• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सुराकी र भ्रष्टाचार गर्नेहरुलाई नेकपा युवादस्ताले दियो यस्तो कडा चेतावनी, विज्ञप्तिसहित

    5.2K
    SHARES


    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा सङ्गठन नेपालले आफ्नो पार्टीका नेता कार्यकर्ताबिरुद्ध सुराकी गर्नेहरुलाई कुनैपनि हालतमा नछोड्ने चेतावनी दिएको छ । उक्त सङ्गठनका सेती-महाकाली ब्युरो इन्चार्ज जीवनले शनिबार एक विज्ञप्ति जारी गर्दै जनताको मुक्ति संघर्षको अभियानमा सक्रिय नेकपा नेता कार्यकर्ताबिरुद्ध सुराकी गर्नेहरुलाई नछाड्ने र त्यसपछि उत्पन्न परिणामको जिम्मा केपी ओली नेतृत्वको सरकारले लिनुपर्ने चेतावनी दिएका हुन ।

    साथै जनताले तिरेको करमाथि भ्रष्ट्राचार गर्नेहरुलाई पनि युवा सङ्गठनले निगरानीमा राखेको बताएको छ । राष्ट्रघात, जनघात, भ्रष्ट्राचार, मानव बेचबिखन, कालोबजारी, तस्करी, भूमाफिया, शैक्षिक माफियाका बिरुद्ध निरन्तर संघर्ष होमिने पनि इन्चार्ज जीवनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    ओली सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न नेकपामाथि प्रतिबन्ध लगाएको भन्दै इन्चार्ज जीवनले ५ महिना बितिसक्दासमेत प्रतिबन्ध नहटेको भन्दै आपत्ति जनाएका छन् । ‘कथित कम्युनिष्ट भनिएको केपी-पीके कम्पनी सरकार आफ्नो असफलतालाई ढाकछोप गर्न यी कुकर्म गरिरहेको आम युवाहरुले बुझ्नुपर्ने बेला आएको छ ।’ विज्ञप्तिमा भनिएको छ- ‘जनताको हित र राष्ट्रहितमा लडिरहेको पार्टी नेकपालाई प्रतिबन्ध लगाएको ५ महिना बितिसक्दा पनि प्रतिबन्ध नहटाइएकोप्रति युवा सङ्गठन नेपाल सेती-महाकाली ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    २०८५ सालको परिवर्तनकारी आन्दोलनको भगौडाले अहिले सरकारको नेतृत्व गरिरहेको र कम्युनिष्ट शब्दको गलत ब्याख्या गरेर उखान टुक्काको खेति छर्दै स्थायीत्व, शान्ति, सम्बृद्धि र समाजवादको हैवा फिजाएर नेपाली जनतालाई भ्रममा राख्न खोजेको विज्ञप्तिमा उल्लेख छ । साथै नेकपामाथिको प्रतिबन्ध हटाउने युवा सङ्गठनले माग पनि गरेको छ ।

    प्रतिक्रिया