• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    एकै रातमा एनसेलका सयबढी टावर ध्वस्त, कतै विस्फोट त कतै आगजनी, कसले लियो घटनाको जिम्मा ?

    11.1K
    SHARES

    काठमाडौं । राज्यलाई करछली गर्दै आएको भन्दै एनसेल कम्पनीमाथि विद्रोही नेपाल कम्युनिष्ट पार्टीले पुनः कारवाही गरेको जनाएको छ । बुधबार राति १ दर्जनबढी जिल्लाका जिल्लाका करिब १ सय बढी टावरहरुमाथि नेकपाले आगजनी र बिस्फोट गरेको छ । केहिदिन अघि मात्रै नेकपाले कर नतिरे एनसेलबिरुद्ध कडा कारवाही गर्ने चेतावनी दिएको थियो । एनसेल टावरमा आगजनी र बिस्फोट हुदाँ कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा सेवाग्राही मर्कामा परेका छन् । पश्चिमको कैलाली कंचनपुरसहित डोटी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा, बैतडी यता ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कास्की, कपिलवस्तु, रुपन्देही र झापाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आगजनी गरिएको छ । आगजनी भएको खबर पाएलगत्तै लुम्बिनी र सूर्यपुराबाट प्रहरी टोली घटनास्थल पुगेकाले थियो।

    त्यस्तै कैलालीको लम्की, जानकीनगर र धनगढीमा गरी चारवटा टावर ध्वस्त गरिएका छन् भने डडेल्धुराकाे महाभात हगुल्टेलेककाे काफली टावर र गाेगनपानीमा रहेको सुदुरपश्चिमकाे मुख्य टावर समेत ध्वस्त पारिएको स्थानीयले बताएका छन । यता डाेेटीकाे शैली शिखरकाे कफलेखि टावर अछाममा बिजायक र तुर्माखाँदमा गरी दुईवटा टावर र बाजुराकाे बुढीगंगा बार्जुकाेटमा रहेको टावर ध्वस्त भएको छ । उता बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा र बैतडीको दाेगाडाकाे सित्तड र पुर्चाैडिकाे कुडिमा गरी दुईवटा टावर ध्वस्त भएका छन् । नेकपा सेती महाकाली ब्युरोले सात नम्बर प्रदेशमा मात्रै साउन १५ गते राति १५ वटा एनसेल टावरमाथि आफूहरुले कारवाही गरेको ब्युरो इन्चार्ज निर्माणले संचारकेन्द्रलाई जानकारी दिए ।

    साथै करछलीबिरुद्ध नेकपाले चलाएको अभियानमा साथ दिन सबैलाई उनले आग्रह पनि गरेका छन् । ‘राज्यलाई अरबौं कर नतिर्ने तर जनतालाई चर्काे शुल्क असुली ठग्ने साम्राज्यवादी बहुराष्ट्रिय कम्पनी एनसेलमाथि नेपाल कम्युनिस्ट पार्टीले  साउन १५ गते देश ब्यापी कार्वाही गरेको छ ।’ उनले संचारकेन्द्रसंग भने- ‘तर नतिरे यो कारवाहीको सिलसिला जारी रहन्छ र थप शशक्त भएर जान्छ ।’ यसअघि नेकपाले गत फागुनमा ललितपुरस्थित एनसेल मुख्यालयमा शक्तिशाली बिस्फोट गराएको थियो । उक्त विस्फोटमा परि २ जनाले ज्यान गुमाएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ