• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतसँग युद्धका लागि तयार छौ भन्दै पाकिस्तानले गर्यो भारतमाथि यस्तो घोषणा, विश्वमा नै तरंग

    37.5K
    SHARES

    काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार रहेको चेतावनी दिएका हुन् । उनले भारत अब पाकिस्तान प्रशासित कश्मीरमा केही गर्नको लागि तयारी अवस्थामा रहेको जिकिर गरे । प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै तपाईको इँटको जवाफ पत्थरले दिन्छौं भने ।

    मोदीले संविधानको धारा ३ सय ७० खारेज गरेर आफ्नो अन्तिम कार्ड खेलेको उनको भनाइ छ । प्रधानमन्त्री खानले भारतले अन्तिम उपाय प्रयोग गरेकाले कश्मीर अब स्वतन्त्रताको दिशााम जाने दाबी गरे । उनले आफ्नो भाषणमा कयौं पटक राष्ट्रिय स्वयंसेवक संघको नाम उच्चारण गर्र्दै भारतमा आज जे भइरहेको छ त्यो आरएसएसको विचारधाराको कारण भइरहेको जिकिर गरे । आरएसएसको विचारधारा हिटलरको नाजी पार्टीको समान रहेको प्रधानमन्त्री खानको आरोप थियो ।

    त्यस्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी कश्मिरको भ्रमण गरेका छन् । प्रधानमन्त्री खानले काश्मिर भ्रमणपश्चात् नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ । भारत सरकारले भारत प्रशासित जम्मु कश्मिरको विशेष मान्यता खारेज गरेसँगै आणविक शक्तिसम्पन्न दुवै मुलुकबीच तनावको स्थिति छ । पाकिस्तानले भारतको यस कदमकाविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब बढाउने निर्णय गरेको छ ।

    पाकिस्तानले भारतीय कदमका सम्बन्धमा आपत्कालीन बैठक डाक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष औपचारिक अनुरोध गरिसकेको छ । पाकिस्तानले भारतीय राजदूतलाई फिर्ता गरेको छ भने दुईदेशीय व्यापार रोक्नुका साथै सीमा वारपार यातायात सेवा बन्द गरेको छ । विज्ञहरुकाअनुसार पाकिस्तानका पछिल्ला निर्णयले भारतमाथि कुनै दबाब सिर्जना हुनेछैन ।

    यसै साताको सुरुमा पाकिस्तानी प्रधानमन्त्री खानले भारतको कदमविरुद्ध अन्तर्राष्ट्रियजगतले खुलेर समर्थन नगरेकामा आपत्ति जनाएका थिए । अगस्ट १९४७ मा बेलायतको शासनसत्ता पतन भएसँगै भारत र पाकिस्तानको उदय भएको थियो । दुई मुलुकको विभाजनकाक्रममा भड्किएको हिंसामा परेर लाखौं मानिस मारिएका थिए ।

    प्रतिक्रिया