• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    विद्यार्थी नेता हर्कको घरमा पक्राउ पुर्जी टाँस्न पुगेको प्रहरीलाई स्थानीयले लखेटे

    18.5K
    SHARES

    विनायक । विद्यार्थी नेता हर्कबहादुर बिकलाई पक्राउ गर्ने ३५ दिने पक्राउ पुर्जी टाँस्न प्रहरी टोली घरमा पुगेको छ । प्रहरी सोमबार दिउँसो पक्राउ पुर्जी बोकेर  अछामको पञ्चदेवल विनायक नगरपालिका–२ धाउखानी स्थित बिकको घरमा पुगेको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य बिकको घरमा प्रहरीले पक्राउ पुर्जी टाँस्न खोज्दा स्थानीयले प्रतिकार गरेका थिए । पुर्जी बुझ्न र टाँस्न नदिएर स्थानीयले प्रहरीलाई लखेटेको एक प्रत्यक्षदर्शीले सचारकेन्द्रलाई बताए ।

    ‘गाउँलेहरू जम्मा भएर हल्लाखल्ला भएपछि के भएछ भनेर म पनि गएको थिए, तर त्यहाँ त पक्राउ पुर्जी लिएर प्रहरी उहाँ हर्कजीको घरमा पुगेको रहेछ र गाउँलेले पुर्जी टाँस्न दिएनन् ।’ नाम उल्लेख नगर्ने सर्तमा ति प्रत्यक्षदर्शीलेले भने – ‘हिजोआज गाउँमा प्रहरी अलि बाक्लै आइरहेको छ । जसलाई पनि समात्न खोज्ने, जे पनि भन्ने गरिरहेको छ त्यसैले  मेरो नाम नलेखिदिनु होला ।’

    ति प्रत्यक्षदर्शीका अनुसार प्रहरी टोली घरमा पुगेर पुर्जी टाँस्न तयारी गर्दैगर्दा स्थानीय भेला भएर सामुहिक प्रतिकार गरेका थिए । स्थानीयको अवरोध तथा प्रतिकारपछि प्रहरी पुर्जी नै नटाँसेरै फिर्ता भएको बताइएको छ । प्रहरीले पुर्जी बुझ्न र हस्ताक्षर गर्न आग्रह गरेको थियो । तर स्थानीय तयार नभएपछि प्रहरी फिर्ता भएको बताइएको छ । जिल्ला अदालत मंगलसेनको आदेशमा बिकलाई उपस्थित हुन म्याद टाँस्न प्रहरी टोली घरमा पुगेको स्थानीयले बताएका छन् । यसअघि नेकपाले निर्वाचन बहिस्कारको बेला समेत उक्त गाउँबाट शून्य मतदान भएको थियो ।

    प्रतिक्रिया