• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    ओली विदेश गएलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न किन गए प्रचण्ड ? यस्तो रहेछ कारण

    9.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएको ३ दिन नबित्दै सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । प्रचण्डले राष्ट्रपतिसमक्ष भेटवार्ता गरेको विषय बाहिर आएपछि सत्तारुढ दलका एक नेताले भने- ‘उहाँ राष्ट्रपति ज्यूले नेकपाका नेताको कार्यविभाजनका विषयमा चासो दिनुभएको थियो । त्यहि विषयमा कुराकानी भएको हुनुपर्छ ।’

    उता सीतलनिवास स्रोतले भने नेकपाका नेताको कार्यविभाजन र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आइतबारदेखि नै सुरु भएको स्वास्थ्य उपचारका विषयमा कुराकानी भएको बताएको छ । राष्ट्रपति भण्डारीले सतहमा आएको प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीचको समस्याका बारेमा पनि प्रचण्डसँग चासो राखेकी थिइन् ।  राष्ट्रपति–प्रचण्डबीच अन्य विविध विषयमा कुराकानी भएको बताइए पनि बिषय सार्वजनिक गरिएकाे छैन् । यसअघि प्रचण्डले नीजि निवास खुमलटारमा नेता नेपालसँग सोही विषयमा कुराकानी गरेका थिए । नेता नेपालले प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्पर्क गरेरै सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता पनि गरेका थिए ।

    राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीचको यो भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट थालिएको र अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिइन् । अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि उनले कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे केही खुलाइनन् । प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको छ ।

    मिर्गौलामा यसरी बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस् उपचार पद्दति अपनाइन्छ । चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्छ । शुक्रबार पहिलोपटक यो प्रक्रिया थालिएकाले उनलाई कतिपटकसम्म गर्नुपर्ने हो निश्चित भइसकेको छैन । मिर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । उनको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ