• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    ओली सरकारले बल्ल गर्यो जनतालाई राहत मिल्ने यस्तो निर्णय, हेर्नुहोस बिस्तृतमा

    19.5K
    SHARES

    काठमाडौं । सरकारले पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा प्रमुख तीन इन्धनको मूल्य घटाएको छ ।मूल्य बढिरहेका बेला घटेपछि उपभोक्ताले केहि राहत महसुस गरेका छन् । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । समायोजन भएको नयाँ मूल्य आज दिउँसो १२ बजेबाट लागू हुने निगमका कार्यकारी प्रमुख पौडेलको भनाइ छ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन उदघाटन भएकै दिन पेट्रोलियम पदार्थको मुल्य घट्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    नेपाल र भारतका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत आ–आफ्नै निवासबाट स्विच थिचेर मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्। मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे भने ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गरे। यसरी रिसिभ भएको डिजेल अमलेखगञ्जमा इन्डियन आयल कर्पोरेशनका प्रतिनिधिले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई दिएका हुन।

    उद्घाटनसँगै महोत्तरीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ ।

    पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

    परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।

    सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ छ ।

    पाइपलाइन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताएका छन् पाइपलाइनको संयुक्त उद्घाटनपछि प्रधानमन्त्री ओलीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको बताए ।

    प्रधानमन्त्री ओलीले आफू भारतीय समकक्षी नरेन्द्र मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार रहेको पनि बताए । उनले विगतका सफल भ्रमणको स्मरण गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तासमेत दिएका छन् । केही वर्षयता भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति राम्रो रहेको भन्दै उनले भूकम्पपछिको पुनर्निर्माणमा गोरखा र नुवाकोटमा गरी भारतीय सहयोगमा ५० हजार घर बनेको जानकारी गराए ।

    ‘नेपाल र भारतबीचको समझदारी यति गाढा छ कि यसमा कुनै पनि क्षेत्र छुटेका छैनन्’ उनले भने । पछिल्लो समय नेपाल र भारत दुबैमा बलियो र स्थिर सरकार रहेको भन्दै प्रधानमन्त्री ओलीले दुबै देश उदाउँदो अर्थतन्त्र र सक्षम युवा जनशक्ति साझा विशेषता भएको बताए । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन् । नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनपछि भिडियो कन्फ्र्रेन्समार्फत सम्बोधन गरेका प्रधानमन्त्री मोदीले यो आयोजनामा अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुसी व्यक्त गरे । उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम पनि सन्तोषजनक रहेको बताए ।

    दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्री ओलीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ ।’ प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै मोदीले छिट्टै आउने बचन पनि दिए । ‘छिट्टै नेपाल आउने प्रयास गर्नेछु,’ उनले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ