• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    माओवादी र प्रहरीबीच बागनदीमा ठुलो भिडन्त ७ जनाको मृत्यु, थप बिबरणसहित

    14.5K
    SHARES

    काठमाडौं । विद्रोही माओवादी र प्रहरीबीच दोहोरो झडप हुँदा ७ जनाको मृत्यु भएको छ । भारत छत्तीसगढको राजनांदगांवमा दुई पक्षबीच गोली हानाहान भएको हो । प्रहरीले दिएको जानकारी अनुसार ठुलो मात्रामा गोला बारुद पनि बरामद गरेको प्रहरीले दावी गरेको छ । उक्त घटनास्थलमा अहिले पनि स्थति तनाबग्रस्त अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । छत्तीसगढका पुलिस प्रमुख डीएम अवस्थीले घटनाको पुष्टि गरेका थिए । प्रहरीका अनुसार एक टोली आज बिहान बागनदी क्षेत्रमा अप्रेशन गर्न निक्लेका थिए । यो बीचमा महाराष्ट्र सीमासँग जोडिएको शेरपार र सीतागोटाको पहाडमा माओवादी लुकेर बसेको जानकारी मिलेको र उक्त विशेष जानकारीपछि प्रहरीसहित छत्तीसगढ आर्म्स फोर्स (सीएएफ) र जिल्ला पुलिस बललाई त्यसतर्फ पठाइएको थियो । पुरा तयारीपछि मात्रै प्रहरीले माओवादी आक्रमण गरेको प्रहरीले जनाएको छ । यस घटनामा ७ जना माओवादी मारिएको प्रहरीले पुष्टि गरेको छ । आधुनिक हतियार पनि फेला परेको बताइएको छ । यस क्षेत्रमा लामो समय देखि माओवादीको दबदबा रहँदै आएको छ ।

    त्यस्तै ग्वान्जुताेकाे एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चौकीमा थुनामा राखिएका ५ थुनुवाको ज्यान गएको छ । थुनामा राखिएका व्यक्तिलाई लक्षित गरेजस्तो गरी कैयौंँको संख्यामा आएका बन्दुकधारीले मध्य मेक्सिकोको ग्वान्जुतो राज्यको प्रहरी चौकीमा गोली चलाएका थिए । प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता जुआन जोस मार्टिनेजले दिएको जानकारीअनुसार गोली प्रहारमा परी पाँचजना थुनुवा मारिएका हुन् । थुनुवालाई के कति कारणले थुनामा राखिएको थियो भन्ने बारेमा भने केही खुलाइएको छैन। ग्वान्जुतो प्रान्त मेक्सिकोको एक ठूलो औद्योगिक क्षेत्रमा पर्दछ, जहाँ कार निर्माणको ठूला कारखानाहरु रहेका छन् । त्यस क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्ने विभिन्न समूहहरु जाने गरेको बताइएको छ। यो आक्रमणमा तिनै समूहहरुको हात हुनसक्ने प्रहरीले जनाएको छ । तर यो कुराको आधिकारिक रुपमा पुष्टि हुन भने सकेको छैन । प्रहरीले आक्रमणकारी को हुन् र किन प्रहरी चौकीमा हमला गरेका हुन् भन्ने बारेमा खोजी कार्य शुरु गरेको बताएको छ ।

    उता प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने भएको छ । इबोलाविरुद्धको अभियानमा समन्वय गरीरहेको सरकारी टोलीले हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान भएकाले पूर्णरुपमा नियन्त्रण गर्न तीन वर्ष लाग्ने जनाएको हो । समन्वय समितिका जो ज्याक्स मुएम्बीले इबोलाको महामारी नियन्त्रण गर्न गम्भीर चुनौतीहरु देखिएको बताए । उनले इबोला महामारी नियन्त्रणका लागि अहिले गरिएको भन्दा थप प्रयासको खाँचो रहेको स्पष्ट पारे । अहिले पहिचान भएको जति नै इबोलाको संक्रमण पहिचान भन्दा बाहिर रहेको हुन सक्ने र त्यसले समस्या विकराल बन्ने उनको चेतावनी छ ।

    रुवान्डासँग सीमा जोडिएको गोमा शहरमा पनि इबोलाको संक्रमण फैलिएपछि चिन्ता थपिएको छ । यो हप्ता इबोलाका कारण निधन भएका गोमाका एक व्यक्तिका १० सन्तान रहेको र अरु धेरै व्यक्तिमा पनि संक्रमण फैलिएको उनले बताए । इबोलाका कारण कंगोमा १ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यसबाट २ हजार ७ सयभन्दा बढी संक्रमित छन् । कंगोको इतिहासमा यो हालसम्मकै भयानक इबोला संक्रमण हो । कंगोमा जारी हिंसाका कारण इबोलाविरुद्धको अभियानमा समस्या छ । यो हप्ताको सुरुमा रुवाण्डाले संक्रमण फैलिन सक्ने भयमा कंगोसँगको सीमा क्षेत्र आंशिक रुपमा बन्द गरेको छ

    प्रतिक्रिया