• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    अमेरिकी दूतावासले भिसा दिएपछि सन्दीपले गरे यस्तो ट्वीट, सबैसमक्ष गरे यस्तो अपिल

    13.7K
    SHARES

    काठमाडौं । अन्तत: अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ। मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको दूतावासले ‘रिभ्यु’ का लागि बोलाएर भिसा दिएको हो। आफूलाई भिसा दिएको पुष्टि सन्दीप स्वयम्ले ट्‍विटरबाट गरेका छन्। दूतावासले सन्दीपलाई भिसा दिएको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले बताएका छन्। २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीमा रहेका सन्दीप भिसाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए। तर उनलाई दूतावासले भिसा दिन अस्विकार गरेको थियो। राष्ट्रिय क्रिकेटरका रुपमा सन् २०१६ देखि देश-विदेशका विभिन्‍न लिग खेलिसकेको क्रिकेटरको भिसा दिन दूताासले अस्वीकार गरेपछि सामाजिक सञ्‍जालमा चर्को आलोचना भएको थियो।

    सै साता क्यानडामा सम्पन्न ग्लोबल टि-२० मा टोरोन्टो नेसनल्सको लागि खेलेर फर्किएका सन्दिपले क्यारेबियन लिगमा बार्बाडोस ट्रिडेन्टसबाट खेल्दै छन्। सन्दिपको टिममा जेसन होल्डर, वाहब रियाज, शाइ होप, एलेक्स हेल्स जस्ता क्रिकेटरहरु रहेका छन्। बार्बाडोसको पहिलो खेल ८ सेप्टेम्बरमा गुएना एमाजोन वारियर्स बिरुद्ध रहेको छ। सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठमा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो। सन्दिपले खेलेको विश्वभरको लिगमा अधिकारिक रुपमा घोषणा भएको मध्ये सन्दिपले पाएको यो सबैभन्दा धेरै मूल्य हो। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलरको हाराहारीमा पाएको बताईए पनि अधिकारिक रुपमा भने मूल्य बाहिर आएको थिएन।

    सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। सन्दिपको टिम गत सिजन लिग चरण अंकतालिकामा चौथो स्थानमा रहेको थियो भने दोश्रो क्वालीफायरमा पराजित हुँदै समग्रमा तेश्रो भएको थियो। सीपीएल टि-२० मा कुल ६ टिम रहेका छन् जसमा सन्दिप खेल्ने बार्बाडोस संगै गुयना एमाजोन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।

     

    प्रतिक्रिया