• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    चन्द्रयान-२ सम्पर्कविहिन भएलगत्तै मोदीले गरे यस्तो सम्बोधन, विश्व नै चकित

    10.7K
    SHARES

    काठमाडौँ । भारतले चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको ‘विक्रम ल्याण्डर’लाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष संस्थान ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन’ (इसरो)मा राष्ट्रको नाममा सम्बोधन गरेका छन् प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार विहान इसरो पुगेर वैज्ञानिकहरुसँग भेटघाट गरेका थिए । उनले देशको नाममा सम्बोधन गर्दै आफ्नो अन्तरिक्ष वैज्ञानिकलाई चन्द्रयान–२ अन्तिम समयमा सम्पर्कविहिन भएको र त्यसमार्फत पूर्वनिर्धारित लक्ष हासिल नभएकोमा चिन्तित नहुन आग्रह गरेका छन् । उनले भने ‘हामीले हिँडेको यात्रा अन्तिम समयमा रोकिएको भए पनि उदेश्यबाट विचलित भएको छैनौं । हामीले चन्द्रमाको सतहमा योजनाअनुरुप टेक्न सकेनौं । यदि कुनै साहित्यकारले यसबारे लेख्थ्यो भने भन्थे होलान्, चन्द्रयान चन्द्रमालाई अंगालो हाल्न हतारियो तर यसले चन्द्रमालाई आलिंगनमा लिन नसकेपनि इच्छाशक्ति भने थप मजबुत बनाएको छ ।’ सम्पूर्ण सम्बोधन अवधिभर मोदीले वैज्ञानिक समुदायलाई उनीहरुले गरेको प्रयास नै महत्वपूर्ण भएको बताए ।

    उनले भने, ‘मुख्य कुरा यात्रा र प्रयास हो । चन्द्रयान–२ को यात्रा असाधारण रह्यो । यो अभियान अवधिभर देशवासीलाई गर्व महसुस भइरह्यो ,’ मोदीले सम्बोधनका क्रममा भने , ‘विज्ञानमा असफलता भन्ने नै हुँदैन । प्रयोग र प्रयास मात्र हुन्छ । हरेक प्रयोग र प्रयासले ज्ञानको नयाँ विउ रोप्नेछ । यसले हामीलाई असिम क्षमताको ज्ञान दिएर जान्छ । ’ सम्बोधनमा मोदीले भारतको अन्तरिक्ष कार्यक्रमको संचालन गर्ने इसरोका विगतका सफलताको पनि स्मरण गरे । ‘तपाई नै हो जसको पहिलो प्रयासमै मंगलग्रहमा झण्डा फहराए । यस्तो संसारमा पहिलो पटक भएको थियो । चन्द्रयान–१ ले चन्द्रमामा पानी भएको पत्ता लगाएर महत्वपूर्ण उपलब्धी हासिल गरेको थियो । त्यस्तै तपाईहरुले नै सयभन्दा बढी भूउपग्रह एकै पटक पठाएर नयाँ रेकर्ड बनाउनु भएको थियो ।’ उनले यो असफलताले थप अगाडि बढ्ने दृढता बढाएको उल्लेख गरे ।

    त्यस्तै चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए । जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिएका थिए । प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

    चन्द्रयान-२ अवतरण हुने भनिएको ठाउँमा अहिलेसम्म कुनै यान पुगेका थिएनन्। पृथ्वीदेखि चन्द्रमाको दुरी ३ लाख ८४ हजार किलोमिटर छ। चन्द्रयान-२ का लागि भारतले १४.१ करोड डलर लगानी गरेको छ। यसअघि अमेरिका, रूस र चीनले मात्र चन्द्रमाको सतहमा आफ्ना यान अवतरण गराएका छन्।  भारतले यसअघि सन् २००८ मा चन्द्रयान-१ पठाएको थियो। सतहमा अवतरण नभइकनै उक्त यानले चन्द्रमामा पानीको खोज गरेको थियो। सन् १९६० को दशकदेखि भारतले अन्तरिक्ष कार्यक्रम सुरू गरेको थियो। पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रममा विशेष जोड दिएका छन्।

    प्रतिक्रिया