• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंको आकाशमा एकाएक किन घुमीरहेका छन् दर्जनौ जहाज, यस्तो गम्भीर छ कारण

    17.6K
    SHARES

    काठमाडौं ।  अहिले काठमाडौँको आकाशमा दर्जनौ विमान फन्को लगाइरहेका छन् । मौसम खराबीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको छ । बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अबरुद्ध भएका छ । विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले सबै उडान तथा अवतरण ठप्प पारिएको छ । यसअघि कोटेश्वर आइपुगेको कतार एयरको विमान डाइभर्ट गर्नुपरेको थियो भने अहिले काठमाडौंका अकाशमा दर्जनौं विमानहरुले फन्को लाइरहेका छन् । भिजिविलिटी घट्ने प्रतिक्षामा विमानहरु आशमै होल्ड भएका हुने । इन्धन अभावले केही विमानहरु डाइभर्ट पनि भएको विमानस्थल कार्यालयले जनााएको छ । त्यस्तै सोलुखुम्बुको लुक्लाबाट पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरेका छन् ।

    सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम खराब भएपछि आकस्मिक अवतरण गराएका हुन् । आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकप्टर छन् । पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने ठाउँमा ३ वटा र होक्से भन्ने ठाउँमा एउटा हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । सोलुखुम्बुबाट उडेका ८ मध्ये ४ वटा काभ्रेमा र ३ वटा सिन्धुलीको नेपाल थोकमा आकस्मिक अवतरण भएके डिएसपी गिरीले बताए । ‘८ वटा हेलिकप्टर लुक्लाबाट बिहान उडेको जानकारी आएको छ, तीमध्ये ४ वटा काभ्रेमा र ३ वटा सिन्धुलीको नेपाल थोकमा आकस्मिक अवतरण भएछन्’, उनले भने, ‘काभ्रेमा अवतरण भएका मध्ये एउटा केही मिनेटअघि मात्रै काठमाडौंका लागि उडेको छ ।’ केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि त्यहाँ करिब ३ सय पर्यटक अलपत्र थिए । अलपत्र परेका तिनै पर्यटकको उद्दारका लागि हेलिकप्टरहरु लुक्ला पुगेका थिए । प्रतिकूल मौसममा जोखिम नलिने भन्दै ७ वटा इनरुटमा रोकिएका हुन् ।

    देशभर मनसुन फेरी सक्रिय, यस्तो रहनेछ आगामी ३ दिनको मौसम

    मौसम पूर्वानुमान शाखाले आज देशैभरी बदली रही पानी पर्ने जनाएको छ। बिहान ६ बजे ३ दिनको मौसम पूर्नुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले यस्तो बताएको हो। हाल पुर्वि तराई, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकि भु-भागमा पनि आंशिक देखि सामान्य बादलीको अवस्था रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखाको पश्चिमी भाग औषत स्थानको आशापास रहेको र पुर्वी भाग औषत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको छ। यसका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भाग र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापिय प्रणाली रहेका छ भने बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाका कारण देशभर मनसुनी गतिविधि बढेको उसले जनाएको छ। विभागका अनुसार ३ दिनको मौसम निम्नानुसार हुनेछ।

    भाद्र ३१ गते (मंगलबार) – दिउँसो- देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। राती – देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

    असोज ०१ गते (बुधबार) दिउँसो- देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। राती- देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। असोज ०२ गते (बिहीबार) दिउँसो – देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। राती – देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ