• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    प्रचण्ड आफैले गरे यस्तो गम्भीर खुलासा, भन्छन् – ‘म अर्धपागल भएर विद्रोहमा गएको हुँ’

    12.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अर्धपालग भएर विद्रोहमा लागेको बताएका छन् । शुक्रबार राजधानीमा शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्धसंग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले विद्रोहमा लागेको कारण बताएका हुन् । सामाजिक विकृति र विसंगति सहन नसकेर विद्रोहमा गएको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘म झण्डै झण्डै अर्धपागल भएर विद्रोहमा गएको हुँ, सबै बेथिति र विसंगति सहन नसक्ने पछि विद्रोहमा लागेको हुँ ।’ उनले आफू विद्रोहको नेतृत्व गरे पनि हिंसात्मक गतिविधिमा सहभागी नभएको स्पष्ट पारे । प्रचण्ड’ले आफूले हिंसा नगरेको दाबी गरेका छन्। उनले आफूले कसैलाई एक लबटो नहानेको र कसैको एक लबटो नखाएको बताए।

    ‘मैले १० वर्षे जनयुद्धको नेतृत्व गरेँ। तर कसैलाई एक लबटो हानेको छैन र खाको पनि छैन’, प्रचण्डले भने, ‘हुन त जनयुद्धको नेतृत्व गर्ने मान्छेले यसो भन्दा को पत्याउछ र ? म व्यक्तिगत रुपमा कुनै पनि हिंसात्मक गतिविधिमा सामेल भएको छैन। तर मेरो नेतृत्वमा भएको १० वर्षे जनयुद्धले देशमा ठूलो परिवर्तन आयो। यसको जिम्मेवारी म लिन्छु।’ उनले अगाडी भने – ‘म त्यस्तो विद्रोही नेता हुँ जसलाई कसैलाई एक लपेटो हानेको पनि छैन र कसैको एक लपेटो खाएको पनि छैन । मेरो नेतृत्वमा यत्रो युद्ध भयो, हजारौँले बलिदान दिए । तर, त्यसको कमाण्डर म जसको हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागिता छैन ।’ साथै उनले यो कुरा कसैलाई विश्वास नलाग्ने र पत्याउन गाह्रो हुने समेत बताए ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति ‘आपत्तिजनक’ भएको तर्क गरेका छन् । केन्द्रीय प्रशिक्षण विभागले धुलिखेलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनमा बोल्दै अध्यक्ष थापाले नागरिकको हैसियतमा रहेका पूर्वराजालाई पूर्वप्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति ‘आपत्तिजनक, संविधाननको मर्मविपरीत र अधिनायकवादको घोतक’ भएको तर्क गरे। ‘दुई पटक प्रधानमन्त्री भइसकेका, महत्वपूर्ण पार्टीको अध्यक्षको त्यो अभिव्यक्तिको भाषा र शैली उपयुक्त भएन,’ अध्यक्ष थापाले भने, ‘यो हतास र असुरक्षित मनस्थितिको उपज रहेको मैले बुझेको छु।’ रामेछापको कार्यक्रममा नेकपा अध्यक्ष दाहालले राजालाई धेरै बकबक नगर्न चेतावनी दिँदै राजसंस्थाको वकालत गर्नेलाई ‘दास’ को संज्ञा दिएका थिए।

    नेपाली राजनीतिका ‘केन्द्रीय पात्र’ दाहालले कांग्रेस र एमालेलाई आफ्नो सिद्धान्तबाट च्युत गराउन सफल भएको तर्क गर्दै उनले सिद्धान्त च्युत गर्न नसकेको एकमात्र पार्टी राप्रपा भएको दाबी गरे। २०७६ साललाई संगठन वर्ष घोषणा गरेको राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियानका साथै २०७६ मंसिरमा राष्ट्रिय स्वाभिमान यात्रा र गाउँ फर्क अभियान सञ्चालन गर्ने थापाले जानकारी दिए। वरिष्ठ नेता दिपक बोहराले हिन्दुराष्ट्र कायम गर्दै राजालाई कुनै न कुनै रुपमा स्पेस दिनुपर्ने पक्षमा आफू रहेको भन्दै जनता आफ्नो एजेण्डाको पक्षमा रहेको दाबी गरे। वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले कांग्रेस कम्युनिष्टसँग जनता निरास भइरहेको तर्क गर्दै प्रतिपक्षले समेत भूमिका निर्वाह गर्न नसकेको माहोल आफूले उपयोग गर्नुपर्ने तर्क गरे।

    प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता छ। पार्टी अध्यक्ष थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटि इन्जिनियर रोजेश रिजालले प्रशिक्षण दिनेछन्। केन्द्रीय प्रशिक्षक प्रशिक्षणपश्चात् भाद्र महिनामा ७७ जिल्लामा र असोज महिनामा ७ सय ५३ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने राप्रपाको तयारी छ। यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । निजी कामका लागि भन्दै शाह आज बैंककतर्फ लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहले आफु नितान्त निजी काममा थाइल्याण्ड जान लागेको बताएका छन् ।

    उनी भदौ २२ मा मात्र नेपाल फर्कने जानकारी दिइएको छ । केही दिनयता निजी काम, उपचार र बिदा मनाउने भन्दै शीर्ष नेताहरु देशबाट बाहिरिएका बेला पूर्वराजा शाह पनि बैंककतर्फ लागेका हुन् । सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि हाल देश बाहिरै छन् । यहि साउन १८ गते उपचारका लागि भन्दै सिंगापुर गएका ओली आइतवार स्वदेश फर्कने भएका छन् । यसअघि उनी शुक्रबार (आजै) स्वदेश फर्कने बताइएको थियो । सत्तारुढ दलकै अर्का अध्यक्ष पुष्पकमल दाहाल भने साउन १८ गते नै चार दिने बिदा मनाएर दुबईबाट नेपाल फर्किएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ