• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

    17.5K
    SHARES

    काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ ।६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्। उनलाई राति १० बजेर २० मिनेटमा एआईएमएसको इमर्जेन्सीमा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतलाई उद्‍धृत गर्दै वायरले जनाएको छ। उनको मृत्यु हृदयाघातका कारण भएको टाइम्स अफ इन्डियाले जनाएको छ। सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी स्वराजले स्वास्थ्य समस्याकै कारण गएको लोक सभा चुनाव लडेकी थिइनन्। अहिले अस्पतालमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित वरिष्ठ मन्त्रीहरू र भाजपासहित अन्य दलका नेताहरू पुगेका छन्।

    उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्। अम्बाला छावनीमा जन्मेकी स्वराजले एसडी कलेजबाट स्नातक र पन्जाब विश्वविद्यालय, चंडीगढबाट ‍कानूनको डिग्री लिएकी थिइन्। पढाइ सकेपछि उनी जयप्रकाश नारायणको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएकी थिइन्। पछि उनी राजनीतिमा जोडिइन्। त्यो बेला उनी २५ वर्षकी थिइन्। स्वराजले लालकृष्ण आडवाणीलाई आफ्नो राजनीतिक गुरु मानेकी थिइन्।

    स्वराज प्रखर र प्रभावशाली वक्ताका रूपमा पहिचान बनाउन सफल नेता हुन्। चालिस वर्षको राजनीतिक यात्रामा उनले ११ वटा चुनाव लडिन्। उनी तीन पटक विधानसभामा विजयी भएकी थिइन् भने सात पटक सा‌ंसद भइसकेकी छन्। उनले निधन हुनु केही घन्टाअघि मात्र ट्विट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई जम्मु र कश्मिर सम्बन्धी गरेको फैसलाका निम्ति बधाइ दिएकी थिइन्। मोदीले दुःख व्यक्त गर्दै ‘स्वराज करोडौं मान्छेका लागि प्रेरणा थिइन्’ भन्दै ट्विट गरेका छन्। बिरामी रहेकी उनले आफ्नो स्वास्थ्य अवस्थालाई देखाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई मन्त्री नबनाउन आग्रह गरेकी थिइन् । इन्दिरा गान्धीपछिकी दोस्रो विदेशमन्त्री बनेकी स्वराज भारतीय राजनीतिमा निरन्तर सक्रिय थिइन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ