• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली प्रचण्डको पार्टीभित्र नै तरंग ल्याउने गरी उपेन्द्र यादवले गरे यस्तो कडा निर्णय, तराईमा पनि हलचल

    14.2K
    SHARES

    काठमाडौं । सरकारले संविधान दिवस मनाउन असोज ३ गतेका लागि विभिन्न तयारीहरू गरिरहेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले संविधान दिवस नमनाउने निर्णय गरेको छ । नयाँ संविधानअनुसार मन्त्री पदमा बसिरहेका उपप्रधानमन्त्री यादवले असोज तीन गतेको संविधान दिवस नमनाउने निर्णय गरेका छन् । मन्त्री यादवको पार्टीले गरेको निर्णयले सत्तारुढ दलहरूभित्र तरंग ल्याइदिएको छ ।

    यादवको यो निर्णयले तराईमा पनि हलचल ल्याइदिएको छ । समाजवादी पार्टीकै नेतृत्वमा प्रदेश २ मा सरकार पनि छ । प्रदेश सरकारको नेतृत्व गर्ने दलले नै दोहोरो चरित्र देखाएपछि सरकारबाट हटाउन माग उठेको हो । त्यति मात्रै होइन संविधान दिवस मनाउने विषयलाई लिएर प्रदेश २ सरकारका मन्त्रीहरु विभाजित भएका छन् ।

    मुख्यमन्त्री लालबाबु राउतले नेतृत्व गरेको मूल समारोह समितिले केन्द्र सरकारको निर्देशन अनुसार असोज २, ३ र ४ गतेको कार्यक्रम तय गरेको छ । जसमा तीन दिन दिपावली गर्नेदेखि सरसफाइलगायतका कार्यक्रम समावेश छन् । समाजवादी पार्टीका केन्द्रीय नेतासमेत रहेका प्रदेश २ का मुख्यमन्त्री राउत संविधानमा भएका त्रुटिहरु सच्याउनुपर्ने आफूहरुको धारणा यथावत रहेको बताउँछन् तर, परिवर्तनलाई संस्थागत गर्दै बनेको संविधानलाई नै मान्दिनँ भन्न नसकिने उनको धारणा छ ।

    तर, प्रदेश सरकारले दिपावलीको तयारी गरिरहँदा केही मन्त्रीहरुले भने असोज ३ गते कालो दिवस मनाउने भएका छन् । प्रदेश २ मा गठबन्धन सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले दिवापली वा कालो दिवस दुबै कार्यक्रम नगर्ने औपचारिक निर्णय गरेको छ । तर, प्रदेश २ को अर्को सत्तारुढ घटक राष्ट्रिय जनता पार्टी (राजपा) ले भने कालो दिवसका रुपमा मनाउने घोषणा गरिसकेको छ ।

    संविधानकै कारण प्रदेश सरकार बनेको र आफू मुख्यमन्त्री भएको स्मरण गर्दै मुख्यमन्त्री राउतले भने, ‘आफ्ना कुरा राख्ने, विचार व्यक्त गर्ने स्वतन्त्रता पाएका छौं, यो पनि संविधान नै दिएको हो । प्रदेश सरकारको प्रमुख भएको नाताले कसरी यो संविधानलाई मान्दिनँ भनेर भन्न सक्छु ?’ राजपाले संविधान दिवसका दिन जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने र साँझ ७ बजे १५ मिनेटका लागि ब्ल्याक आउट गर्ने निर्णय गरेको छ ।

    यसैवीच, राजपाको नेतृत्व गर्दै प्रदेश सरकारमा गएका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भने ३ असोजमा उत्सव मनाउनुपर्ने कुनै कारण नभएको अनलाइनखबरलाई बताए । उनले त्यसदिन आफूहरु कालो दिवस कार्यक्रममा सहभागी हुने प्रष्ट पारे । ११ वैशाख र ३ असोजलाई तुलना गर्दै मन्त्री सोनलले भने, ‘११ वैशाखमा व्यवस्था परिर्वतनको सबैले खुसी मनाएका थिए । ३ असोजमा हामी जेलमा थुनिएका थियौं र देशको आधा जनसंख्याले घरघरमा कालो झण्डा राखेर ब्लाक आउट गरेका थिए ।’

    संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीलाई स्वीकार गर्दै संविधानमा भएका त्रुटि सच्याऊ भन्दा पनि चार वर्षसम्म सुनुवाइ नभएको उनले बताए । मन्त्री सोनल प्रश्न गर्छन्, ‘संविधान संशोधन नभएसम्म ०७२ भन्दा के फरक रह्यो र ?’

    प्रतिक्रिया