• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    राजिनामा दिने तयारीमा प्रधानमन्त्री ओली, को बन्छ नया प्रधानमन्त्री ?

    67.8K
    SHARES

    काठमाडौं । पार्टी एकताका बेला सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एउटा सहमति भएको थियो त्यो हो आलोपालो सत्ता र पार्टीको नेतृत्व गर्ने । ओलीको नेतृत्वमा सरकार गठन भएपछि प्रचण्ड ओलीसँग ससंकित बनेका थिए । ओलीले प्रधनमन्त्रीको कुर्सी नछोड्ने र अध्यक्षको जिम्मेवारी पनि सम्हालिराख्ने देखिएपछि प्रचण्डले केहि समयअघि आफूहरुबीच भएको उक्त लिखित सहमति सार्वजनिक गरेका थिए । सिंगापुर जानुअघि सचिवालय बैठक बोलाएर ओलीले प्रचण्डलाई पार्टी हाइकमाण्ड बैठक बोलाउनसक्ने र निरन्य पनि लिनसक्ने अधिकार प्रदान गरेका थिए । ठिक यहि समयमा अहिले प्रधानमन्त्री ओलीले राजीनामा दिन लागेको गाइगुई पूर्वमाओवादी निकटका नेताहरुले चलाएका छन् ।

    पूर्वसहमति अनुसार प्रधानमन्त्री पदबाट राजिनामा दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली सहमत भएको कुरा बाहिरिएको छ । आफूहरुबीच एकताताका भएको चार बुँदे सहमतिलाई अनुमोदनका लागि केन्द्रीय सचिवालयमा पेश गर्न उनीहरु सहमत भएको नेकपा उच्च स्रोतले बतायो । पार्टी उच्च स्रोतका अनुसार केन्द्रीय सचिवालयले उक्त सहमतिलाई अनुमोदन गरेपछि त्यसले संस्थागत निर्णयको हैसियत हासिल गर्नेछ। र, पूर्व सहमति अनुसार साढे दुई वर्षको सत्ताको नेतृत्व दाहाललाई हस्तान्तरण गर्न ओली बाध्य हुनेछन्। अर्थात २०७४ चैत्र पहिलो सातामा सत्ताको नेतृत्व लिएका ओलीले २०७७ भदौसम्ममा प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नु पर्नेछ। पार्टी भित्र लगातार आफूविरुद्ध समिकरण बन्न थालेपछि पछिल्लो पटक सिंगापुर स्वास्थ्य उपचारका लागि प्रस्थान गर्नु अघि माधव नेपाललाई एक्ल्याउने र प्रचण्ड लगायत अरु प्रभावशाली नेताहरुलाई खुशी पार्ने नीति ओलीले अपनाएका थिए।

    उच्च स्रोतका अनुसार ओलीले प्रचण्डसँग खुलेरै माधव नेपाल या अरु कसैसँग कुनै नयाँ समिकरण नबनाउन आग्रह गर्दै पुरानो सहमतिलाई संस्थागत हैसियत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। त्यही अनुसार प्रधानमन्त्रीमा ‘आलोपालो’ सहमति अनुमोदनका लागि केन्द्रीय सचिवालयमा राखिने भएको हो, ओली सिंगापुरबाट फर्कीए पछिपार्टीको महाधिवेशन त्यसअघि नै सम्पन्न हुन नसके प्रधानमन्त्री पद  प्रचण्डलाई बुझाएपछि पनि महाधिवेशनसम्म पार्टी नेतृत्वमा दुवै अध्यक्षको व्यवस्था कायम रहने पनि स्रोतको भनाई छ।

    यसैबीच आज शुक्रबार बिहान ११ बजे डाकिएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक स्थगित भएकाे छ । अध्यक्ष प्रचण्डकाे अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिवका साथै पार्टीका विभिन्न आयाेगमा सिफारिस भएका नेता तथा कार्यकर्ताकाे कार्यबिभाजन बारे छलफल हुने बताइएकाे थियाे । बैठक तयारी नपुगेकाे भन्दै स्थगित भएकाे नेकपा स्राेतले बतायाे ।

    गत सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा सार्वजनिक टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको थियाे । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा टिका टिप्पणी गर्न प्रतिबन्ध गरेको हो । सार्वजनिक रुपमा पार्टी पद्धतिभन्दा बाहिर रहि टिप्पणी गरे कारबाहीसमेत हुने निर्णय भएको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । उनले नेताहरुको बारेमा टिप्णी गर्नुपर्ने पार्टी प्रक्रियाबाट आउनुपर्ने व्यवस्था गरिएको जनाएका थिए ।

    ‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’ बैठकपछि पत्रकारसँग श्रेष्ठले साे अवसरमा भने ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ