ब्युरोले आफ्ना नेतालाई सरकारले अपहरण शैलीमा धादिङको पिपला मोडबाट गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । उपत्यका विशेष व्युरो सदस्य समेत रहेका सेक्रेटरी गुरुङलाई तत्काल रिहा गर्न माग गर्दै ब्युरो इन्चार्ज हितमानले बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन् । उनले बिज्ञप्ति मार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्न आफुहरुलाई सरकारको हत्या, हिंसा, दमन, गिरफ्तारी र जेल, नेल कुनै चिजले रोक्न नसक्ने बताएका छन् ।

    हितमानले क्रान्तिको मूल्य बलिदान भएकाले क्रान्तिकारीहरुका विरुद्धमा सरकारले गरेका हर्कतहरु बन्द गर्न जोडदार माग गर्दै गिरफ्तार परेका सेक्रेटरी बुद्ध गुरुङलगायत पार्टीका सम्पूर्ण नेता, तथा कार्यकर्तालाई बिना शर्त रिहा नगरे क्रान्तिले सबै कुराको छिनोफानो आफ्नै तरिकाले गर्ने चेतावनी दिएका छन् । उपत्यका विशेष व्युरो इन्चार्ज हितमानले विज्ञप्तिमा आफ्नो पार्टीले अवलम्बन गरेको सच्चा समाजवादी, साम्यवादी विचार, राजनीतिबाट भयभित र आतंकित वर्तमान कम्युनिस्ट नामधारी दलाल सरकार र संसदीय व्यवस्था संकट परेको बताएका छन् । सरकारले हत्या, हिंसा, बलात्कार, गिरफ्तार, यातना, जेलनेल र झूट्ठा मुद्दाको खेती गरेर राजनीतिक समस्याको समाधान नहुने कुरा स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ