• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    फेरी गयो पुरै देश हल्लाउने गरी लगातार दुई शक्तिशाली भूकम्पको धक्का, मानिसहरुको भागाभाग

    22.4K
    SHARES

    काठमाडौ । फेरी लगातार सिंगो देश नै हल्लिने गरी दुई शक्तिशाली भुकम्पको कडा धक्का गएको छ । लगातार दुई कडा धक्का महशुस गरिएपछि केहिबेर मानिसहरुको भागाभाग भएको छ । भुकम्पको जोखिम भएका देशहरुमा सुचिबद्ध फिलिपिन्समा आज बिहान दुई शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको हो । फिलिपिन्स ज्वालामुखी र भूकम्प विज्ञान संस्थान (फिवोलक्स) ले दिएको जानकारी अनुसार आज बिहान ५.६ र ५ रेक्टरका दुई भुकम्पको धक्का महसुस गरिएको हो । पहिलो ५.६ को भूकम्प दक्षिणी फिलिपिन्सको दाभाओ ओसिडेंडेन्टमा स्थानीय समय अनुसार बिहान १२ः१० बजे गएको हो । दोस्रो ५ रेक्टरको भूकम्प, जुन मध्य फिलिपिन्सको उत्तरी सामर प्रान्तमा स्थानीय समय बिहान १ः२८ बजे हल्लाएको थियो । यी भूकम्पका धक्काहरु अन्य छिमेकी राज्यहरुमा पनि अनुभव गरिएको थियो ।

    यद्यपि दुबै भूकम्पमा कुनै हताहत वा क्षति भएको खबर आएको छैन । गएको हप्ता शनिबार बिहान फिलिपिन्सको उत्तरी पोत बाटानेस टापुहरूमा तीनवटा लगातार भूकम्प आउँदा आठ व्यक्तिको मृत्यु भएको थियो भने ६३ जना गम्भीर घाइते भएका थिए । हिँजै मात्र भुकम्पको जोखिम भएको देश इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७.३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका छन् ।बान्तेनको पान्डेन्लाङदेखि १४७ किलोमिटर दक्षिणपश्चिम तर्फ भूकम्पको केन्द्र विन्दु रहेको विभागले जनाएको छ । अधिकारीहरुका अनुसार बान्तेन र दक्षिणी सुमात्रालगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । सुनामीले पान्डेग्लाङ, पश्चिम जाभाको सुकाबुमी, सुमात्राको लाम्पुङ र बेङकुलु प्रान्तमा असर पार्न सक्र्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

    त्यस्तै सुडानको सत्ता सम्हालिरहेको संक्रमणकालीन सैन्य परिषद् तथा विपक्षीबीच संवैधानिक घोषणाका विषयमा सहमति जुटेको छ । दुई पक्षबीच भएको वार्ताको मध्यस्थता गरेको अफ्रिकी संघका प्रतिनिधिले सुडानमा संवैधानिक घोषणाका विषयमा सहमति जुटेको बताएका हुन् । अफ्रिकी संघका प्रतिनिधि मोहम्मद अल हसन लेबातले दुई पक्षबीच संवैधनिक घोषणाका विषयमा पूर्ण सहमति बनेको पुष्टि गरेका हुन् । सुडानको संक्रमणकालीन सैन्य परिषद् तथा विपक्षी अलायन्स फर फ्रिडम एण्ड चेन्जबीच भएको लामो वार्तापछि यस्तो सहमति संभव भएको बताइएको छ । यो सहमतिसँगै सुडानको सत्ता नागरिक सरकारलाई हस्तान्तरणका लागि बाटो खुल्ने अपेक्षा गरिएको छ । अलायन्स फर फ्रिडम एण्ड चेन्जले सैनिक सरकारको विरोधमा व्यापक प्रदर्शनको आयोजना गर्दै आएको थियो ।

    सोही प्रदर्शनका क्रममा एकपछि अरु प्रदर्शनकारीको ज्यान जान थालेपछि त्यहाँ शुक्रबार मात्रै ९ जनालाई पक्राउ गएिको थियो । गत सोमबार सुडानको एल ओबाइद शहरमा एक अर्धसैनिक दस्ताका सदस्यहरुको कारवाहीमा ४ स्कूले बालबालिकासहित ६ जनाको ज्यान गएको थियो भने गत बिहीबार ओम्डुरमान शहरमा प्रदर्शनकारीविरुद्ध गरिएको सुरक्षा कारवाहीमा ४ प्रदर्शनकारी मारिएका थिए । प्रदर्शनकारीको ज्यान लिएको अभियोगमा ९ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा त्यहाँको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सका सदस्यहरु रहेको बताइएको छ । निकै लामो समयदेखि सुडानको नेतृत्वमा रहेका राष्ट्रपति ओमर अल बशिरलाई गत अप्रिल महिनामा सत्ताच्युत गरेयता त्यहाँ सैनिक परिषद्ले अन्तरिम सरकार चलाइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ