• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मन्त्री भएको केहीदिन नबित्दै संसदीय समितिमा भट्टराई र माधव नेपालको रुवाबासी, यस्तो छ कारण

    14.9K
    SHARES

    काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आफूलाई बधाइ तथा शुभकामना दिने संसदीय समितिको कार्यक्रममा भक्कानिएका छन् । आफ्नो राजनीतिक जीवनसँग जोडिएका विगतका घटनाको स्मरण गर्दै मन्त्री भट्टराई संसदीय समितिमा भक्कानिएका हुन् । मन्त्री भट्टराईले विगतका घटना स्मरण गर्दा समितिको बैठकमा सहभागी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल पनि भावुक बने । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिको आइतबारको बैठकमा नवनियुक्त मन्त्री भट्टराईलाई बधाइ तथा शुभकामना दिने कार्यक्रम पनि थियो ।

    समितिका सदस्यहरुले बधाइ तथा शुभकामना दिएपछि मन्त्री भट्टराईले आफ्नो मन्तव्य शुरु गरे । मन्तव्यकै क्रममा उनले आफ्नो बिगतलाई स्मरण गरे । विगत सम्झिने क्रममा नेता भट्टराईले नेकपाका वरिष्ठ नेता नेपालसँगको आफ्नो सम्बन्ध र आफूले गरेको संघर्षको विषय उठाए । उनले २०४० सालमा पञ्चायतविरोधी आन्दोलन गर्दा बिरामी परेर ६० दिन अस्पताल बस्नु परेको घटना सम्झिए । ‘२०४० सालमा पञ्चायतविरोधी आन्दोलनमा खटिएको थिएँ । रातदिन नभनी, खाइनखाई खटिएछ । त्यसैको असरले होला निकै बिरामी परेँ । शिक्षण अस्पतालमा ६० दिन बस्नुपर्‍यो । डाक्टरहरुले नै आशा मारिसकेका थिए,’ यति भन्दा मन्त्री भट्टराईको गला अवरुद्ध भयो ।

    एकछिन रोकिएपछि उनले आफ्नो स्मरणमा रहेको घटनाक्रमलाई पुन सुनाउन थाले, ‘उहाँ (माधव कुमार नेपाल) भेट्न आउनु भयो । माधवकुमार नेपाल हैन, अर्को कुनै नाममा, जब उहाँले मलाई स्पर्श गर्नु’भो, मलाई जीवनप्रति आशा पलायो । सादय त्यो बाँच्ने आधार थियो ।’ भट्टराईले यति भनिनसक्दै माधव नेपाल पनि भावुक बने । नेता नेपाल आँखामा लगाएको चस्मा निकालेर आँसु पुछ्न थाले । नवनियुक्त मन्त्री भट्टराईले आफ्नो स्मरण सुनाउँदा आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको बैठकको माहोल भावुक बन्यो । मन्तव्यका क्रममा मन्त्री भट्टराईले समितिका अन्य सदस्यसँगका पनि आफ्ना स्मरणीय क्षण सुनाए । आफ्नो कार्यकालमा पटक–पटक समितिसँग छलफल गर्ने उल्लेख गरेका मन्त्री भट्टराईले संसदीय समितिले जारी गर्ने निर्देशन शिरोपर गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए ।

    त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपलकुलपति प्राध्यापक डाक्टर राज कुमार रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका रौनियारले यसअघि पनि प्रतिष्ठानको छात्रबास तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने कम्पनीसँग १ करोड २८ रुपैयाँ घुस लिएको पृष्टि भएको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियारका अनुसार रौनियारले प्रतिष्ठानको छात्रबास र फोर्मेसी भवन निर्माणको ठेक्का लिने कम्पनी श्याम सुन्दर निर्माण सेवा प्रालिको सहायक ठेकेदार कम्पनी गिना निर्माण कम्पनी प्रालिका प्रबन्ध निर्देश सुशील कुमार झासँग भवन निर्माणको मोबिलाइजेन रकमको भुक्तानी दिँदा र विभिन्न मितिमा रनिङ्ग बिलको भुक्तानी दिँदा पटक पटक कमिसनबापत घुस लिएको भनि अडियो र भिडियोसहितको उजुरी परेको थियो । उजुरीकै छानबिनका क्रममा रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ्ग बिल भुक्तानीका लागि गिना निर्माण कम्पनी प्रालिका प्रबन्ध निर्देश सुशील कुमार झालाई बोलाएर ८ लाख रुपैयाँ घुस माग गरेको अख्तियारको भनाइ छ । रौनियारले घुस माग गरेको भन्ने उजुरी झाले अख्तियारमा दिएपछि अख्तियारको टोली परिचालन भएको थियो ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ