• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बल्लतल्ल नियन्त्रणमा आयो बालुवाटारमा भएको भीषण आगलागी, यस्तो छ क्षतिको विवरण

    22.8K
    SHARES

    काठमाडौं । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा बुधबार दिउँसो लागेको भिषण आगलागी नियन्त्रणमा आएको छ । बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको थियो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरे पनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएको थियो ।

    त्यसपछि त्रिभुवन विमानस्थलबाट दमकल बोलाइएको डीएसपी बोगटीले बताए । आगलागी साढे २ बजे नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा नआउँदासम्म बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइए पनि अहिले सञ्चालन भएको छ । आगलागीपछि सुविसुको सेवा अवरुद्ध भएको छ ।सुविसुको कार्यालयमा भएको आगलागीको कारण खुल्न सकेको छैन । तर, कार्यालयमा स्टोर गरेर राखिएको झन्डै २ हजार लिटर जतिको पेट्रोलियम पदार्थका कारण आगो चाँडै फैलिएको जनाइएको छ ।

    आगो निभाउन पुगेका अग्नी नियन्त्रकका अनुसार कार्यालयमा राखिएको पेट्रोलियम पदार्थका कारण आगो छिट्टै फैलिएको थियो । पेट्रोलियम पदार्थका कारण लागेको आगो निभाउन पनि समय लागेको अग्नी नियन्त्रकहरुले जनाएका छन् । ‘आगो नियन्त्रणमा लिन ठूलो मात्रामा फायर कन्ट्रोल फ्लूइड (आगो निभाउन विशेष प्रकारको तलर पदार्थ) प्रयोग गर्दा पनि नियन्त्रणमा लिन धेरै समय लाग्यो,’ एक अग्नी नियन्त्रकले भने, ‘पेट्रोलियम पदार्थमा सल्किएका कारण आगो नियन्त्रणमा लिन मुश्किल भएको जस्तो लाग्छ, आगलागीको कारण भने थाहा हुन सकेको छैन ।’

    आगलागीका कारण सुविसुको कार्यालय पूर्ण रुपमा जलेको छ । यद्यपि कार्यालयको पछाडिको केही भाग भने जोगाउन सकिएको अग्नी नियन्त्रकहरुले जनाएका छन् । प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण शुरु गरेको छ । प्रहरीले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । यद्यपि यस विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी बोगटीले जानकारी दिए । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ