• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली स्वदेश फर्किनुपुर्व प्रचण्ड र नेपालबीच खुमलटारमा गोप्य वार्ता, नेताकार्यकर्तालाइ चकित पार्दै भए यस्ता सहमति

    12.1K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन् । दाहालले आइतबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा भेटवार्ता गरेका हुन् । नेता नेपाल खुमलटारमा अपरान्ह ३ बजे भित्रिएको दाबी स्रोतको छ । भेटवार्तामा पार्टीभित्रको आन्तरिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । सो भेटवार्ताका बारेमा आधिकारीक केही जानकारी दिइएको छैन । आफ्ना राजनीतिक भेटहरूलाई बाक्लै बनाएका दाहालले नेपालसँग एक हप्ताभित्र दुई पटक भेटेका हुन् । भेटवार्तामा प्रदेश २ अन्तर्गत जिल्लाहरूमा देखिएको कमिटी गठनको विवादका विषयमा परामर्श भएको जनाइएको छ । दाहाल र नेपालबीचको भेटवार्तामा प्रदेश २ का अध्यक्ष प्रभु साह र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पनि सहभागिता रहेको छ ।

    प्रधानमन्त्री केपी ओली उपचारका लागि देश बाहिर रहेका बेला नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले वरिष्ठ नेता नेपालसँग परामर्श गरेका छन् । केही दिन अगाडि पनि दाहालले नेता नेपालका साथै झलनाथ खनाल, महासचिव विष्णु पौडेलसहितका नेताहरूसँग परामर्श गरेका थिए । यसैबीच  सिंगापुरमा स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री केपी ओली सोमबार स्वदेश फर्कंदै छन् । स्वास्थ्य परीक्षण लम्बिएकाले फर्किने कार्यक्रम सोमबारलाई सरेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएकाे छ  । ‘प्रधानमन्त्रीज्यू सोमबार अपराह्न फर्कंदै हुनुहुन्छ’, स्राेतले भन्याे । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणबाट प्रधानमन्त्री ओलीको अवस्था सामान्य पाइएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ मा सिंगापुर गएका थिए  । उनका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दीव्यासिंह शाहसहित ९ जना छन् ।

    त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बद्र्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताउनु भएको छ ।इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

    “यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु”, शुभकामना सन्देशमा उल्लेख छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याउँदै दिगो शान्ति कायम राख्न सकोस् भन्ने शुभेक्षा प्रकट गर्नुभएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया