• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    मलेसियामा रहेका नेपाली कामदारहरुलाई दुखद खबर, ६ महिनाभित्र नेपाल फर्किन सरकारको चेतावनी, यस्तो छ कारण

    14.5K
    SHARES

    क्वालालम्पुर । मलेसियामा विविध कारणले अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकहरु ६ महिना भित्र मलेसिया छोड्नुपर्ने भएको छ । मलेसिया सरकारले उनीहरुलाई आ–आफ्नो देश फर्कन ६ महिनाको अवसर दिएको छ। अवैध कामदारलाई घर फर्किनका लागि दिएको समय बिहीबार अर्थात अगस्ट १ बाट शुरु भएको छ । मलेसियन सरकारले साउन १६ गतेदेखि आउँदो पुस १५ गते (अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिख)सम्मका लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो । मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गुड’ कार्यक्रममार्फत अवैधानिक रूपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउने छन् ।  भिसा र राहदानीको म्याद सकिएर अवैधानिक रूपमा मलेसियामा बसिरहेका सबै तोकिएको समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ।

    यो कार्यक्रम अवैधानिक रूपमा मलेसियामा बसेका नेपाली कामदारका लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । स्वदेश फर्किन चाहने कामदारले स्वदेश फर्किनका लागि मलेसियन सरकारलाई जरिवाना स्वरूप ७ सय रिङ्गेट र राहदानी नभएकाहरूले एकतर्फी यात्रा अनुमतिपत्रका लागि १ सय ६० रिङ्गेट तिर्नुपर्नेछ। एकतर्फी यात्रा अनुमतिपत्र बनाएर मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ। त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको सात दिनभित्रको हुनुपर्नेछ । अध्यागमनमा जाँदा सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने प्रावधान तोकिएको छ ।

    त्यस्तै लोकरक ब्याण्ड नेपथ्य दोस्रोपटक कतारको राजधानी दोहामा प्रस्तुत हुने भएको छ । इश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अल अदा’को सार्वजनिक विदाको समयमा नेपाली समुदायमाझ साँगीतिक कोशेली लिएर नेपथ्य दोहा जान लागेको हो । नेपथ्यले अगस्ट १२ (साउन २७) सोमबार बेलुकी ७ बजेदेखि दोहास्थित ‘एशियन टाउन एम्पीथिएटर’मा आफुलाई प्रस्तुत गर्नेछ । यसभन्दा पहिले सन् २०१४ को सेप्टेम्बर १९ तारिखका दिन ब्याण्डले आफूलाई पहिलोपटक दोहामा प्रस्तुति दिएको थियो । केही वर्ष पहिले नेपथ्य कतारमा आउने भनेर विभिन्न थरिका ‘आयोजक’हरुले हल्ला चलाएर टिकटसमेत बेचेर त्यहाँस्थित नेपाली समुदायलाई झुक्याएका थिए । नेपथ्य भने केही समयपछि मात्रै दोहामा उपस्थित भएको थियो । तर, दर्शकहरूले नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई पहिलेजस्तै झुक्याइएको हुनसक्ने ठानेर नगएको बताएका थिए ।

    तर, यसपटक भने बन्दोबस्तका साथ नेपथ्य दोहामा उत्रिदै छ । ‘त्यतिबेलै मैले नेपथ्य फेरि बलियो बन्दोबस्तका साथ त्यस भूमिमा आउनुपर्ने अठोट गरेको थिएँ,’ गायक अमृत सम्झन्छन्, ‘यसपाला फेरि हामीलाई त्यहाँस्थित ब्याण्डका प्रशंसक नेपाली दाजुभाइसँग भेटघाटको अवसर जुराइदिएकामा आयोजकलाई धन्यवाद दिन चाहन्छु ।’ परदेशमा गएर श्रम गरिरहेका नेपाली दाजुभाइहरुलाई देशको माया बोकेर जान पाउँदा असाध्यै हर्ष लागो गुरूङले बताएका छन् । गायक अमृत भन्छन्, ‘सँधै जस्तै नेपथ्यले नेपाली माटोबाटै उब्जिएको लोकभाकाहरुमा आधारित आफ्ना सिर्जनाहरु मार्फत ती दाजुभाइहरुलाई मनोरञ्जन गराउने छौं ।’

    कतारमा कन्सर्टको आयोजना ‘लेभल एफ एन एडभटाईजिङ एण्ड इभेन्ट’का तर्फबाट लक्ष्मणप्रसाद चौलागाईले गरेका हुन् । आयोजकले त्यस दिनका निम्ति टिकट दर ३५, ५० र एक सय कतारी रियाल तय गरेका छन् । ‘श्रोता दर्शकहरुको अपार माया पाएको कतारमा प्रस्तुतिका निम्ति सँधैजस्तै यसपाला हामीले गीतहरुसमेत विशेष तवरबाट छनौट गरेका छौं,’ अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतिलाई अविस्मरणीय बनाउन तत्पर छौं ।’ सँधैजस्तै कतारमा पनि गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा,गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ