• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    काश्मीरमा तनाव बढिरहेको बेला पाकिस्तानमाथि भारतले गर्यो यस्तो घोषणा, विश्व नै त्रासमा

    21.5K
    SHARES

    दिल्ली । भारतले काश्मीरलाई दिएको विशेष स्वायत्तता खारेज गर्ने भएको छ। भारतका गृहमन्त्री अमित शाहले सोमबार संसद्‌मा यस्तो घोषणा गरे संगै काश्मीरको स्वायत्तता खोसिने भएको हो । भारतीय संविधानको धारा ३७० मा भएको विशेषाधिकार सम्बन्धी व्यवस्थालाई खारेज गर्ने तयारी भएको भारतले जनाएको छ। धारा ३७० ले भारत प्रशासित जम्मू(काश्मीरलाई अन्य भारतीय राज्यभन्दा बढी स्वायत्तता प्रदान गरेको छ। केन्द्र सकारको यस्तो घोषणाले राज्यमा हिंसा भड्किन सक्ने आशंका गरिएको छ। भारतले कश्मीरको विषेशाधिकार खोस्नुका साथै लद्दाखलाई कश्मीरबाट अलग समेत गराउने प्रस्ताव ल्याएको छ। सोमबार बिहान साहले राज्यसभामा प्रस्ताव पेश गर्दा विपक्षी सांसदले विरोध गरेका थिए। उनले यस प्रस्ताव लोकसभामा पनि पेश गर्दै छन्।

    अङ्ग्रेज शासनबाट भारत स्वतन्त्र हुनुसँगै भारत, पाकिस्तान विभाजित भए। भारत पाकिस्तानको विभाजनपछि मुस्लीम बाहुल्य भएका राज्य पाकिस्तानतिर र हिन्दु बाहुल्य भएका राज्य भारततीर सामेल भएका थिए। स्वतन्त्रै बस्न खोजेको कश्मीर कसले हत्याउने भन्नेमा संघर्ष भयो । मुस्लीम जनसंख्याको बाहुल्य रहेको कश्मीरका जनता पाकिस्तानमा जोडिने चहाना भए पनि तत्कालीन राज हरिसिंहले आफू हिन्दु भएका कारण भारतको अधीनमा रहने निर्णय गरेका थिए । यसै बीच विवाद र युद्ध हुँदा कश्मीर विभाजन हुन पुग्यो। भारत प्रशासित कश्मीरका जनतालाई विद्रोहबाट रोक्न संविधानमार्फत विषेश अधिकारी दिइएको थियो। यस अनुसार जम्बु कश्मीरलाई छुट्टै झण्डा र प्रतीक प्रयोग गर्न छुट छ।

    त्यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ३७० खारेज गरेकोप्रति चर्को आलोचना गरेका छन् । उनले त्यहाँको राष्ट्रिय सुरक्षा समितिको बैठकमा भारतको पछिल्लो कदम ‘गैरजिम्मेवार, एकपक्षीय र अविवेकपूर्ण व्यवहार’ भएको भन्दै आलोचना गरेका हुन् । भारत र पाकिस्तानबीच सार्वभौमिकताको विवादमा रहेको कश्मीरका नेताहरुलाई नजरबन्दमा राखिएको तथा जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा खारेज गरिएकोप्रति प्रधानमन्त्री खानले विश्वका नेताहरुको ध्यानाकर्षण गरेको पाकिस्तान सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा भारतको पछिल्लो कदमले कश्मीरमा हिंसालाई बढाउने र रणनीतिक रुपमा संवेदनशील क्षेत्रमा अस्थिरतालाई बढाउने चेतावनीसमेत दिइएको छ । आणविक शक्तिसम्पन्न दुबै मुलुकहरुले कश्मीरका विषयमा दुईवटा युद्ध लडिसकेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ