• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights पत्रपत्रिका

    ओली प्रचण्डलाई चकित पार्दै झलनाथ खनालले कार्यकर्ताहरुलाई यसो भने, नेकपामा तरंग

    11.2K
    SHARES

    काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देशमा कम्युनिष्ट आन्दोलनले गति लिँदै आजसम्म आइपुग्दा ७० वर्ष पुरा भएको उल्लेख गर्दै सचेत भएर अघि बढ्नुपर्ने बताएका छन् । १५ महिना अघिसम्म अलग अलग विचारधारा भएकै कारण झडपको स्थिति भएपनि त्यसले हाल सकारात्मक मोड लिएको पूर्व प्रधानमन्त्री खनालको भनाई छ । तर पार्टीभित्र हानथाप र गुटबन्दीले आजित बन्ने अवस्था आएकोतर्फ पनि उनले इंगित गरे । घुमाउरो शैलीमा उनले पार्टी अध्यक्षहरु केपी ओली र प्रचण्डप्रति असन्तुष्टि व्यक्त गरे । यस्तै नेता खनालले पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि संविधान जारी गर्नकै लागि देशमा भएका ठुला पार्टीबीच भएको सम्झौताले संविधान जारी भएको र संघियता कार्यान्वयनको अग्रदिशामा अघि बढेको बताए ।

    असाधारण त्याग र बलिदानपछि हाल मुलुक यो चुलीमा प्रवेश गरेको भन्दै यो उपलब्धी गुमाउन नहुनेमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जोड दिए । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले कम्युनिस्ट सिद्धान्तअनुसार नेता कार्यकर्ताको चरित्र नभएका कारण पार्टी सुधार खाँचो रहेको टिप्पणी गरेको छन्। नेकपा धनकुटाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शुक्रबार नेता शर्माले पूर्वएमाले र पूर्वमाओवादी भनेर नेकपाको संगठन बिस्तार नहुने बताए। उनले नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार नेता कार्यकर्ताको चरित्र निर्माण गर्न नसके कम्युनिस्ट पार्टी पतनतर्फ उन्मुख हुने चेतावनी दिए।

    जनवादी क्रान्तिको चरण पार गरेको भन्दै पुँजीवादी चरणको प्रवेश गरेको र अब समाजवादतिर प्रवेश गर्ने बेला आएको नेता शर्माको भनाइ छ। प्रशिक्षणमा जिल्ला कमिटी, सल्लाहकार, नगर र गाउँपालिका पदाधिकारी, जनवर्गीय सङ्गठनका कमिटी लगायत सहभागी रहेका छन्। सात स्थानीय तह रहेको धनकुटा जिल्लाका करिब ४०० जना नेता तथा कार्यकर्तालाई सहभागी छन्। दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य हेमराज भण्डारी, शिवकुमार मण्डल, जिल्ला अध्यक्ष राजेन्द्र राई प्रशिक्षक रहेका छन्।

    त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले अब नेपालमा राजनीतिक आन्दोलनको आवश्यकता नभएको बताएका छन् । आजसम्मका सबै आन्दोलनलाई संविधानले समेटेको दावी गर्दै नेम्वाङले फेरि पनि अधिकारका नाममा आन्दोलन गरिरहनुको औचित्य नभएको बताए । उनले भने “सबै आन्दोलनलाई समेटेर समावेशी संविधान बनाएका छौं । अहिले त्यही संविधान कार्यान्वयन गरिरहेका छौं सबैले अधिकार प्राप्त भइसकेकाले अब कुनै आन्दोलनको आवश्यकता छैन ।”

    नेम्वाङले अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै वर्तमान संविधानको विकल्प नभएको दावी गरे । संविधानप्रती असन्तुष्ट दल र समुदायप्रती लक्षित गर्दै नेम्वाङ लेभने , ‘समावेशी संविधानसभाले बनाएको संविधान अहिलेसम्मकै समावेसी छ । यहाँ सबैको माग र अधिकार समेटिएको छ । यसको विकल्प खोज्नु मुर्खता हो ।’ पछिलो समय सरकारको काम प्रति भइरहेको तिव्र आलोचनाको बचाउ समेत गर्दै उनले सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको भन्ने विपक्षीको आरोप मात्र भएको बताए ।

    यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीक अर्का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नै पूरा अवधि निरन्तरता पाउने संकेत गरेका छन् । कार्यकर्ता प्रशिक्षणको क्रममा इलाम आएका दाहालले पत्रकारहरुसँग शनिबार बिहान कुरा गर्दै आफूले बहुमतसहित ५ वर्ष प्रधानमन्त्री बन्ने अवसर पाए पनि मुलुकको हित र जनचाहना बमोजिम उभिएर ओली नेतृत्वमा सरकार बनेको धारणा राखे । पार्टी एकतालाई मजबुत बनाउँदै समाजवाद निर्माणकालागि पार्टीमा छलफल गरेर अवस्था अनुसार निर्णयमा पुगिने उनको भनाई थियो ।

    ७० वर्ष लामो संघर्षपछि जनसहभागितामा बनेको संविधान र आएको गणतन्त्र माथि खतरा नभएको प्रष्ट्याउदै उनले गणतन्त्र विरोधीहरुको हरकत भने सही नसक्नु हुन थालेकाले त्यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे । अन्तराष्ट्रिय सम्बन्धका विषयमा प्रष्टीकरण दिँदै अध्यक्ष दाहालले कुनै पनि देशको पक्ष र विपक्षमा आफूले प्रतिकृया नदिएको बताए । प्रचण्डले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै उनले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए । प्रचण्डले भने, ‘म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु । कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।’

    त्यस्तै पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुने खतरा रहेको बताएएका छन् । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष प्रचण्डले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताए । उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए ।

    अर्को फरक प्रसंगमा उनले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको दावी गरेका छन् । नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको समेत उनको भनाइ छ । दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमका क्रममा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेता इलाम आएका हुन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ