• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    विर्तामोडमा शक्तिशाली बिस्फोट, नेपाली सेनाको टोली घटनास्थलमा, केछ अवस्था

    34.9K
    SHARES

    विर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ । तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा सोमबार बिहान साढे चार बजेतिर ठूलो आवाजका साथ बम विष्फोट भएको हो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ । चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल प्रस्थान गरेको छ ।

    बम विष्फोट कसले गरायो भन्ने नखुलेको झापा प्रहरीले जनाएको छ । यद्यपि वडा कार्यालयहरुमा बिद्रोही नेकपाले लक्षित गर्दै आगजनी र विष्फोट गराउँदै आएको हुनसक्ने प्रहरी अनुमान छ । यसअघि रामेछापको मेलम्ची नगरपालिकाको १० नम्बर वडा कार्यालयमा पनि आगजनी भएको थियो । उता कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष र दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा शनिबार राति आगजनी भएको छ । मायादेवीका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु.१झ ४०० नम्बरको गाडी आगजनीबाट क्षतिग्रस्त भएको छ । आगजनी कसले ग¥यो भन्ने पत्तो नपाएको उनले बताए ।

    तर नेकपा कार्यकर्ताले सरकारी गाडीउपर कारबाही गर्ने नीति लिएको देखिएको प्रहरी अनुमान छ । घटनाको अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए । दाङको बंगलाचुली गाउँपालिकाको रा.१झ १५२ नम्बरको गाडी आगजनीबाट क्षति भएको छ । शनिबार राति पौने १ बजे गाडीमा आगजनी भएको थियो । वडा नम्बर ५ को वडा कार्यालय मुर्कुटीमा गाडी पार्किङमा थियो । प्रहरी सहायक निरीक्षक गोपालप्रसाद शर्माका अनुसार स्थानीयले आगो निभाएका थिए । प्रदेश ५ मा यी दुई घटनाअघि पनि स्थानीय तहमा आक्रमणका घटना भएका थिए । बर्दियाको गेरुवा गाउँपालिका–६ को कार्यालयमा असार २३ मा आगजनी भएको थियो । यस्तै फागुन २२ गते राति त्रिवेणी गाउँपालिकाको रा.१ क ७१२ नम्बरको जेसीबीमा पनि आगजनी भएको थियो ।

    प्रतिक्रिया