• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    शालिकराम आत्महत्या प्रकरण- रवि लामिछानेसहित ३ जनालाई पक्राउ गर्ने प्रहरीको तयारी, भिडियोसहित

    20.9K
    SHARES

    काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको गोप्य भिडियो सार्वजनिक भएसँगै यो प्रकरणले अहिले नयाँ मोड लिएको छ । उक्त भिडियो बाहिरिएपछि सामाजिक संजालसमेत तातेको छ । नेपाल आजले सार्वजनिक गरेको उक्त भिडियोमा पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत अन्य ३ जनाका कारण आफुलाइ चरम यातना दिइ आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।

    यता प्रहरीले भने ३ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने तयारी थालेको छ। चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार सार्वजनिक भएको भिडियोबारे घटना भएदेखि नै अनुसन्धान भइरहेको छ । ‘हामी किटानी जाहेरी कुरीरहेका छौँ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान हुन्छ ।’ मल्लले भने । भिडियो सार्वजनिक भएसँगै रवि लामिछाने, दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ