• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चितवनमा फेरी शक्तिशाली बिस्फोट,एक जना घाइते, के भन्छ प्रहरी ?

    6.2K
    SHARES

    काठमाडौँ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोलामा फेरी अर्को ब’म बिस्फोट भएको छ । दिउसो १ बजे तिर भएको ब’म बिस्फोट परि १ जना घाईते भएका छन् । स्थानीय राजन सिल्वालले शंकास्पद बस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रबक्ता एकनारायण कोइरालाले जानकारी दिए । कोईरालाका अनुसार चितवनमा आज नेकपाको बन्दको घोषणा गरेको छ । विप्लब नेतृत्वको नेकपाले सोमबार (आज)आब्हान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा विस्फोट गराएको हुनसक्ने प्रहरी अनुमान छ । जिल्लाको राप्ती नगरपालिका ओहोलेवाङमा जनताको प्रत्यक्ष सहभागितामा बनिरहेकाे प्रतिक्षालय भत्काएर ओली सरकारका केही एजेन्ट र प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आगजनी गरेको भन्दै नेकपा चितवनले त्यसको बिरोधमा आज बन्द आह्वान गरेको हो ।

    जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी र जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा २०७६/५/५ गते बन्चरा, आरा, गैती, घन र लाइटर बोकेका केही एजेन्ट र कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले ओमेदानमा पुगेर श्रमिक जनतालाई धम्क्याउने, जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्ने जस्ता कार्यको विरुद्धमा भदौ ६–७ गते प्रचार–प्रसार र मसाल जुलुस र ९ गते चितवन जिल्ला बन्दको घोषणा गर्दै पार्टीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमलाई सहयोग र समर्थन गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायी व्यापारी शिक्षक प्राध्यापक कर्मचारी मजदूर नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायलाई हार्दिक अनुरोधसमेत गरेका छन् ।

    इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता जनताको पूर्ण अधिकारकोलागि वैज्ञानिक समाजवाद स्थापना गर्न हाम्रो पार्टी आन्दोलनरत छ । जनताको सहयोग र सहकार्यले गर्दा पार्टी श्रमिक जनताको भरोसायोग्य शक्तिको रुपमा स्थापित भएको छ । दलाल भ्रष्ट, कमिशनखोर, तस्कर राष्ट्रघाती विरुद्ध संघर्ष गर्दै विगतका दिनहरुबाट जनतामाँझ आवश्यकता अनुसार विकास निर्माणका पुर्वाधारहरु (बाटो, घाटो, खानेपानी, प्रतिक्षालय) जनताको सहभागितामा हाम्रो पार्टीले बनाउँदै आइरहेको कुरा सर्वविदितै छ । यही क्रममा राप्ती नगरपालिका ओहोलेवाङमा जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालयको निर्माण अन्तिम चरणमा पुगेको अवस्था थियो । सहिद स्मृति प्रतिक्षालय निर्माणले जनतामा उत्साह र खुसी पैदा भएको थियो २०७६÷५÷५ गते दलाल सामाजिक फासिवादी सरकारको निर्देशनमा बन्चरा, आरा, गैती, घन र लाइटर बोकेका केही एजेन्ट र घुस्याहा प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले ओमेदानमा पुगेर श्रमिक जनतालाई धम्क्याउने काम गर्यो ।’

    यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १२ को कार्यालयमा आगजनी भएको छ । आज दिउसो अज्ञात समूहले कार्यालयमा आगजनी गरेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । आगजनीबाट कार्यालयको महत्वपूर्ण कागजपत्र,कुर्ची,पर्दा जलेर नष्ट भएको छ । आगजनी कस्ले गरेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    यता जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दर्ता भएसँगै प्रशासनले अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । मुद्दा दर्ता भएपछि आइतवार नै अदालतले अस्मिता कार्कीको वयान लिएको थियो । समय अभाव भएका कारण लामिछाने र कँडेलको वयान सोमबार(आज) का लागि तय भएको छ । वयानपछि आजै थुनछेक बहस हुनेछ ।

    रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका रविका समर्थकले आईतवार(हिजो) प्रहरीमाथि आक्रमण गर्ने, गाडी तोडफोड गर्ने र टायर बालेर प्रदर्शन गर्ने जस्ता कार्य गरेपछि प्रशासनले आइतवार साँझ नै निषेधाज्ञा जारी गरेको हो । आज विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हुलदंगा वा अशान्ति गर्ने उदेश्यले पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने भन्दै स्थानीय प्रशासनले क्षेत्रसमेत तोकेको छ ।

    निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको छ । कहाँ कहाँ गर्न पाइँदैन प्रदर्शन ?
    पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म,पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म, उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म र दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म प्रदर्शन गर्न पाइने छैन ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्ने ऐनमा व्यवस्था छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ