• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अन्तत: बामदेव गौतम नेकपाको उपाध्यक्ष चयन, माधव नेपाल र झलनाथ खनालले के पाए ?

    19.9K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् । नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको सचिवालयका एक नेताले बताए ।

    गौतमलाई उपाध्यक्ष बनाउन प्रधाधनमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको बताइएको छ । नेकपाको बिधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो । निर्णयलाई स्थायी समितिले अनुमोदन गरे गाैतम उपाध्य बन्ने बाटो खुल्नेछ ।

    सचिवालय बैठकले ३३ वटा विभागको संयोजक र सह संयोजक पनि तोकेको छ । बैठकले ईश्वर पोखरेललाई स्कुल विभाग, बामदेव गौतमलाई संगठन, माधवकुमार नेपाललाई विदेश विभाग, नारायणकाजी श्रेष्ठलाई प्रचार, सुरेन्द्र पाण्डेलाई अर्थ तथा योजना, झलनाथ खनाललाई नीति अध्ययन प्रतिष्ठानको र पर्यटन विभाग योगेश भट्टराईलाई संयोजक तोकेको छ ।

    यस्तै, पाण्डे नेतृत्वको अर्थ तथा योजना विभागको सह-संयोजकमा डोरप्रसाद उपाध्याय चयन गरिएको छ भने नेपाल नेतृत्वको विदेश विभागको सहसंयोजक राम कार्कीलाई चयन गरिएको छ । यसअघि नै प्रदेश ईन्चार्ज तोकिसकेको नेकपाले सह इन्चार्ज पनि चयन गरेको छ । प्रदेश १ मा शेरधन राई र नरेश खरेल, प्रदेश २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश ३ मा हितमान शाक्य र काशिनाथ अधिकारी सहसंयोजक तोकिएका छन् ।

    यसैगरी, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङ, ५ नम्बर प्रदेशमा बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालिबहादुर मल्ल र प्रकाश ज्वालालाई सह-संयोजक बनाइएको छ । सुदूर पश्चिम प्रदेशमा भानुभक्त जैशी र खगराज भट्टलाई सह-संयोजकको जिम्मेवारी नेकपा स्रोतले जनाएको छ ।

    कुन नेतालाई कुन विभाग

    १. विदेश : प्रमुख-माधवकुमार नेपाल. उपप्रमुख- राम कार्की

    २. स्कुल: प्रमुख- ईश्वर पोखरेल, उपप्रमुख- देवेन्द्र पौडेल

    ३.संगठन : प्रमुख-वामदेव गौतम, उपप्रमुख- जनार्दन शर्मा

    ४. नीति तथा अध्ययन : प्रमुख- झलनाथ खनाल, उपप्रमुख- रामचन्द्र झा

    ५. प्रचार : प्रमुख-नारायणकाजी श्रेष्ठ, उपप्रमुख- सूर्य थापा

    ६. अर्थ तथा योजना: प्रमुख- सुरेन्द्र पाण्डे, उपप्रमुख- डोरप्रसाद उपाध्याय

    ७.उद्योग तथा वाणिज्य : प्रमुख- राधा ज्ञवाली, उपप्रमुख- वामदेव क्षेत्री

    ८. उपभोक्ता हित तथा आपुर्ति : प्रमुख-मातृका यादव, उपप्रमुख- बलराम बाँस्कोटा

    ९. कृषि तथा भूमिसुधार : प्रमुख- चक्रपाणि खनाल, उपप्रमुख- हरि पराजुली

    १०. कोष तथा आर्थिक व्यवस्थापन : प्रमुख- हरिबोल गजुरेल, उपप्रमुख- कृष्ण गोपाल श्रेष्ठ

    ११. खानेपानी तथा सरसफाइ : प्रमुख- बिना मगर, उपप्रमुख- ममता गिरी

    १२. जलस्रोत, सिंचाइ तथा उर्जा : प्रमुख- बर्षमान पुन, उपप्रमुख- पर्शुराम मेघी गुरूङ

    १३. निर्वाचन विभाग : प्रमुख- प्रदीप ज्ञवाली, उपप्रमुख- खिमलाल देवकोटा

    १४. न्याय कानुन तथा मानवअधिकार: प्रमुख- रघुजी पन्त, उपप्रमुख- मुक्तिनारायण प्रधान

    १५. पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययन : प्रमुख- योगेश भट्टराई, उपप्रमुख- पासाङ शेर्पा

    १६. प्रादेशिक मामला : प्रमुख- घनश्याम भुषाल, उपप्रमुख- परशु तामाङ

    १७. पुस्तकालय : प्रमुख- नारायणप्रसाद शर्मा, उपप्रमुख- ज्ञानबहादुर भुजेल

    १८. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था : प्रमुख- रघुवीर महासेठ, उपप्रमुख- हरि अधिकारी

    १९. युवा तथा खेलकुद: प्रमुख- टोपबहादुर रायमाझी, उपप्रमुख- ठाकुर गैरे

    २०. राजकीय मामिला तथा सुशासन : प्रमुख- रामबहादुर थापा बादल, उपप्रमुख- गुरु बराल

    २१. शिक्षा तथा मानव स्रोत विकास : प्रमुख- गिरिराजमणि पोखरेल, उपप्रमुख- विजय पौडेल

    २२. वन तथा वातावरण : प्रमुख- शक्ति बस्नेत, उपप्रमुख- चुडामणि जंगली

    २३. श्रम तथा रोजगार : प्रमुख-गोकर्ण बिष्ट, उपप्रमुख- रामेश्वर राय यादव

    २४.संघीय संसद : प्रमुख- सुवास नेम्वाङ, उपप्रमुख- देवप्रसाद गुरूङ

    २५. समाज कल्याण : प्रमुख- केशवलाल श्रेष्ठ, उपप्रमुख- गोपाल ठाकुर

    २६. सहकारी तथा गरिबी निवारण : प्रमुख- विष्णु रिमाल, उपप्रमुख- धर्मदत्त देवकोटा

    २७. सहरी विकास : प्रमुख- लेखराज भट्ट, उपप्रमुख- जगन्नाथ खतिवडा

    २८. सामान्य प्रशासन : प्रमुख- लालबाबु पण्डित, उपप्रमुख- रेखा शर्मा

    २९. साहित्य कला तथा संस्कृति : प्रमुख- मणि थापा, उपप्रमुख- बिष्णु रिजाल

    ३०.स्थानीय तह : प्रमुख- युवराज ज्ञवाली, उपप्रमुख- उर्मिला अर्याल

    ३१. स्वास्थ्य तथा जनसंख्या : प्रमुख- राजेन्द्र पाण्डे, उपप्रमुख- अन्जना बिसंखे

    ३२. कृषि तथा भूमि सुधार : प्रमुख- चक्रपाणि खनाल, उपप्रमुख- हरि पराजुली

    ३३. कोष तथा आर्थिक : प्रमुख- हरिबोल गजुरेल, उपप्रमुख- कृष्णगोपाल श्रेष्ठ

    प्रतिक्रिया