• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सकियो नेकपाको हाईकमाण्ड बैठक, नेताकार्यकर्तालाइ चकित पार्दै भयो यस्तो सहमति

    12.6K
    SHARES

    काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आउँदो मङ्सिरमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले तीनै तहको रिक्त उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानूनी व्यवस्थाअनुसार दल दर्ता गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी महासचिव पौडेललाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले पार्टी एकताका विषयमा भने आजको बैठकमा छलफल नभएकाले आगामी बैठकमा छलफल हुने जानकारी दिए । बैठकपछि सकिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले भने, “दल दर्तासम्बन्धी सबै प्रक्रिया पूरा गरेर टुङ्ग्याउन महासचिव पौडेललाई जिम्मेवारी दिइएको छ, अरु साङ्गठनिक एकीकरणसँग सम्बन्धित विषयका बारेमा छिटै अर्को बैठक आयोजना गरेर निर्णय लिइने छ ।”

    सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको ५० पदमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । सोही उपनिर्वाचनको प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समयसीमा तोकेको छ । आयोगका अनुसार मङ्सिर १४ मा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडा अध्यक्ष ४१ गरी ३६ जिल्लामा ५० पदमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनको तयारीका कामहरु जारी रहेको आयोगले जनाएको छ ।

    यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीले १८ घन्टासम्म काम गर्ने भन्दै खुलेर प्रशंसा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको लय र गतिमा अन्य मन्त्रीले काम गर्न नसकेको धारणा पनि उनले राखेका छन् । बुधबार राजधानीमा पूर्वाधार सम्मेलनमा मन्तव्य राख्दै मन्त्री महासेठले यस्तो धारणा राखेका हुन् । सरकारले काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला उनले भने यसको बचाउ गरे ।’ हामी सरकारमा आएको २ वर्ष भएको छैन । भारत चीन होस् वा सिंगापुर ५ वर्षमा अहिलेको अवस्थामा पुगेको होइन,’ उनले भने । दोहोरो अंकको आर्थिक वृद्धि हुने गरी सरकारले काम गरिरहेको उनको दाबी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ