• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपाका नेता श्रेष्ठ भक्तपुरबाट गिरफ्तार, कहाँ पुर्याइयो ?

    4.3K
    SHARES
    ?????????????????????????????????????????????????????????

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता गोपाल श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ । सिन्धुपाल्चोकका पूर्व जिल्ला इन्चार्ज समेत रहेका श्रेष्ठलाई भक्तपुरबाट मंगलबार गिरफ्तार गरेको हो । पारिवारिक स्रोतका अनुसार मृगौला रोगबाट पीडित श्रेष्ठ उपचारको लागि काठमाडौँ आउँदै थिए । सोही क्रममा प्रहरीले भक्तपुरको सल्लाघारीबाट गिरफ्तार गरेको थियो । नेता श्रेष्ठलाई आजै सिन्धुपाल्चोक सदरमुकाम चौतारा पुर्याइएको बताइएको छ । सोमबार मात्रै नेकपाका केन्द्रीय स्तारका नेता डम्बरबहादुर नेपाली र मकर गरुङसहित तीन जनालाई काठमाडौँबाट र रामेछाप इन्चार्ज जमिनलाई बनेपाबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

    मकर गुरुङ रिहा भइसकेका छन् । यसैबीच राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो संगठनका केन्द्रीय सदस्य मोहन सिवाकोटी र ललितपुर जिल्ला अध्यक्ष उद्धव रायलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आस्था राखको आरोपमा गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । महासंघले २ जनालाई ललितपुरको लगनखेलबाट साउन १४ गते प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेत र महासचिव योगेश बुढाथोकीले सोमबार विज्ञप्ति जारी गर्दै गिरफ्तारीमा परेका मोहन सिवाकोटी र उद्धव रायलाई बिनासर्त र यथाशीघ्र रिहा माग गरेका छन् ।

    अध्यक्ष श्रीकृष्ण बस्नेत र महासचिव योगेश बुढाथोकीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महासंघ राष्ट्रिय उद्योग वाणिज्य महासंघले आफ्नो व्यवसाय गरी जीविका चलाउने सम्पूर्ण देशभक्त, प्रगतिशील उद्योगी व्यवसायीहरुको हकहित र अधिकार प्राप्तिकोलागि आवाज उठाउँदै आइरहेको जानकारी गराउदछौं । साथै आफ्नो व्यवसाय गर्दै गरेको अवस्थामा ललितपुरको लगनखेलबाट प्रहरी प्रशासनले हाम्रो महासंघका केन्द्रीय सदस्य मोहन सिवाकोटी र ललितपुर जिल्ला अध्यक्ष उद्धव रायलाई मिति २०७६ साउन १४ गते विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीको आस्था राख्ने व्यापारी हो भन्ने तर्क गर्दै गरिएको गिरफ्तारीप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

    प्रतिक्रिया