• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    प्रधानमन्त्री ओलीले खुल्ला कार्यक्रमबाटै कसलाई दिए फेरी जेल हाल्ने चेतावनी, हेर्नुस बिस्तृतमा

    107.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री ओलीले फेरी जेल हाल्ने चेतावनी दिएका छन् । कठाेर राजतन्त्र र पञ्यायतकाे विराेध गर्दा त्याे बेलाकाे शासन सत्ताले विराेध गर्नेलाइ जेल हाल्थ्याे । त्यस्तै अब गणतन्त्रकाे पनि विराेध गर्नेलाइ सरकारले नियान्त्रणमा लिने प्रधानमन्त्री केपी शर्मा ओलीले खुल्ला कार्यक्रमबाटै चेतावनी दिएका छन् । बुधबार सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनकाे शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन सकिएकाले गणतन्त्रकाे विराेधमा बाेल्न नहुने बताए । ‘केहीले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध आवाज उठाउन कोसिस गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘गणतन्त्रमाथि धावा बोल्न थालियो भने सरकार चुप लागेर बस्दैन, एक्सनमा जान्छ ।’

    ‘जबसम्म डमरूमाथि खतरा हुन्‍न भन्ने लाग्छ तबसम्म बघिनी चुप बस्छ’, उनले भने, ‘त्यस्तै लोकतन्त्र र गणतन्त्रमाथि खतरा आयो भने सरकार चुप लागेर बस्दैन। त्यसका लागि तीव्र विकासलाई अगाडि बढाउँछौं।’ उनले गणतन्त्रमाथि जोखिम भएमा सरकारले नियन्त्रणकारी भूमिका खेल्ने पनि बताए । ‘यदि त्यस्तो भयो भने हामीले नियन्त्रणकारी भूमिका पनि खेल्नुपर्ने हुनसक्छ’, उनले थपे, ‘अब देशमा हिंसाको कुनै ठाउँ नै छैन। यो बिलकुल वितण्डाको बाटो मात्रै हो।’ देशले सबै राजनीतिक उपलब्धि गरिसकेकाले अब हिंसाको कुनै अर्थ नभएको उनले बताए।

    ‘हिंसामा गएर के प्राप्ति गर्ने हो ? संघीयता, आवधिक निर्वाचन, लोकतन्त्र, गणतन्त्र सबै प्राप्त भइसकेका छन्’, ओलीले भने, ‘हिंसा लुटपाट र जनतालाई दु:ख दिने काम सह्‍य हुँदैन।’ उनले अब हत्या हिंसा छाडेर देश विकासमा अघि बढ्नुपर्ने उनले बताए। ‘कतिपयलाई चमडीको मायाले प्रतिबन्ध लगाउँदा किन यो गरेको भन्छन्, तर त्यो मानिँदैन’, उनले भने, ‘अब देश विकास र सुशासनको बाटोमा जान जरुरी छ। म यसका लागि सबैलाई आह्वान गर्छु। हिंसा र वितण्डा गर्छौ भन्‍ने हो भने सरकारले नियन्त्रण गर्नुपर्ने हुन्छ।’

    यसैबीच पार्टी एकतापछि प्रदेश नम्बर दुईमा सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रदेश र जिल्ला कमिटीहरुको सपथमा देखिएको विवाद र झडपपछि एक पक्षले शीर्ष नेतृत्वमाथि नै कारवाहीको सिफारिस गरेको छ भने अर्को पक्षले पार्टीका प्रदेश प्रमुख लगायतलाई कारवाहीको सिफारिस नै गरेको छ । नेता माधव नेपाल र मातृका यादव समूह प्रदेश नम्बर दुईमा एक ठाउँमा देखिएका छन् । प्रचण्डका दुई विश्वासपात्र मातृका र प्रदेश दुईका नेकपाका अध्यक्ष समेत रहेका प्रभु साहबीच नै टकरावको अवस्था बनेपछि मधेसमा नेकपाभित्रको विवादले उग्र रुप लिएको छ ।

    केन्द्रमा प्रचण्ड खेमामा रहेका मातृका दुई नम्बर प्रदेशको हकमा भने नेता नेपालसँग नजिकिएका छन् । पछिल्लो समय नेकपाको आन्तरिक राजनीतिमा ओली प्रचण्ड एकता र माधव नेपाल एक्लिएको समीकरण बनिरहेको देखिएको थियो । तर प्रदेश दुईमा भने प्रचण्डका एक विश्वासपात्र मातृकाले अघोषित रुपमा प्रचण्डसंग विद्रोह गरेका छन् । प्रचण्डसँग निकट रहेका मधेसका दुई नेता मातृका र प्रभुबीचको टकरावले मात्र प्रदेशमा विवाद उत्पन्न नभइ प्रचण्डसँगको असमझदारीमा मातृका नेता नेपाल पक्षमा लागेका छन् । नेपालसँग मातृका यादवकाे साँठगाँठ बढेपछि नेकपाभित्र तरंग उत्पन्न भएको छ ।

    पछिल्लो समय नेकपाको प्रदेश नम्बर २ केन्द्रीत राजनीतिमा उत्पन्न अन्तरविरोधका कारण केन्द्रीय समीकरण पनि प्रभावित बनेको छ। प्रचण्ड हाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक छन् तर बर्दिबास घटनालाई प्रचण्डका विश्वासपात्र मातृका यादवले माधव नेपाललाई साथ दिएपछि भने मातृका– प्रचण्डसँगको सम्बन्धमा दरार उत्पन्न भएको आकलन गरिएको ।

    नेकपामा भइरहेको गतिविधिले माधव प्रचण्ड सम्बन्ध अझै कायम रहेको र अध्यक्ष ओलीविरुद्ध माधव नेपालको गतिविधिमा प्रचण्ड पनि सामेल रहेको देखिएको प्रदेश नम्बर दुईका नेकपाका एक नेताले बताए । बर्दिबास घटनालाई लिएर माधव नेपाल गुटले पार्टीमा बुझाएको ज्ञापनपत्रमा मातृका समूह (महेन्द्र पासवान को नेतृत्वमा) ले साथ दिनुले माधव-मातृका सम्बन्धको पुष्टि गर्ने उनको तर्क छ ।

    साथै उक्त घटना माधव नेपाल र मातृका यादवको निर्देशनमा भएको भनी प्रदेश कार्यालयले निकालेको निष्कर्षको पुष्टि पनि दुई समुहबाट आएको ज्ञापनपत्रले गरेको छ । भदौ २४ गते बर्दिबासमा आयोजित जिल्ला कमिटीको सपथ ग्रहणमा नेपाल र यादव पक्षले तोडफोडसहित प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास गरिएको आरोप साह पक्षले लगाएको छ । उता नेपाल मातृका पक्षले भने साह पक्ष एकलौटी रुपमा अघि बढेको र अनुभवी र योग्य नेता कार्यकर्तालाई बाहिर राखेर आफू पक्षधर र पार्टीमा योगदान नभएका व्यक्तिलाई नेतृत्वमा ल्याउने काम गरेको भन्दै आरोप लगाएको छ ।

    त्यस्तै सत्तारुढ नेकपालाई ठुलो झट्का लागेको छ । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा तत्कालिन एकिकृत नेकपा माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारसहित ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पाणिनि गाउँपालिका ८ पालीमा स्थानीय तहको निर्वाचनमा तत्कालिन एकिकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्तसहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका सभापति बिष्णु खनालले बताए । नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताए।

    एमाले र तत्कालिन माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, विकासका काममा पक्षपात पूर्णव्यवहार गरेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आफ्नो गाउँको विकासमा दुई तिहाइको सरकारले कुनै पहल नगरेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको तत्कालिन एमाओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुमहमल अलिले बताए। आफ्ना समस्या र स्थानीयस्तरका विकासमा आफूहरुलाई नेपाली कांग्रेसले साथ र सहयोग गरेको र जनताको पाटी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको तत्कालिन एकिकृत माओवादीबाट वडासदस्य पदका उम्मेदवार मधु पन्तले जानकारी दिए।

    नवप्रवेशीलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु मुस्कान, पूर्व सभापती कमलप्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतमलगायतले प्रवेश गराएका हुन्। कार्यक्रममा केन्द्रीय प्रतिनिधि चन्द्र केसी, पूर्व मन्त्री रेवति भुसाल, सभापति विष्णु मुस्कान, पूर्व सभापति कमल भुसाल, काँग्रेस नेता हिम्मत टण्डन, उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम लगाएतले मन्तव्य राख्दै यो लहरले सरकारलाई गतिलो जवाफ दिएको बताए। बहालवाला सत्ताधारी पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्नु नै सरकारको अलोकप्रीयता प्रष्ट देखिने उनीहरुको भनाई छ । भोलि जागरण अभियान अंगुरीमा हुने आयोजकले जनाएको छ।

    प्रतिक्रिया


    आजको ट्रेन्डिङ