• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    चर्चित गायक रामकृष्ण ढकाल दम्पतीले सहकारीको ५ करोड झ्वाम पारेपछि भयो यस्तो खुलासा

    16.9K
    SHARES

    काठमाडौं । ललितपुरको श्रीलालीगुराँस सहकारी संस्थाले गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहलाई ५ करोड ऋण तिर्न उर्दी जारी गरेको छ । ऋण नतिरेको भनी एक अखबारमा सूचना छाप्दै उनीहरूलाई बोलाइएको छ । सहकारी संस्थाले ऋण तिर्नुको साटो ढकाल दम्पत्तीले विभिन्न व्यक्ति लगाएर धम्क्याएको पनि आरोप लगाएको छ । ढकालकी पत्नी शाहले सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । नौ बर्ष अघि लिएको ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो ।

    त्यसले पनि असुल उपर नभएको भन्दै सहकारीले सूचना निकालेको हो । ढकाल दम्पत्तीसहित सहकारीले ६ जनाको नाममा सूचना प्रकाशन गरेको छ । केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शितल भिडियो चलचित्र मन्दिरलाई पनि उर्दी जारी गरिएको छ । सहकारीको सूचनामा ढकालले चुक्ता गर्न बाँकी रकम २ करोड ३० लाख ९७ हजार ७६१ उल्लेख गरेको छ । यस्तै ढकालपत्नी शाहले २ करोड ६२ लाख २४ हजार ८९ उल्लेख छ ।

    सूचनाको एउटै व्यहोरामा छुट्टाछुट्टै कर्जा रकमसहित केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शीतल भिडियो चलचित्र मन्दिरको नाम पनि उल्लेख छ । तर, उनीहरु ढकालसँग सम्बन्धित होइनन् । सबैभन्दा धेरै शीतल भिडियो चलचित्रको नाममा करिब ८ करोड रुपैयाँ ऋण देखाइएको छ । सहकारीबाट हालै प्रकाशित सूचनामा सहकारीले ‘ऋण तिर्न आउनू भनेर’ उल्लेख नगरेकाले केवल तर्साउने वा विवादमा ल्याउने उद्देश्यले मात्र सूचना प्रकाशित गरिएको हुन सक्ने ढकालको तर्क छ । पत्रिकामा नाम छपाएर आफ्नो बदनामी गर्न खोजिएको भन्दै आफू मानहानीमा जान सक्ने ढकाल बताउँछन् ।

    यस्तो छ विवादको नालीबेली
    ०६६ गते फागुन ५ गते पुल्चोकस्थित लालीगुराँस सहकारीले ढकालपत्नी निलमका नाममा १ करोड ८० लाख रुपैयाँ कर्जा निकासा गरेको थियो । यसका लागि ललितपुरस्थित सैंवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४ र २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर धितो राखिएको थियो । त्यतिबेला करिब १७ प्रतिशत व्याजदरमा लिइएको कर्जाको नियमित किस्ता ढकाल दम्पत्तिले तिर्न सकेनन् । तत्कालीन समयमा आफ्नो आर्थिक अवस्थामा गिरावट आउँदा समयमा किस्ता तिर्न नसकेको स्वीकार्छन् ढकाल ।

    सहकारी संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी भने कर्जा लिएको केही महिनापछि उनीहरु दुबै सम्पर्कविहीन बनेको दाबी गर्छन् । ‘हामीले बारम्बार ताकेता गर्दा पनि साँवा र ब्याज दुवै उहाँहरुले तिर्नुभएन,’ भण्डारीले भने, ‘त्यसपछि पत्रिकामा सूचना निकाल्न वाध्य भयौं ।’ ०६९ सालमा सूचना निकालेपछि ढकालले आफूसँग साँवा र ब्याज तिर्ने पैसा नभएको भनेर थप कर्जा मागेको भण्डारीको दाबी छ । ‘उहाँले इमान्दारितापूर्वक कुरा गरेपछि उहाँको सामाजिक स्टाटसलाई पनि हेरेर हामीले बिनाधितो ५७ लाख रुपैयाँ कर्जा दियौं,’ भण्डारीले भने, ‘सहमतिबमोजिम उहाँले त्यो ५७ लाख रुपैयाँ सहकारीमै किस्तास्वरुप बुझाउनुभयो ।’

    ढकालले भने आफूले बेग्लै ऋण लिएको नभई पहिलेको ऋणको ब्याजलाई आफ्नो ऋणमा सहकारीले परिणत गरेको बताए । ०६९ जेठ ११ गते ढकालका नाममा ५७ लाख रुपैयाँ कर्जा दाखिला भएको थियो । योसँगै ढकाल दम्पत्ति दुबैजना लालिगुराँसको ऋणी भए । त्यसपछि फेरि उनीहरुले थप किस्ता तिर्न सकेनन् । ०७० सालसम्म आइपुग्दा उनीहरुको ऋणको ब्याज बढ्दै गएर २ करोड ३७ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब सहकारीले निकाल्यो । तर, ढकाल दम्पत्तिले तिर्न नसकेपछि ०७१ जेठ २६ गते सहकारी संस्थाले ढकाल दम्पत्तीको तस्वीरसहित घर लिलामीको ३५ दिने सूचना निकाल्यो ।

    आफू बसिरहेको घर सहकारीले घर लिलाम गर्ने भएपछि ढकाल अदालतको ढोका ढक्ढकाउन पुगे । निर्णय कार्यान्वयन नगर्न माग गर्दै उनले ०७० असारमा तत्कालीन पुनरावेदन अदालत पाटनमा रिट हाले । तर, अदालतले ०७० साउन १६ मा ढकालको रिट खारेज गरेको भण्डारी बताउँछन् । त्यसपछि घर लिलामी गर्ने बाटो सहकारीलाई खुल्ला भयो । रामकृष्ण विदेशमा भएका बेला सहकारीले ०७० जेठ २३ गते सो घर लिलाम गर्ने निर्णय गरेको थियो । लिलामीमा कोही किन्न नआएको भन्दै एक करोड ५० लाख मूल्यांकन गरेर घर आफ्नै स्वामित्वमा लियो । तर, त्यसले पनि ऋण चुक्ता नभएको भन्दै फेरि ताकेता गर्न थाल्यो ।

    सहकारीको हिसाबअनुसार घर लिलामपछि निलमको नामको ऋण चुक्ता गर्न अझै ८७ लाख अपुग थियो भने रामकृष्णको ५७ लाख रुपैयाँ सिंगै बाँकी थियो । यसरी त्यतिबेलाको कुल १ करोड ४४ लाख रुपैयाँमा ब्याज र हर्जाना जोड्दै सहकारीले दुवैजनाको गरी झण्डै ५ करोड ऋण देखाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ