• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    फेरी गयो बैशाख १२ को झल्को दिनेगरि भूकम्पको कडा धक्का, स्थानीय त्रसित, हेर्नुहोस् बिस्तृतमा

    24.7K
    SHARES

    काठमाडौँ । बैशाख १२ को झल्को दिनेगरि फेरी सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्पको कडा धक्का गएको छ । बहीवार विहान ७ बजेर ७ मिनेटमा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका धक्का महसुस भएपछि सोलुखुम्बुमा स्थानीय त्रसित बनेका थिए । भूकम्पको धक्कमा महसुस भएसँगै सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए । भूकम्पले कुनै क्षति पुर्‍याएको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय सोलुले जनाएको छ । ०७२ बैसाख १२ गतेको शक्तिशाली विनाशकारी भूकम्पपश्चात अहिले पनि पराकम्पन जाने क्रम रोकिएको छैन । केहिदिन अघि मात्रै भक्तपुर केन्द्रविन्दु बनाएर काठमाडौंमा भूकम्पको कडा धक्का महसुस भएको थियो ।

    त्यस्तै देशका पश्चिमी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बिहीबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपासमा रहेको छ। पश्चिमी भुभाग औसत स्थानभन्दा केहि उत्तरतर्फ रहेको छ। मनसुनको निम्न चापिय रेखा भारतको बिहार र उत्तर प्रदेश आसपासमा छ।

    मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ। बिहीबार बिहान देशका पश्चिमी भुभागमा सामान्य बदली रहेको छ। मध्य तथा पुर्वी भुभागमा सामान्यतया सफा रहेको छ। दिउँसो देशभरी सामान्य बदली रहि केहि स्थानहरुमा मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित मध्यम वर्षाको सम्भावना छ। महाशाखाले चुरेबाट बहने खोलाहरुमा आकस्मिक नदिको बहाव बृद्धि हुँदा पहिरो आउन सक्ने भएकोले सडक यातायातमा यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ।

    प्रतिक्रिया