• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    उडेको केहि समयमै फेरी विमान दुर्घटना, ९ जनाको मृत्यु, यस्तो छ थप विवरण

    12.3K
    SHARES

    मनिला । उडेको केहि समयमै हुदाँ ९ जनाको ज्यान गएको छ । आइतबार दिउसो फिलिपिन्समा भएको यात्रारत सबैको मृत्यु भएको विमान दुर्घटना ९ जनाको ज्यान गएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । फिलिपिनी प्रहरीका अनुसार चालकदलका दुई सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ । विमान दिउसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले उल्लेख गरेको छ ।

    यसैबीच उता हङकङमा सरकारविरोधी प्रदर्शन झनै चर्कंदै गएको छ । प्रदर्शनकारीहरुले विमानस्थललगायत सहरका मुख्य सडकहरु अवरुद्ध गरेपछि प्रहरीले प्रदर्शनकारीहरुमाथि आइतबार खुर्सानीको धुलो प्रहार गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीहरुले विमानस्थल जाने रेलवे सन्चालन गर्न नदिँदा सयौं यात्रीहरु पैदलै विमानस्थल पुग्ने गरेका छन् । सरकारविरोधी प्रदर्शनमा सहभागी लाखौं प्रदर्शनकारीहरुमध्ये उग्र र शंकास्पद केही प्रदर्शनकारीहरुमाथि प्रहरीले खुर्सानीको धुलो प्रहार गरेको बताइएको छ । प्रदर्शनकाक्रममा कयौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।

    हङकङमा पछिल्लो समय भइरहेको प्रदर्शन स्वतन्त्रता र स्वायतत्ताको मागतर्फ अघि बढिरहेको छ । कुनैबेला बेलायतको उपनिवेशकारुपमा रहेको हङकङ हाल एक राष्ट्र दुई प्रणालीअन्तर्गत् चीनको एक महत्वपूर्ण अंगकारुपमा रहेको छ । सरकारले चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा सुरु भएको प्रदर्शन अहिलेसम्म जारी छ । विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित रहेको भन्दै उनीहरुले विधेयक खारेजीको माग यथावत् राखेका छन् । माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुको चेतावनी छ ।

    यस्तै उता तिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा डोरिअन नामक क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी उत्तर-पश्चिमी बहामस पुगेको छ। समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरिअन ‘अति खतरानाक’ आँधी हो। ग्र्यान्ड बहामाका बासिन्दाहरूलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ। जनजीवनका लागि आँधी घातक हुन सक्ने र सात मिटर उचाइसम्म पुग्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन्। स्थानीय समयानुसार दिउँसो १२:४० मा आँधी उत्तरी बहामसमा पर्ने एबाको टापुको एल्बोकी पुगेको थियो । स्थानीय बासिन्दाहरूले केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको दृश्य सामाजिक सञ्जालमा प्रकाशित गरेका छन्।

    डोरिअन आँधी ग्रेट एबाको टापु र नजिकका क्षेत्र अथवा ग्र्यान्डा बहामा टापुमा आइतवार अबेर वा सोमवारसम्म पुग्ने अपेक्षा गरिएको छ। अधिकारीहरूले टापुका केही विमानस्थल बन्द गराए पनि आइतवार प्रमुख विमानस्थल खुला राखिएको छ। बहामसलाई हानेपछि डोरिअन आँधी संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समयानुसार सोमवार अबेर प्रवेश गर्ने अनुमान गरिएको बीबीसले उल्लेख गरेको छ । यसअघि बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले ग्र्यान्ड बहामा र एबाको टापुका कतिपय स्थानबाट मानिसहरूलाई अन्यत्र सार्न आदेश दिएका थिए। सबै पर्यटकहरूलाई त्यहाँबाट बाहिर जान आदेश दिइएको थियो।

    आइतवार एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री मिनिसको गहभरि आँसु थियो। उनले भने, “बहामसका जनतालाई सम्बोधन गरिरहँदा सम्भवतः यो मेरो जीवनको सबैभन्दा दुःखद र नराम्रो दिन हो।” डोरिअन ठ्याक्कै जाने मार्ग अनिश्चित छ। तर संयुक्त राज्य अमेरिकाका चारवटा राज्य फ्लोरिडा, जोर्ज, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा आपत्कालीन अवस्था घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले डोरिअन आँधीसँग सम्बन्धित घटनाक्रमलाई नियालिरहेको बताएका छन्। उनले पोलन्ड जाने निर्धारित कार्यक्रम भ्रमण स्थगित गरी आफ्नो ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई पठाएका छन् ।

    प्रतिक्रिया