• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    यसकारण भएन रवि लामिछानेको बयान, फेरी पनि हिरासतमै फर्काइयो

    14.8K
    SHARES

    काठमाडौं । बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आ’त्मह’त्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा दायर गरेको अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरु अस्मिता भनिने रुकु कार्की, युवराज कँडेल र रवि लामिछानेले एकआपसको मिलेमतो तथा संलग्नतामा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुर अन्तर्गतको दफा १७७ तथा १८५ को उपदफा (१) अनुसारको अपराध कसुर गरेको देखिँदा निज प्रतिवादीहरु अस्मिता भनिने रुकु कार्की, युवराज कँडेल र रवि लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा (२) अनुसारको सजाय हुन मागदाबी गरिएको छ ।’

    प्रहरीको १० दिन लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले आइतबार दिउँसो टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टिभिमा कार्यरत युवराज कँडेले र नर्स रुकु भनिने अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरेको हो । तीनैजनाले ज्यानसम्बन्धी कसुर गरेको दाबी गरेपनि सरकारी वकिलको कार्यालयले सजाय भने आ’त्मह’त्या दुरुत्साहनअन्तर्गतको कसुरमा मात्रै मागदाबी गरेको छ । सरकारी वकिलको कार्यालय चितवनले तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता (ऐन)को दफा (१८५)को उपदफा (२) अन्तर्गत ‘हदै सम्मको’ सजाय मागदाबी गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा (१८५)को उपदफा (२) मा आ’त्मह’त्या गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।

    यस्तै चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको छ। यो खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।

    महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरेको रोबहरमा बसेका वडाध्यक्ष अधिकारीले बताए। ‘प्रहरीले खबर गरेपछि गएका हौं,’ अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहितका कागजात प्रहरीले बरामद गरेको छ।’ प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। महानगरीय प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीले अनुसन्धानमा रहेको विषयमा बोल्न नमिल्ने बताए।

    ‘अनुसन्धान सकिएपछि सबै विषय प्रस्ट बाहिर आउँछ,’ सुवेदीले भने, ‘अनुसन्धान भइरहेको विषयलाई मिडियाले पनि बाहिर नल्याउँदा राम्रो।’ पुडासैनी मृत्युको खबर सामाजिक सञ्जालबाट थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। गत बिहीबार प्रहरीले उक्त कोठा खोलेर केही सामान बरामद गरेको हो। पुडासैनीले गत फागुनदेखि उक्त घरमा कोठा भाडामा लिएको घरधनी न्यौपानेले बताइन्। पुडासैनी राति बस्ने नभएर दिउँसोमा त्यहाँ पुग्ने गरेका थिए। ‘शनिबारको दिन दिउँसोमा एकजना केटी लिएर एकदुई हप्तामा आउनुहुन्थ्यो,’ नौपानेले शनिबार नागरिकसँग भनिन्, ‘केटी को हो भन्ने थाहा भएन।’ पुडासैनीले भाडा लिएको कोठा घरको भुइँतलामा छ। कोठाभित्र पसेर निस्केको पनि उपल्लो तलामा बस्ने घरधनीले धेरै थाहा पाउँदैनन्।

    पुडासैनीले कोठा भाडामा लिँदा आफू कलेज पढ्ने र काम गर्ने भएकाले कहिलेकाहीं बस्ने बताएका थिए। पछि घरधनीले पत्रकार भएको थाहा पाएका थिए। कोठा खोज्न पुडासैनी एकजना केटी लिएर आएको न्यौपानेले बताइन्। ‘कोठा खोज्न आउँदा एकजना केटी साथी थिई,’ न्यौपानेले भनिन्, ‘को हो, सोधिएन।’ कोठा खाली भएकाले भाडामा दिएको उनले बताइन्। पुडासैनीले दुई महिनादेखिको भाडासमेत तिर्न बाँकी छ। उनले प्रतिमहिना चार हजार रुपैयाँ तिर्दै आएका थिए। गलफ्रेन्ड भेट्न भाडामा कोठा लिएको विषय प्रहरीले बाहिर ल्याएको छैन।

    पुडासैनीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र ओखलढुंगा घर भई काठमाडौंमा बस्ने अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको आरोप लगाउँदै गरेको भिडियो रेकर्ड उनको मृत्युपछि सार्वजनिक भएको थियो। लामिछाने, कँडेल र कार्की अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन्। मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ परिच्छेद १२ अनुसार आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    पत्रकार पुडासैनीको मृत्यु, लामिछाने र कँडेल पक्राउ परेको विषयलाई लिएर अहिले सडकदेखि सदनसम्म बहस भइरहेको छ। लामिछानेका समर्थकले उनलाई फसाउन लागेको भनेर सडक आन्दोलनमा छन्। उता प्रहरी हिरासतमा रहेका लामिछानेले आफू असुरक्षित रहेको पत्रकार टेकनारायण भट्टराईसँगको भेटमा बताएको अडियो रेकर्ड सार्वजनिक भएको छ। प्रहरीले पुडासैनी र अस्मिताबीच भएका फेसबुक तथा एसएमएस संवाद पनि अध्ययन गरिरहेको छ।

    घरबेटी न्यौपानेले भनिन- ‘गत फागुनदेखि म्रो घरमा कोठा भाडामा लिनुभएको थियो। बेलाबेलामा आउनेजाने गर्नुहुन्थ्यो। कोठा खोज्न आउँदा एकजना केटी साथी थिई। को हो, सोधिएन। कोठा चाहियो भन्नुभयो। कोठा खाली थियो। भाडामा दिनुपर्ने थियो, दियौं। नियमित बस्नुहुन्थेन। कहिले हप्ता, कहिले दुई हप्तामा देख्थें। प्राय शनिबार दिउँसो आउनुहुन्थ्यो। एकजना केटी लिएर आउनुहुन्थ्यो। कोठा लिएर बसेपछि को हो भनेर सोध्ने कुरा भएन। अरुको व्यक्तिगत कुरामा मैले सोधिनँ। छोरीले हस्पिटलमा फेसबुक चलाउँदा शालिकरामले आ’त्मह’त्या गरेको खबर देखिछन्। फोटो पनि उस्तै छ, हाम्रैमा बस्ने पत्रकार हो क्यारे भनिन्। मोबाइलमा पटकपटक फोन गर्दा स्विच अफ रैछ। त्यसपछि सोधीखोजी गर्दा मृत्यु भएको भन्ने थाहा भयो। प्रहरीलाई मैले खबर गर्छु भनेको छिमेकीले किरिया गरेर सकेपछि खबर गरुँला भन्नुभयो। १३ दिनको किरिया सकिएपछि खबर ग-यौं। गत बिहीबार प्रहरी आएर कोठा खोल्यो। केटी साथी र शालिकरामको एउटा फोटो थियो। एउटा लो बेड। पानीको जार। कागजातहरु पनि थिए। प्रहरीले फोटो र कागजात लग्यो। फोटो र कागजात लगे पनि लोबेडलगायतका सामान छन्। दुई महिनादेखि भाडा तिर्नुभएको थिएन।’

    यता चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको अन्तर्वार्ता लिनेलाई कारबाही गरिने चेतावनी दिएका छन् । जिल्ला प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको बताइरहेका बेला यस्तो चेतावनी दिएका हुन् । मल्लले हिरासतमा रहेका लामिछानेको एक अडियो अन्तर्वार्ता सार्वजनिक भएपछि यस्तो बताए । अनुसन्धानको दायरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तर्वार्ता सार्वजनिक गर्न नपाइने मल्लको तर्क छ । सार्वजनिक भिडियो कसले बाहिर ल्यायो भन्ने विषयको पनि अनुसन्धान भइरहेको र बाहिर ल्याउनेलाई कारबाही गरिने मल्लले बताए । रविलाई भेट्न गएका एक सञ्चारकर्मीले अडियो बाहिर ल्याएका थिए । आफ्ना पूर्व सहकर्मी सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की प्रहरी हिरासतमा छन्।

    त्यस्तै नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणमा नयाँ नयाँ तथ्य आएका छन् । नयाँ तथ्यसँगै उनको अनुसन्धान अझ जटिल बनेको छ । उसो त मानिसहरुले शालिकको आत्मह’त्या नभई हत्या हो भन्ने पनि शंका गरेका छन् । यसका बारेमा सामाजिक सञ्जालमा थुप्रै टिप्पणी भएका छन् । कसैले उनको शरिरमा निलडाम भेटिएको र फलामका रड पनि भेटिएको भन्दै प्रचार पनि गरिएको देखिन्छ । खासगरी रवि लामिछानेका शुभचिन्तकहरुले यसो भनेर उनको बचाउ गरिरहेका छन् । उनको पक्षबाट बोल्नेहरु र अपरिपक्व युट्यूबरहरुले यसलाई अझ विवादास्पद बनाउने प्रयत्न गरिरहेको देखिन्छ । शालिकको मृत्यु प्रकरणबारे प्रहरीले भने अनुसन्धान गरिरहेको छ ।

    प्रहरीले गरेको अनुसन्धानका क्रममा थुप्रै तथ्यहरु भेटिएका छन् । जुन तथ्यले शालिकको मृत्यु के कारणले भयो भन्ने अझै एकिन भइनसकेको स्रोतको दावी छ । यही क्रममा केही दिन अघि पोस्टमार्टम रिपोर्ट आएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको झुन्डिएर नै मृत्यु भएको बताइएको थियो । तर, अहिले फेरि अर्को तथ्य आएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा भएको अध्ययनबाट उनको मृत्युमा केही शंका उत्पन्न भएका छन् । विधि विज्ञान प्रयोगशालामा देखिएका तथ्य र पोस्टमार्टको रिपोर्ट समेत बाझिएको छ ।

    स्रोतका अनुसार शालिकराम पुडासैनीको शवसँगै भेटिएका सामानहरु हेर्दा उनले विष र रक्सीको प्रमाणहरु पनि भेटिएका छन् । उनले त्यो सेवन नै गरेका थिए वा कसैले नजिक हालेको थियो भन्ने एकिन हुन सकेको छैन । तर, उनको साथबाट लिएका स्याम्पल र सामानहरुबाट यो तथ्य पत्ता लागेको बताइन्छ । त्यसैले विधिविज्ञान प्रयोगशालामा पटक पटक दोहो¥याएर यसको जाँच गरिएको बताइन्छ । पोस्टमार्टम रिपोर्टमा भने यस्ता केही कुरा उल्लेख नगरिएको स्रोतको दावी छ । विधिविज्ञान प्रयोगशालामा यस्तो तथ्य देखिएपछि प्रहरीले उनले कुन कुरा पहिला गरेका थिए भन्ने पनि अध्ययन गरेको स्रोतको दावी छ ।

    प्रतिक्रिया