• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ज्ञानेन्द्र शाहीले यस्तो प्रश्नको जवाफ दिन नसकेपछि भएको थियो कुटाकुट, के थियो त्यो प्रश्न ?

    22.8K
    SHARES

    काठमाडौँ । भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेका शाहीले हिजो भएको घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा आज गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शाहीले पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिन नसकेपछि युटुबर र शाही समर्थक बीच हात हालाहालको स्थिति बनेको थियो ।

    शाहीले केही पत्रकारहरुलाई दुर्व्यवहार गरेका छन् भने अमर्यादित भाषा समेत प्रयोग गरेका छन् । युटुबरहरु आक्रोसित बनेपछि परिस्थिति तनावपूर्ण बनेको थियो । ललितपुर प्रहरी परिसरका डीएसपी देवेन्द्र पाण्डले शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हातहालाहालको स्थिति बनेपछि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको जनाएका छन् ।

    ‘हामीले उहाँलाई जावलाखेलतिर ल्याइरहेका छौं । केही घटना नहोस् भनेर ल्याएका हौं’, ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने । कार्यक्रम कुपण्डोलको सीटी क्याफेमा राखिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिदा नेपालगञ्जबाट काठमाडौं आउनु पर्ने विमान डिले भएपछि शाहीको समूहले विरोध गरेको थियो । त्यसक्रममा मन्त्रीहरुमाथि गालीगलौज समेत भएको थियो । आफ्ना कारण विमान उड्न करिव १५ मिनेट ढिला भएको भन्दै मन्त्रीले माफी मागेका छन् । तर मन्त्रीले झुट बोकेको भन्दै शाहीले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन राखेका थिए ।

    भिडियोमा १ घण्टा कुराएको आरोप लगाइएको छ भने मन्त्री भट्टराईले भने आफू १५ मिनेट मात्र ढिला आइपुगेको बताएका छन् । यसको वास्तविकता के हो त ? बुद्ध एयरले यसबारे औपचारिक रुपमा केही बोलेको छैन । तर नाम उल्लेख नगर्ने शर्तमा कम्पनीका एक अधिकारीले भने, ‘बुद्ध एयर किन केही नबोलेको भनेर आइरहेको छ, हामीले जे बोल्नु पर्ने थियो, त्यो मन्त्रीज्यूको भनाईमा आइसकेको छ । हिजो १०–१५ मिनेट मन्त्री ज्यूको टोली जहाजभित्र छिर्न ढिला भएको हो । तर, त्यो पूर्वसूचना अनुसार थियो ।’

    काठमाडौं आएसँगै मन्त्री भट्टराईले आफ्ना कारण विमान उडानमा १५ मिनेट ढिलाई भएको र त्यसबारेमा विमान कम्पनीलाई जानकारी गराइएको जनाएका छन् । भट्टराईले आफ्ना कारण भएको ढिलाइप्रति माफी मागेका छन् । तर, शाहीले भने विमान १५ मिनेट नभइ एक घन्टा ढिला भएको र मन्त्रीले ढाँटेको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

    मन्त्री भट्टराईको प्रतिक्रिया यस्तो छ-
    ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

    सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं र्फकनैपर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ