• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेकपाका ३ केन्द्रिय नेता काठमाडौबाट गिरफ्तार

    7.3K
    SHARES


    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका ३ केन्द्रिय नेता गिरफ्तार परेका छन । काठमाडौंको बत्तीसपुतलीबाट महानगरीय अपराध महाशाखाको टोलीले नेकपा केन्द्रिय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङलाई गिरफ्तार गरेको हो। पार्टीको रणनीति बनाउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताएका छन। सरकारले फागुन अन्तिम साता नेकपामाथि प्रतिबन्ध लगाएपछि सात सय बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।  केही दिन अघि मात्रै चर्चित जन गायक तथा नेकपा केन्द्रिय सदस्य माइला लामालाई काठमाडौको काडाघारीबाट गिरफ्तार गरी नख्कु कारागार राखेको छ । त्यसपछि पनि नेकपा काठमाडौ सेक्रेटरी धिरेन्द्रा उपाध्यायलाई पनि काठमाडौबाटै गिरफ्तार गरेर केन्द्रिय कारागार सुन्धारा राखेको छ । प्रहरीले नेकपाका नेता–कार्यकर्ता खोज्न ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।

    त्यस्तै धनगढीमा भएको बिस्फोटमा परि घाइते भएका कञ्चनपुरको बेलडाँडीका लक्ष्मण सेरेलालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन २ गते भएको धनगढी बिस्फोटमा परि घाईते भएका सेरेलालाई उपचारपछि आज माया मेट्रो अस्पतालले डिस्चार्ज गरेकोमा अस्पतालबाटै प्रहरीले पक्राउ गरेको हो। उनको प्रहरीको निगरानीमै उपचार भईरहेको थियो। सेरेला  नेकपा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन्। उनलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ।

    धनगढी उप–महानगरपालिका वडा नम्वर ४ को शहिद गेट नजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१४ का रामबहादुर सिंहको मृत्यु भएको थियो भने अन्य चार जना घाईते भएका थिए। यसअघि बम बिस्फोटमा परि घाईते भएका भारतीय नागरिक मोविन खानलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ। बिस्फोट हुँदा धनगढी उपमहानगरपालिका ४ का स्थानीय एंव अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डे पनि घाईते भएका थिए। मृतक सिंहले टिफिन बक्समा फिट गरेको बम झोलामा राखेर पिठ्युमा बोक्दै घाईते सेरलासंग होटलमा आएको र भित्तामा ठोक्किएपछि बम बिस्फोट भएको प्रहरीले जनाउँदै आएको छ।

     

    प्रतिक्रिया