• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    बाहिरियो प्रचण्डले जारी गरेको आन्तरिक सर्कुलर, के छ सर्कुलरमा ? पूर्णपाठसहित

    11.7K
    SHARES

    काठमाडौं । सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशैभरका पार्टी कमिटीमा पुग्नेगरी आन्तरिक सर्कुलर जारी गरेका छन्  । नेकपाले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै अब देशब्यापी विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयबाट पठाइएको अन्तरपार्टी निर्देशनमा चाँडै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गरिने उल्लेख छ । अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्धारा सञ्चालित विकास, सम्बृद्धि र सामाजिक न्याय सहितको महाअभियानसँग जोड्ने गरि विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’

    यसअघि दुई अध्यक्षले हस्ताक्षर गरेर पठाउने गरिएको अन्तर पार्टी निर्देशनमा यसपटक अध्यक्ष प्रचण्डको मात्र हस्ताक्षर छ । चाँडै एकताका सबै काम शुरु सकेर देशब्यापी रुपमा जनता र कार्यकर्ता परिचालन गर्ने नेकपाले जनाएको छ । नेकपाले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशन दिएको छ । तर सार्वजनिक रुपमा नेतृत्व र नीतिको बिरोध गर्न बन्देज लगाएको छ । आन्तरिक सर्कुलरमा भनिएको छ–पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्देशित गरेको छ । पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्न वा गतिविधि गर्नेहरुप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारवाहीको प्रक्रिया अघि बढाइने छ ।’

    यसैबिच सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भिडियो कन्फरेन्सु मार्फत मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका छन् । मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरी सिंगापुर उडेका प्रधानमन्त्री ओलीले त्यहाँबाट भिडियो कन्फरेन्सु मार्फत बैठक सञ्चालन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सञ्चारमन्त्री बाँस्कोटाले बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको विषयमा बोल्दै सोमबार मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले सोमबार सिंगापुरबाट टेलिप्रिजेन्सु मार्फत पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न सकेको भन्दै सामाजिक सञ्जाल ट्विटरमा फोटोसमेत सार्वजनिक गरे पनि सञ्चारमन्त्रीले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले भिडियो कन्फरेन्समा हाइ हेल्लोु मात्रै गरेको जानकारी संसद् लाई गराए। मन्त्री बाँस्कोटाले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौमसत्तामाथि नै सरकारले गडबडी गरेको छ कि भन्नेरूपमा भ्रम फैलाउने काम भइरहेको समेत बताए।

    ‘त्यो कानुनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादनसम्बन्धी विषयमा भिडियो कन्फरेन्सु गर्न पाउने कुरालाई स्वीकृत गरेको छ। तर, हामीले क्याबिनेट बैठक भनेका पनि छैनौं’ उनले भने । प्रधानमन्त्री स्वास्थ्य उपचारका सिलसिलामा सदनलाई जानकारी गराएरै सिंगापुर गएको बताउँदै मन्त्री बास्कोटाले भने, ‘हामीले क्याबिनेटको बैठक भनेका थिएनौं । उहाँ प्रधानमन्त्री ले हेलो भन्नुभयो, हामीले सामूहिक नमस्कार गयौ। उहाँले फर्काउनुभयो र विभिन्न जानकारी लिनुभयो। टेक्नोलोजीको प्रयोग गरेका थियौं । कार्यसम्पादनसम्बन्धी विषयमा भिडियो कन्फरेन्स गर्न पाउने कुरा पारित भएको छ। यो कानुनी छ। प्रधानमन्त्रीले मन्त्रीसँगै कुरा गर्नु हुँदैन्थ्यो जस्तो भन्ने कुरा अनुचित र खेदजनक छ।’

    प्रधानमन्त्री ओलीले सोमबार समाजिक सञ्जाल ट्विटरमा प्रविधि र प्राविधिकलाई धन्यवाद दिदै लेखेका थिए, ‘आज सोमबार पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्न सकियो। मन्त्रिपरिषद्का सबै सहभागी साथीलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीलाई धन्यवाद।’

    प्रतिक्रिया