• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    अमेरिकाले भिसा नदिएपछि सन्दिपले गरे सबैलाई स्तब्ध बनाउने अर्को यस्तो ट्वीट, एकाएक भाइरल

    40.1K
    SHARES

    काठमाडौँ । नेपाली स्टार यवा क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि स्तब्ध भएका छन् । उनले सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै सबै नेपाली तथा क्रिकेट प्रेमीहरुलाई स्तब्ध बनाएका हुन ।  सन्दिपले ४ सेप्टेम्बर देखि क्यारेबियन प्रिमियर लिग खेल्नको लागि भिसा आवेदन दिएका थिए जसलाई दुतावासले अस्विकार गरेको सन्दिपले आफ्नो ट्वीटर मार्फत बताएका छन्। सबै डकुमेन्ट पुरा गरेपछि पछि पनि यस्तो हुँदा म स्तब्ध र आस्चर्यचकित भएको छु र म मुस्कुराईरहेको थिए। मलाई अब क्यारेबियन प्रिमियर लिगमा सहभागी हुन् मुस्किल हुनेछ” सन्दिपले लेखेका छन्।“म आज क्यारेबियन प्रिमियर लिग २०१९ को लागि अमेरिकाको भिसाको लागि गएको थिए। राष्ट्रिय क्रिकेटरको रुपमा देशको प्रतिनिधित्व गर्दै म २०१६ देखि विश्वभर खेलीरहेको छु। म आस्चर्यचकित छु कि मेरो भिसा रिजेक्ट गरिएको छ।”

     

    क्यारेबियन प्रिमियर लिगको खेलहरु अमेरिकामा पनि हुने बताईएको छ। यस्तै बार्बाडोस अमेरिका हुँदै जाने हुँदा उनलाई अमेरिकी भिसा चाहिएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्। २०१६ अन्डर-१९ विश्वकप देखि नेपाली टिमको लागि खेलीरहेका सन्दिपले नेपालको लागि र बिभिन्न क्रिकेट लिग खेल्न अस्ट्रेलिया, वेस्टइन्डिज, बेलायत, नेदरल्याण्ड, हंगकंग, क्यानडा, पाकिस्तान, युएई जस्ता धेरै देशहरु घुमीसकेका छन्। यो क्रममा सन्दिपले आईपीएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग जस्ता प्रतियोगिता खेलीसकेका छन्।

    यसै साता क्यानडामा सम्पन्न ग्लोबल टि-२० मा टोरोन्टो नेसनल्सको लागि खेलेर फर्किएका सन्दिपले क्यारेबियन लिगमा बार्बाडोस ट्रिडेन्टसबाट खेल्दै छन्। सन्दिपको टिममा जेसन होल्डर, वाहब रियाज, शाइ होप, एलेक्स हेल्स जस्ता क्रिकेटरहरु रहेका छन्। बार्बाडोसको पहिलो खेल ८ सेप्टेम्बरमा गुएना एमाजोन वारियर्स बिरुद्ध रहेको छ। सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठमा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो। सन्दिपले खेलेको विश्वभरको लिगमा अधिकारिक रुपमा घोषणा भएको मध्ये सन्दिपले पाएको यो सबैभन्दा धेरै मूल्य हो। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलरको हाराहारीमा पाएको बताईए पनि अधिकारिक रुपमा भने मूल्य बाहिर आएको थिएन।

    सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपले सेन्ट किट्स एण्ड नेभीस प्याट्रीएट्सको लागि ५ खेलमा कुल ७ विकेट लिएका थिए। सन्दिपको टिम गत सिजन लिग चरण अंकतालिकामा चौथो स्थानमा रहेको थियो भने दोश्रो क्वालीफायरमा पराजित हुँदै समग्रमा तेश्रो भएको थियो। सीपीएल टि-२० मा कुल ६ टिम रहेका छन् जसमा सन्दिप खेल्ने बार्बाडोस संगै गुयना एमाजोन वारियर्स, जमैका तल्लावाज, सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्स, सेन्ट लुसिया स्टार्स र ट्रिन्बागो नाइट राइडर्स रहेका छन्।

    त्यस्तै  इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सबाट खेलिरहेका आजिक्य रहाणे आइपीएलको अर्को टिम दिल्ली क्यापिटल्समा जानसक्ने सम्भावना बढेको छ । भारतीय पत्रिका दैनिक जागरणकाअनुसार रहाणेलाई दिल्लीमा ल्याउनका लागि छलफल भइरहेको छ । उनको सट्टामा राजस्थानमा दिल्लीको कुन खेलाडी जोडिने भन्नेबारे भने खुलाइएको छैन । केही दिनअघि नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले मुम्बई इन्डियन्सका मायंक मार्कन्डेलाई टिममा समावेश गरेको थियो । भने, शेरफन रेदरफर्डलाई मुम्बईलाई दिएको थियो । यसैबीच रहाणेको पनि चर्चा चलेको छ । रहाणेले २०१८ मा राजस्थानको नेतृत्व गरेका थिए । र, उनले टिमलाई प्लेअफमा पुर्याएका थिए । गत सिजनमा सुरुका केही खेलमा रहाणेले टिमको कप्तानी सम्हाले पनि पछि स्टिभ स्मिथले टिमको नेतृत्व गरेका थिए । गत संस्करणमा रहणाले उत्कृष्ट प्रदर्शन गरेका थिए । यदि उनी दिल्लीमा गएमा शिखर धवनसँग ओपनिङ गर्नेछन् ।

    प्रतिक्रिया