• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ज्ञानेन्द्र शाहीलाई नायिका रेखा थापाले फेसबुकबाटै दिइन यस्तो काउन्टर, भाइरल बन्यो स्टाटस

    20K
    SHARES

    काठमाडौं । चर्तित नायीका रेखा थापाले शनिवार नेपालगन्ज बिमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराई माथि अभद्र व्यवहार गर्ने तथा गालीगलौज गरी आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता दावी गर्ने ज्ञानेन्द्र शाहीले गरेको ब्यवहार प्रति कटाक्ष हानेकी छिन । रेखाले ज्ञानेन्द्रको बिरोध गर्ने शैलीकै विरोध गरेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले विरोधको शैली ठिक नभएको उल्लेख गरेकी छन् । थापाले शाहीको नाम उल्लेख नगरेरै ब्यग्य गरेकी छन् । उनले शाहीले चर्चा बटुल्न त्यस्तो कृयाकलाप गरेको टिप्पणी गरेकी छन् ।

    थापाले स्टाटसमा कसैको नाम भने उल्लेख गरेकी छैनन् । तर उनको स्टाटसवाट सोही घटनालाई संकेत गरेको बुझ्न मस्किल भने पर्दैन ।’चर्चा पाउन, ध्यान तान्न, नेता बन्न त्यत्ती लफाडा काफी हुँदैन । कुरा देश चलाऊने गरिरहदा- विश्वशनियताका थुप्रै सिद्दान्त र आचरण पनि हुनु पर्छ होला ।’ उनले भनेकी छिन् ।

    अराजकता ठुलो नियतको भयो भने राजनीति हुने र छुद्र तरीकाकाे भए आफ्नै औकात देखाउने उनको विश्लेषण छ । उनले लेखेकी छिन् -यो के पाराको बिरोध हो ? बुझिएन । कि क्रान्ति गरे हुने कि बिधी भित्र सभ्य व्यबहार देखाये हुन्थ्यो । चर्चा पाउन, ध्यान तान्न, नेता बन्न त्यत्ती लफाडा काफी हुँदैन । कुरा देश चलाऊने गरिरहदा- विश्वशनियताका थुप्रै सिद्दान्त र आचरण पनि हुनु पर्छ होला । अराजकता ठुलो नियतको भयो भने राजनीति हुन्छ, छुद्र भो भने आफ्नै औकात देखाउछ ।’

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै ज्ञानेन्द्र शाही लगायतका केही युवाहरुले अभद्र व्यवहार गरेका थिए । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार सेट गरिएको थियो । मन्त्री भट्टराईले चाहिँ शनिबार नै विमान चढ्न ढीलो भएकोमा क्षमा मागेका छन् । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाहीको टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।

    शाहीले फेसबुक स्टाटस समेत लेख्दै मन्त्री योगेश भट्टराईले नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि आफुहरुले रामधुलाई गरेको बताएका छन् । हामी तपाईलाई सम्मान गर्छौं भन्दै मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’

    पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर पुगेका थिए । कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन् । कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा प्लेन छुट्ने समय केही ढीलो भएको थियो । तर, एक घण्टासम्म नभई १५ मिनेटमात्र ढीलो भएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईको दाबी छ । गुरागाईले भने, ‘हामी बाटोमा आउँदा राजमार्गमा गाईवस्तुले बाटो छेकेका कारण केही ढीलो भयो । ‘त्यहाँ ज्ञानेन्द्र शाही र उनका सहयोगीहरु भिडियो खिच्न तयार भएर बसेका रहेछन्, हामीलाई किन कुराएको भन्दै मन्त्रीज्युलाई गालीगलौज गरे,’ गुरागाईले भने, ‘मन्त्रीज्यूले त्यहाँ कुनै प्रतिक्रिया नदिई मौन बस्नुभयो । शाही र उनको टोलीले विमानभित्र मन्त्री भट्टराईलाई हप्काउँदै भनेका छन् –

    ‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जान गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं, तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् ।.. पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्केति मन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं ।’

    यता मन्त्री भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढीलो भएको बताउँदै यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् । मन्त्री भट्टराईको प्रतिक्रिया यस्तो छ- ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

    सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।’

    यसैबीच भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेका शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा आज गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शाहीले पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिन नसकेपछि युटुबर र शाही समर्थक बीच हात हालाहालको स्थिति बनेको थियो ।

    शाहीले केही पत्रकारहरुलाई दुर्व्यवहार गरेका छन् भने अमर्यादित भाषा समेत प्रयोग गरेका छन् । युटुबरहरु आक्रोसित बनेपछि परिस्थिति तनावपूर्ण बनेको थियो । ललितपुर प्रहरी परिसरका डीएसपी देवेन्द्र पाण्डले शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हातहालाहालको स्थिति बनेपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको जनाएका छन् ।

    ‘हामीले उहाँलाई जावलाखेलतिर ल्याइरहेका छौं । केही घटना नहोस् भनेर ल्याएका हौं’, ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने । कार्यक्रम कुपण्डोलको सीटी क्याफेमा राखिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगञ्जबाट काठमाडौं आउनु पर्ने विमान डिले भएपछि शाहीको समूहले विरोध गरेको थियो । त्यसक्रममा मन्त्रीहरुमाथि गालीगलौज समेत भएको थियो । आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्रीले माफी मागेका छन् । तर मन्त्रीले झुट बोकेको भन्दै शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन राखेका थिए ।

    भिडियोमा १ घण्टा कुराएको आरोप लगाइएको छ भने मन्त्री भट्टराईले भने आफू १५ मिनेट मात्र ढिला आइपुगेको बताएका छन् । यसको वास्तविकता के हो त ? बुद्ध एयरले यसबारे औपचारिक रुपमा केही बोलेको छैन । तर नाम उल्लेख नगर्ने शर्तमा कम्पनीका एक अधिकारीले भने, ‘बुद्ध एयर किन केही नबोलेको भनेर आइरहेको छ, हामीले जे बोल्नु पर्ने थियो, त्यो मन्त्रीज्यूको भनाईमा आइसकेको छ । हिजो १०–१५ मिनेट मन्त्री ज्यूको टोली जहाजभित्र छिर्न ढिला भएको हो । तर, त्यो पूर्वसूचना अनुसार थियो ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ